IIMS College

ISMT

HUB Education

अष्ट्रेलिया विशेषः क्षतिपूर्ति (कम्पनसेसन) दाबी गर्दा के—के कुरामा ध्यान दिनुपर्छ ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

यो स्तम्भमा म सडक दुर्घटना अनि यस सम्बन्धि कानुनमा रहेको क्षतिपूर्तिको (कम्पेंसेसन) व्यवस्था आदिको सेरो फेरोमा रहने आम जिज्ञासा समेट्ने प्रयास गर्दैछु । सानो या ठूलो सडक दुर्घटनामा पर्नु पक्कै पनि दुर्भाग्यपूर्ण संयोग हो । तैपनि त्यस सम्बन्धि कानुन र प्रक्रियाका बारेमा जानकार हुन जरुरी छ । यो लेख खासगरी अस्ट्रेलिया त्यसमा पनि एनएसडब्लु राज्यको यस सम्बन्धि व्यवस्थालाई आधार मानेर लेखिएको हो ।

 

१. सडक दुर्घटनामा पर्दा, आपतकालीन फोन (०००) गर्न जरुरी छ?

जरुरी छ । यदि चालक या यात्रु कोही घाइते छन् र आपतकालीन उपचार को जरुरी छ, दुर्घटनाले ट्राफिक जाम गरेको छ, दुर्घटनामा परेको मध्येको कुनै चालकले लागु औषधी या मध्यपान सेवन गरेको शंका लागेमा । होइन भने प्रहरी र एम्बुलेन्स घटनास्थलमा बोलाउनु वा आइपुग्नु जरुरी छैन् ।

 

२. दुर्घटनास्थलमा रहँदा ध्यान दिनुपर्ने कुरा हरु के—के हुन्?

चालकहरुले आफू र यात्रुहरुलाई चोट पटक लागेको छ छैन ख्याल गर्नुपर्छ । तुरुन्तै उपचार आवश्यक हुँदा ००० मा फोन गरेर एम्बुलेन्स बोलाउनु पर्छ । होइन भने अवस्था हेरेर त्यै दिन या अर्को दिन आफ्नो डाक्टरसँग उपचार गर्न सकिन्छ । 

त्यसबाहेक, चालकहरुले एक आपसमा ड्राइभर लाइसेन्स र गाडीको प्लेट नम्बरको विवरण साट्नु जरुरी छ । गाडीको अझ खासगरी दुर्घटनाले असर पारेको भागको फोटो खिच्नुपर्छ । यसले भविष्यमा हुने गाडीको र घाइतेको क्षतिपूर्ति सोध भर्नाको बखत सजिलो पर्छ ।

 

३.  क्षतिपूर्ति (कम्पेंसेसन) दाबीका लागि दुर्घटना स्थल मा प्रहरी र एम्बुलेन्स बोलाइएको हुनुपर्छ?

पर्दैन् । तपाईं उपचारका लागि त्यहि दिन या अरु कुनै दिन जान सक्नु हुन्छ । त्यसैगरी प्रहरीलाई फोन गरेर दुर्घटना अनि तपाईंको उपचारको जानकारी गराउन सक्नु हुन्छ । 

 

४. घटना घटेको कति दिन भित्रमा दाबी गरि सक्नु पर्छ?

एनएसडब्ल्यु राज्यको हकमा, साधारणतया ६ महिमा भित्रमा दाबीसहितको फर्म भरि सक्नु पर्छ । त्यसपछि पनि फर्म भर्न नसकिने त होइन्, तर तपाईंले के कारणले  ढिलाइ भएको कारण राम्रोसँग खुलाउनु पर्नेछ ।

 

५. मान्छेमा लागेको चोट र गाडीमा लागेको चोट एकै प्रकृतिका दाबी हुन् या फरक तरिकाले अगाडि बढ्छन् ?

