कस्तो अवस्थामा अष्ट्रेलियामा प्रवेशमा तीन वर्षे प्रतिबन्ध लाग्दछ ?

Education Park

मेरो भिषा बिग्रेको कारणले म अर्को हप्ता नेपाल फर्कँदैछु। यसरी फर्केपछि अर्को तीन वर्षसम्म फेरि अप्लाई गर्न पाइँदैन रे भन्ने सुनेको छु। के यो साँचो हो ?

 

तपाईंले भिषा बिग्रेकोु मात्र भन्नुभएको छ, तर के(कति कारणले कुन भिषा अस्वीकृत -रिफ्युज- वा रद्द-क्यान्सल- भएको हो भन्ने खुलाउनुभएको छैन। त्यसैले तपाईंको प्रश्नको स्पष्ट जवाफ दिन अप्ठ्यारो हुन्छ। यद्द्यपि पुनः अष्ट्रेलिया प्रवेश गर्न नपाउने अवस्थाहरूको बारेमा छोटो जानकारी यहाँ प्रस्तुत गर्दैछु। 

 

कसैले आफ्नो भिषाका शर्तहरूको गम्भीर उल्लङ्घन गरेको पाइएमा उसलाई तीन वर्षसम्म अष्ट्रेलिया फर्कन नपाउने गरेर प्रतिबन्ध लाग्नसक्छ। 

 

यस्तो प्रतिबन्ध निम्न अवस्थाहरूमा लाग्न सक्छः 

 

आफूलाई दिइएको भिषाको अवधि सकिएको २८ दिनभन्दा पछाडिसम्म अष्ट्रेलियामा बसेमास र 

 

 निम्न कारणले गर्दा तपाईंको भिषा रद्द भएमाः

 

 तपाईंले अध्यागमन विभागलाई नक्कली कागजात वा विवरण बुझाउनुभएकोले 

 भिषाका शर्तहरू उल्लङ्घन हुने गरी काम गर्नुभएकोले 

 विद्यार्थी भिषामा हुँदा भर्ना नगरी बस्नु भएकोले 

 तपाईं सक्कली विद्यार्थी वा पर्यटक होइन भनी पत्ता लागेकोले 

 

के यसरी लगाइएको प्रतिबन्ध हटाउनको लागि अनुरोध गर्न मिल्छ ?

 

यो प्रतिबन्ध हट्दैन। तर यदि तपाईं कुनै अस्थायी भिषा जस्तैस् विद्यार्थी भिषा, टुरिस्ट भिषाको लागि आवेदन दिन चाहनुहुन्छ भने त्यो आवेदनको प्रयोजनको लागि मात्र भनेर चाहिँ यो प्रतिबन्ध हटाउनको लागि अनुरोध गर्न सकिन्छ। यसको लागि तपाईंले अध्यागमन विभागलाई लिखित रूपमा अनुरोध गर्नुपर्दछ। तर के कुरा हेक्का राख्नुपर्छ भने यो प्रतिबन्ध साधारणतयास् धेरै सजिलैसित भने हटाइँदैन। कुनै अष्ट्रेलियाको नागरिक वा स्थायी बासिन्दाको हितलाई असर पर्ने र  कुनै दया गर्नु पर्ने (Compassionate)  वा मजबूर (Compelling)  कारण भएमा मात्र यो प्रतिबन्ध हट्न सक्छ। 

 

मैले पीआरको लागि दिएको आवेदनसँगै फाराम नं ८० पनि बुझाएको थिएँ। तर त्यसमा केही गल्ती भएको मैले पछि मात्र थाहा पाएँ। यसलाई सच्याउन मैले के गर्नु पर्दछ ?

 

तपाईंले फाराम नं १०२३ भरेर बुझाउन सक्नुहुन्छ। तपाईंले  आफ्नो इमिग्रेशन अकाउन्टमा  लग इन गरेर उक्त फारामलाई अपलोड गर्न सक्नुहुन्छ।

 

म  द्दण्ज्ञघ मा विद्यार्थीको रूपमा अष्ट्रेलिया आएको हुँ र अहिलेसम्म पनि  विद्यार्थी नै छु। यस बीचमा मैले तीन पटक ठेगाना परिवर्तन गरिसकेँ। के हरेक  पटक ठेगाना परिवर्तन गर्दा इमिग्रेशन डिपार्ट्मेन्ट्लाई खबर गर्नु पर्छ र ?

 

पर्दैन। तर तपाईंले आफ्नो ठेगाना परिवर्तन भएको सात दिनभित्र आफू अध्ययनरत  रहेको शैक्षिक संस्थालाई भने नयाँ ठेगाना उपलब्ध गराउनुपर्छ। हेर्दा सामान्य  लागे पनि यसमा गरिने सानो लापर्वाहीले ठूलो असर भोग्ने विद्यार्थीहरू धेरै  छन्। तपाईंको शैक्षिक संस्थामा तपाईंको  ठेगाना अद्यावधिक गरिएको छैन भने  उसले तपाईंलाई पुरानै ठेगानामा पत्राचार गरिरहन्छ, जुन तपाईंको हातमा पर्दैन। 

कुनै गम्भीर विषय जस्तै, तपाईंले शुल्क नतिर्नुभएको, तपाईंको हाजिरी सन्तोषजनक नभएको जस्ता सन्दर्भमा तपाईंलाई पठाइएको पत्रको बारेमा तपाईंले आफ्नो शैक्षिक 

संस्थालाई समयमै सन्तोषजनक जवाफ दिनुभएन भने तपाईंको भिषा खारेजीको प्रकृया  अगाडि बढ्नसक्छ। त्यसैले ठेगाना परिवर्तन हुनासाथ आफ्नो शैक्षिक संस्थालाई  नयाँ ठेगाना उपलब्ध गराउनु पर्दछ। 

 

यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267)  हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भने info@nepalipatra.com.au मा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ।  

 


थप समाचार

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

  • 11 minutes ago
जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका

चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

  • 25 minutes ago
चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निव

ढाकाको कपडा बुनाई तालीम

  • 46 minutes ago
ढाकाको कपडा बुनाई तालीम

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको रु. १० लाखको आर्थिक सहयोग र बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालीमका सहभागी महिलाहरुले बुनेका ढाकाका कपडा देखाउद



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।