IIMS College

ISMT

HUB Education

अष्ट्रेलिया विशेषः घर किन्न इन्सपेक्सनमा जाँदा के—के गर्नुपर्छ ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

प्रश्नः आफू बस्ने एउटा घर किन्नुप¥यो भनेर यो शनिबार इन्सपेक्सनमा जान लागेका छौं । इन्सपेक्सनमा गएर हेर्न चाहिँ के—के पर्ने हो?

 

जवाफः घर किन्नु भनेको एउटा ठुलो निर्णय हो र यस्तो निर्णय गर्नुपूर्व जतिसक्यो धेरै रिसर्च, अध्ययन र छलफल गर्नुपर्दछ्र घर किन्नुभन्दा पहिले एजेन्टसँग टाइम मिलाएर होस् वा एजेन्टले भनेको समयमा इन्सपेक्सन गर्न जाने परम्परा छ । हुन त एउटा इन्सपेक्सन बढीमा आधा घण्टाको मात्र हुने हुँदा सबै कुराहरु प्रोपर्टीमा छँदा नै चेक गर्न सम्भव नहुन सक्छ र त्यसमाथि अरु मान्छेहरुको भिडले गर्दा धेरै खोजी—नीति गर्न पनि भ्याइदैंन । त्यसैले, घर इन्सपेक्सनमा जानुभन्दा पहिले नै धेरैजसो रिसर्च गरिसक्नु राम्रो हो । साइटमा जानुभन्दा पहिले नै जग्गाको बनोट, घरको संरचना, बजार र स्टेशनदेखिको पैदल दूरी, हस्पिटल र सपिङ मलदेखिको पैदल दुरीजस्ता विषयमा रिसर्च गर्न सकिन्छ । त्यसका अतिरिक्त जग्गाको ढल्काइ, सम्भावित पुन वर्गीरणको अवस्था, ढलको पाइप घरमुनिबाट गएको छ÷छैन,  जग्गाधनी प्रमाणपूर्जामा भएको किचलो, विगतमा भएका बिक्रीका शैली र वरपरका क्षेत्रमा चलनचल्तीमा भएका बिक्रीहरुको पनि अध्ययन गरिनुपर्दछ ।

 

जब शनिबारको दिन इन्सपेक्सनको लागि प्रोपर्टीमा पुग्नुहुन्छ, तब इन्टरनेटमा गरिएका कतिपय रिसर्चहरुलाई भेरिफाइ गर्ने काम गर्नुपर्दछ । भौतिक संरचनाको बारेमा पुन चेकजाँच गर्ने, किचेन र बाथरूमलगायतका अवस्था दुरुस्त छन् कि छैनन्, वरिपरिका रुख,  वनस्पति, छानोको अवस्थालगायतका विषयमा इन्सपेक्सन गरिनुपर्दछ । यहाँले देख्नुभएको प्रोपर्टीलाई सानातिना मर्मत सम्भार गरेर आफै बस्नुपरेमा वा भाडामा लगाउनुपरेमा के कस्ता कुराहरुमा सुधार गरिनुपर्दछ र त्यसको सम्भावित बजेटको आँकलन गरिनुपर्दछ ।

 

हुन त पहिलो पटक घर किन्न लाग्नुभएकाहरुलाई यी सबै विषयबस्तुको ज्ञान नहुनु स्वाभाविक नै हो, तर पनि यसको मतलब आवश्यक प्रक्रिया पुरा नगरी र रिसर्च नगरी घर किन्न हतारिनु हुन्न । आफूभन्दा अनुभवी र जाने बुझेकाहरूको सरसहयोग लिन सक्नुभएमा अनावश्यक झन्झटमा फसिने सम्भावना कम हुन्छ र यहाँले घर किन्ने निर्णय लिँदा आत्मबल पनि बढ्दछ । 

 

प्रश्नः स्ट्राटा रिपोर्ट भनेको के हो र घर किन्दा यसको अध्ययन कहिले गर्नुपर्छ? 

