IIMS College

ISMT

HUB Education

अष्ट्रेलिया विशेषः यसो गरिरहँदा भिषा अस्वीकृत हुने सम्भावना कम हुन्छ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

विद्यार्थी भिषा थप्दा अपनाउनुपर्ने सावधानी 

अष्ट्रेलियामै रहेर विद्यार्थी भिषाको लागि पुनः आवेदन दिएका विद्यार्थीहरूको आवेदन अस्वीकृत हुने दर पछिल्लो समयमा बढेको देखिएको छ । विशेष गरी सब–क्लास ४८५ (टीआर) भिषा सकिने बेलामा आएर विद्यार्थी भिषा थप्न चाहने र लामो समयसम्म अष्ट्रेलियामा विद्यार्थी भिषा नवीकरण गराउँदै आएका विद्यार्थीहरूको भिषा आवेदन अस्वीकृत हुने दर धेरै भेटिएको छ । यो लेख टीआर भिषामा बसेर पुनः विद्यार्थी भिषामा फर्कन चाहनेहरू वा अष्ट्रेलियामा विद्यार्थी भिषामा रहेर पुनः अर्को विद्यार्थी भिषा थप्न चाहनेहरूलाई ध्यानमा राखेर लेखिएको हो । 

 

विद्यार्थी भिषा विविध कारणले अस्वीकृत हुनसक्छ । स्थान अभावका कारण ती सबैलाई समेट्न असम्भव भएकाले ती मध्येको प्रमुख कारणलाई मात्र यो लेखमा समेटिएको छ ।  

 

अष्ट्रेलिया अस्थायी रूपमा मात्र बसेर पुनः स्वदेश फर्कने हो ?

माइग्रेशन नियमावली १९९४ को अनुसूची २ को क्लज ५००.२१२ मा राखिएको प्रावधान पूरा नगरेको तर्क दिँदै धेरैजसो आवेदनहरू अस्वीकृत हुने गरेका छन् । यो क्लजले गरेको व्यवस्थाअनुसार विद्यार्थी भिषाको लागि आवेदन दिएको व्यक्तिको समग्र परिस्थिति र उसको इमिग्रेशनको ईतिहास र अन्य अवस्थाहरूको आधारमा मूल्याङ्कन गर्दा उक्त व्यक्ति वास्तवमा अस्थायी रूपमा मात्र अष्ट्रेलिया बस्न खोजेको हो भन्नेमा सरकार विश्वस्त हुनुपर्दछ । 

 

यदि भिषा स्वीकृत भएमा उक्त विद्यार्थीले भिषाका शर्तहरू पालना गर्ने सम्भावना कत्तिको छ भन्ने बारेमा पनि मुल्याङ्कन गरिन्छ । यसका लागि विद्यार्थीले यसभन्दा पहिले पाएको भिषाका शर्तहरू पालना गरेको थियो कि थिएन भन्ने आधारका अतिरिक्त भिषाका शर्तहरू पालना गर्नेछु भन्ने प्रतिबद्धता कसरी व्यक्त गरेको छ भन्ने कोणबाट समेत हेरिन्छ ।

 

केस अफिसरले के आधारमा यस नियमावलीको प्रयोग गर्दछन् ?

कानुन र नियमको विस्तृत व्याख्या सहितको मन्त्रालयको निर्देशिका नम्बर ६९ जारी गरिएको छ । यस निर्देशिकाको आधारमा केस अफिसरले कुनै विद्यार्थी पढाइ सकिएपछि फर्कने आधार छ कि छैन भन्ने मुल्याङ्कन गर्ने गर्दछन् । ती आधारहरू निम्न छन् ः

 

१) आवेदक नागरिक भएको राष्ट्रको परिस्थिति । यस अन्तर्गत आर्थिक, राजनीतिक अवस्थाका अतिरिक्त आवेदकको आफू नागरिक भएको राष्ट्रमा कस्तो पारिवारिक र व्यक्तिगत सम्बन्ध छ भन्ने पनि हेरिन्छ । आवेदकले आफ्नै राष्ट्रमा नपढेर कुनै विषय पढ्न अष्ट्रेलिया नै आउनुपर्ने कारण चित्तबुझ्दो छ कि छैन र पढाइ सिध्याएपछि आफ्नै राष्ट्र फर्कनका लागि उसलाई उत्प्रेरित गर्ने तत्त्वहरू पर्याप्त छ कि छैन भन्ने पनि हेरिन्छ । 

 

२) अष्ट्रेलियामा नै रहनका लागि उत्प्रेरित गर्ने तत्वहरू के–के छन् भन्ने कोणबाट पनि हेरिन्छ । अष्ट्रेलियामै लामो समयसम्म रहिरहने नियतले मात्र कुनै विद्यार्थीले बारम्बार विद्यार्थी भिषा थपिरहेको हो कि वा विद्यार्थीले भिषाकै उद्देश्यले नक्कली विवाह गरेको छ कि भन्ने पनि हेरिन्छ । 

 

३) पढ्न लागेको विषय आवेदकको भविष्यको योजना वा विगतका पढाइसँग मेल खान्छ कि खाँदैन, विषयहरू बारम्बार परिवर्तन गरिराखेको छ कि छैन, उक्त विषय पढ्नाले आवेदकले आफ्नो देशमा गएर सुहाउँदो रोजगारी पाउने सम्भावना छ कि छैन भन्ने आधारबाट समेत मूल्यांकन गरिन्छ ।

 

आवेदन दिनुभन्दा पहिले के कुरामा ध्यान दिने त ?