मान्छेमा पुगेको चोट पटकका लागि एकथरिको इन्सुरेन्सले हेर्छ जसलाई सिटिपी भनिन्छ भने गाडीको लागि छुट्टै प्रकृतिको इन्सुरेन्स हुन्छ । अरु इन्सुरेन्स स्वेच्छिक भएतापनि मान्छेमा (चालक, यात्रु र पैदल यात्री) पर्ने चोट पटकका लागि गरिने इन्सुरेन्स अनिवार्य हुन्छ । यसको अर्थ दुर्घटनामा पर्नु भो र तपाईं घाइते हुनुभयो भने तपाईं कम्पेंसेसन दाबी गर्न गाडीमा परेको क्षतिको कम्पेंसेसन दाबी गर्दाभन्दा सुरक्षित छ । 

 

६. कसरी थाहा हुन्छ कि मैले कम्पेंसेसन पाउँछु या पाउँदिन ? अनि यदि पाए भने कति जति पाउँछु ?

खासगरी यसको लागि कानुनतः सबैभन्दा पहिले दुर्घटना भएको हुनुप¥यो । त्यसमा अरु कसैको लापरवाही भएको हुनुप¥यो । त्यसकै कारणले भएको दुर्घटनामा चोट पटक लागेको हुनुप¥यो ।

 

कति क्षतिपूर्ति पाउने भन्ने कुरा तपाईंको दुर्घटनापछि भएको कमाइमा परेको क्षति, भविष्यमा पर्ने क्षति, अहिलेको अनि भविष्यमा गर्नुपर्ने औषधि उपचार खर्च अनि तपाईंलाई घरेलु काममा श्रीमान÷श्रीमती अनि साथीभाई आदिले गर्नु परेको सहयोग आदिको आधारमा भर पर्छ । 

 

७. मलाई मुद्धा मामिला अनि अदालत भने पछि डर लाग्छ । यो दाबीले झन्झट हुने हो कि ?

सबै केस अदालत पुग्दैनन् । यस सम्बन्धि लगभग ९० प्रतिशत दाबी अदालत नपुग्दै टुंगिन्छन ।

 

८. दाबी गर्न क कसले मिल्छ ?

खासगरी निर्दोष चालक, गाडीका यात्रु र पैदल यात्री आदिले यदि आफ्नो गल्ती या लापरवाही छैन भने क्षतिपूर्तिका लागि दाबी गर्न सक्छन ।

 

९. गल्ती हामी चढेकै गाडीको चालक को छ भने नि?

त्यस्तो बेला पनि यात्रुहरुले दाबी गर्न मिल्छ क्षतिपूर्तिका लागि । कार, मोटरसाइकल, बस या अरु धेरै थरि सवारी साधन (खासगरी सडक विभागमा दर्ता भएका जुनसुकै सवारी साधन) जे मा यात्रा गर्नु भएको भए पनि तपाईं अर्काको गल्तीका कारण दुर्घटनामा पर्नु भयो भने तपाईं क्षतिपूर्ति माग्न सक्नु हुन्छ । 

 

१०. केहि दिन अगाडी दुर्घटनामा परेको थिए, अहिले बिस्तार घाटी, काँध, ढाड दुख्न थालेको छ । अरु केहि दिन कुरेर बस्दा ठिक होला कि ?

होइन । यो इन्सुरेन्सको व्यवस्था भनेकै दुर्घटना हुँदा तपाई हाम्रो स्वास्थ्य अनि आम्दानीमा पर्ने असरका लागि हो । कम्तिमा डाक्टरकोमा गएर शरीरको जाँच गर्न जरुरी हुन्छ । बाहिर हेर्दा झट्ट देखिने बाहेकका पनि त असर हुन सक्छन् । 

 


थप समाचार

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

  • 13 minutes ago
छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

  • 20 minutes ago
अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन

महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा नेपालको स्थान सुधार

  • 43 minutes ago
महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा नेपालको स्थान सुधार

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्दै नेपाल १४औँ स



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।