अष्ट्रेलियामा घर किन्ने सोचमा हुनुहुन्छ ? यस्ता कुरामा विशेष ध्यान दिनुहोस्

Education Park

प्रश्नः एउटा घर किनौं  भनेर  सोचिरहेका छौं तर मूल्य र आफ्नो आवश्यकता हेर्दा कुन ठाउँमा किन्ने भन्ने दोधारमा छौं । यस्तो अवस्थामा कसरी लोकेशनको टुंगो छिट्टो लगाउन सकिन्छ होला ?

 

जवाफः यहाँले भोग्नुभएको जस्तो कुन ठाउँमा घर किन्ने भन्ने दोधार धेरै मान्छेहरुमा भेटिन्छ । विद्यार्थी जीवन र पी आर नहुँदासम्म सिटीको छेउछाउमा बसेर धेरै कुराको सहजता अनुभव गरिएको हुँदा जब घर किन्ने सोच गरिन्छ तब यस सहजतालाई आफ्नो बजेटसंग म्याच गराउँदा त्यसै अनुसारको प्रोपर्टी नपाउनु स्वाभाविक हो । आफू बस्दै आएको ठाउँमा किन्न नसकिने अनि जहान किन्न सकिन्छ त्यहाँ जान मन नलाग्नु धेरैजसोको अहिलेको मुद्दा हो ।

 

साथीभाईले घरमा तरकारी फलाएको, घर भित्र सजाएको र ब्याकयार्डमा बच्चा खेलाएको देख्दा आफूलाई पनि त्यसै अनुसारको घर किन्न मन पनि लाग्दछ र बस्दै गरेको टोलमा यस्ता घर किन्न आफ्नो बजेटले नभ्याउने प्रवृति देखिन्छ । यसका अतिरिक्त लामो समयसम्म युनिटमा भाडामा बस्दा कहिले आफ्नै एउटा स्वतन्त्र घर होला र बालबच्चा उफ्रिए पनि कसैले टाउको नदुखाउन भन्ने पनि लागिरहेको हुन् सक्दछ । यस्ता सोचबाट मुक्त हुन र एउटा ब्यवहारिक निर्णय गर्न यस्तै गरिनुपर्दछ भन्ने तरिका छैन तर पनि आफ्नो जीवनशैलीलाई चिन्न सकियो भने लोकेशनको छनोटमा लामो समय खर्चिरहनु पर्दैन ।

 

खासगरी घर किन्ने भेनेको आफ्नो योजना अनुसार हो र धेरै मान्छेले लङ टर्म हेर्नुपर्दछ त भन्दछन तर लङ टर्म भनेको कतिको टाइम फ्रेम हो भन्ने हिसाब गर्न सक्दैनन् । उदाहरणको लागि लङ टर्म भनेको ५ वर्ष हो कि, १० वर्ष हो कि, बच्चाबच्चीको प्राथमिक स्कुल हो कि वा हाईस्कुल पो हो कि, वा युनिभर्सिटीको छेउ पो भनेको हो कि, वा बुढेसकालको रिटायरमेन्टलाई भनेको हो त्यसको कुनै जवाफ पाइदैंन् ।

 

त्यसैले लङ टर्म हेरेर घर त किन्ने तर कुन कुरालाई लङ टर्म मान्ने भन्ने कुरा प्रष्ट नहुँदा कुन ठाउँमा गएर घर किन्ने भन्ने दोधार देखिन्छ । मेरो विचारमा पहिलो पटक घर किन्दै हुनुहुन्छ भने आफ्नो आगामी ५ वर्षको जीवनशैलीलाई योजना गर्नुहोस् । आउने ५ वर्षमा तपाईंको परिवार के—कस्तो हुन्छ, बालबच्चा कति वटा र कत्रा हुन्छन् अनि उनीहरुको आवश्यकता के हो भन्ने बुझ्नुहोस्, तपाईंको काम र खटाइ कत्तिको हुन्छ त्यसै अनुसार कतिको नजिक बस्नुपर्दछ भनेर अड्कल गर्नुहोस, बुढाबुढीमा कसैले पढ्ने योजना बनाइराख्नुभएको छ भने त्यो धपेडीलाई ब्यबस्थापन गर्न कुन ठाउँमा बस्नुपर्दछ भन्ने माइण्ड मेकअप बनाउनुहोस् अनि त्यसपछि मात्र घर किन्ने कि युनिट किन्ने भन्ने निर्णय गर्नुहोस् ।

 

५ वर्षको आफ्नो जीवनशैली गुजारेपछि पारिवारिक आवश्यकता र आर्थिक हैसियतअनुसार घरलाई अपग्रेड गर्न सकिन्छ र भनेको ठाउँमा घर किनेर जान सकिन्छ । घर किन्ने सवालमा लहड र देखासिकी भन्दापनि आफूलाई भइपरी आउने झन्झट र दुःख सास्ती कम्ती गराउने गरी सुरुवात गरेमा कुन ठाउँमा कस्तो प्रोपर्टी किन्ने भन्ने कुरोको छिनोफानो चाडै लाग्न सक्दछ ।         

 


थप समाचार

वर्षा र बाढीका कारण सिरहामा चारको मृत्यु, एक बेपत्ता

  • 9 minutes ago
वर्षा र बाढीका कारण सिरहामा चारको मृत्यु, एक बेपत्ता

लहान । केही दिनयताको अविरल वर्षा र बाढीका कारण सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको जानकारीअनुसार अविरल

'याे सरकार आफुले भन्दा पनि भारतीयहरुबाट नेपाल चिनाउन चाहन्छ'

  • 10 minutes ago
'याे सरकार आफुले भन्दा पनि भारतीयहरुबाट नेपाल चिनाउन चाहन्छ'

विगत एक दशकदेखि भ्रष्टाचारविरुद्ध अभियान चलाइराखेका व्यक्ति हुन् स्वागत नेपाल । पछिल्लो समय उनी भ्रष्टाचारविरुद्ध देश दौडाहमा रहेका छन् ।

तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

  • 13 minutes ago
तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

लहान, । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रम



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।