माथिका नियम र निर्देशिकाको आलोकमा हेर्दा आवेदकहरूले निम्न कुरामा ध्यान दिनु उपयुक्त हुन्छ

 

१) आफूले पहिले अध्ययन गरेको बिषयसँग सुहाउँदो बिषयमा मात्र अध्ययन गर्ने । विषय परिवर्तन गर्ने नै भए के कारणले उक्त निर्णय लिन उत्प्रेरित गरेको हो, सो कुरा प्रष्टसँग खुलाउने ।

 

२) आफूले पहिले अध्ययन गरिसकेको तह वा त्योभन्दा तल्लो तहमा भर्ना नगर्ने । 

 

३) शैक्षिक संस्था र कोर्सको बारेमा पर्याप्त अनुसन्धान गर्ने र उक्त कोर्स र शैक्षिक संस्था नै छान्नाको कारण खुलाउने । 

 

४) लामो समयसम्म स्वदेश नफर्केर एकपछि अर्को भिषाको लागि आवेदन दिँदा उक्त विद्यार्थी सँधैको लागि अष्ट्रेलियामै बस्न चाहेको जस्तो देखिने हुनाले समयसमयमा स्वदेश जाने आउने गरिरहने । 

 

५) भिषाका शर्तहरू उल्लङ्घन नगर्ने । विशेष गरी अष्ट्रेलिया आउनसाथ जथाभावी रूपमा कोर्स र शैक्षिक संस्था परिवर्तन गर्ने प्रवृत्ति पछिल्ला वर्षहरूमा धेरै बढेको छ । नियम विपरीत यसरी परिवर्तन गर्दा पछि विद्यार्थी भिषा नपाउने जोखिम बढ्छ । 

 

६) लामो समयसम्म अष्ट्रेलियामा बसी एकपछि अर्को विषय पढ्दै भिषा थप्न चाहने विद्यार्थीलाई ज्यादा कडाइ गर्न थालेको देखिन्छ । यसर्थ, सकेसम्म छिटो आफ्नो पढाइ सिध्याएर स्वदेश फर्कनु वा अन्य भिषाहरूका लागि आफ्नो योग्यता पु¥याउनु उचित हुन्छ । 

 

७) हेर्दा सजिलो देखिए पनि विद्यार्थी भिषा पनि क्रमशः जटिल हुँदै गइरहेको छ । भिषा थप्नु अगाडि वा अझ विषय छान्नु अगाडि परमर्शदाताहरूसँग सल्लाह लिनु उचित हुन्छ । शैक्षिक परामर्श व्यवसायको सरकारबाट खासै अनुगमन नगरिने र जो कोही पनि सहजै ‘परामर्शदाता’ बन्न सक्ने हुनाले यस व्यवसायमा सबैखाले व्यवसायीहरू छन् । साथीभाइ र सिनियरहरूसँग सुझाव लिने, कम्तीमा पनि दुई÷तीन जनासँग भेटेर परामर्श लिने र पर्याप्त रिसर्च गर्ने बानी बसाल्ने हो भने भिषा बिग्रने सम्भावना न्यून हुनसक्छ । माइग्रेशन एजेन्ट वा वकिलले मात्र भिषा सम्बन्धी सल्लाह र सहयोग दिन पाउँछन् । भिषाको लागि सहयोग लिनुभन्दा पहिले आफूलाई सहयोग गरिरहेको व्यक्ति माइग्रेशन एजेन्ट वा वकिल हो कि होइन भन्ने पनि थाहा पाउनुपर्दछ ।

 


थप समाचार

ग्यास सिलिन्डर विस्फोट हुँदा दुई तले घर ध्वस्त, सात जनाको मृत्यु

  • 13 seconds ago
ग्यास सिलिन्डर विस्फोट हुँदा दुई तले घर ध्वस्त, सात जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् ।

शाहिदले ‘कवीर सिंह’पछि अर्को साउथ रिमेक फिल्ममा काम गर्ने

  • 4 minutes ago
शाहिदले ‘कवीर सिंह’पछि अर्को साउथ रिमेक फिल्ममा काम गर्ने

एजेन्सी । यो वर्ष २१ जुनमा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘कवीर सिंह’ले साहिद कपुरको करिअरलाई थप उचाइमा पुर्याएको थियो ।

सुनको भाउमा सामान्य गिरावट

  • 5 minutes ago
सुनको भाउमा सामान्य गिरावट

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन तोलाको ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको मूल्यभन्दा तोलामा १ सय रुपैयाँले कमी आएको हो ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।