 

जवाफः अस्ट्रेलियामा जग्गामाथिको अधिकार र त्यसको उपभोगका हिसाबले प्रोपर्टीलाई विभिन्न किसिमका टाइटलमा दर्ता गरिएको हुन्छ । यसमध्ये ‘स्ट्राटा टाइटल’ एउटा पपुलर क्याटागोरी हो । जस अन्तर्गत टाउनहाउस, भिल्ला र युनिट पर्दछन् । विभिन्न घरधनीहरु एकै बिल्डिङमा मिलेर बस्नुपर्ने हुँदा बिल्डिङको ब्यवस्थापन, नियमित मर्मत सम्भार र इन्सुरेन्सजस्ता कुराहरुको सामुहिक रुपमा सम्बोधन गर्नको लागि स्ट्राटा  सम्बन्धी नियम—कानून आकर्षित गरिएको हुन्छ । यदि यहाँले  यस्ता ‘स्ट्राटा टाइटल’ गरिएका प्रोपर्टी किन्दै हुनुहुन्छ भने आफ्नो सोलिसिटर (वा कन्भेयांसर ) मार्फत स्ट्राटा  रिपोर्ट सर्च गर्न लगाएर यसबारे अध्ययन गर्नुपर्दछ । सामान्यतयाः घरको पैसामा कुरा मिलिसकेपछि केहि रकम बैना छोडिन्छ र कुलिङ अफ पिरियडको समयभित्र यस्ता रिपोर्ट झिकाइसक्नुपर्ने हुन्छ । 

 

‘स्ट्राटा सर्च’बाट आउने रिपोर्टले त्यस बिल्डिङको लागि भनेर उठाउँदै आइएको स्ट्राटा फीको ब्यवस्थापन कसरी गरिंदै छ, विगतमा के कस्ता शीर्षकमा खर्च गरिएका थिए, बिल्डिङका घरधनीहरु र बिल्डरको बीच केहि खटपट परेर मुद्धा चलिरहेको छ र छैन वा मुद्धा पर्ने सम्भावना छ÷छैन भन्ने कुराको जानकारी लिन सकिन्छ । स्ट्राटा रिपोर्टमा उल्लेख गरिएका धेरै कुराहरु कानुनी भाषामा लेखिएका हुनाले सामान्य व्यक्तिलाई बुझ्न, विश्लेषण गर्न र त्यसबाट सम्भावित घटनाक्रमको आंकलन गर्न अलि गाह्रो हुन सक्छ । यस्तो अवस्थामा कानुनी परामर्शदाताको अलावा प्रोपर्टी इन्भेस्टमेन्टमा अनुभव भएका व्यक्तिहरुलाई एड्भाइजरको रुपमा राख्नुपर्दछ । बैंकले गर्ने मुल्यांकन र बैंकले स्वीकृत गर्ने लोनका अतिरिक्त स्ट्राटा रिपोर्टका तथ्यहरुले पनि घर किन्ने क्रमलाई अगाडि बढाउने वा क्यान्सिल गर्ने भन्ने कुराको निक्र्योल गर्दछ । यदि यहाँले स्ट्राटा टाइटलका प्रोपर्टीहरु किन्दै हुनहुन्छ भने यस्ता रिपोर्टको अध्ययन अनुसन्धान अति नै महत्वपूर्ण हुन्छ र यससँग सम्बन्धित व्यक्तिहरुको सल्लाह र परामर्श लिएर मात्र अगाडि बढ्नु उपयुक्त हुन्छ ।    

 


थप समाचार

कुर्द र दमास्कसबीच समझदारीको घोषणा

  • 4 minutes ago
कुर्द र दमास्कसबीच समझदारीको घोषणा

एजेन्सी । टर्की–सिरिया सीमाक्षेत्रमा टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि त्यस क्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन् ।

गाडीकाे ठक्करबाट रत्ननगरमा एकजनाकाे मृत्यु

  • 9 minutes ago
गाडीकाे ठक्करबाट रत्ननगरमा एकजनाकाे मृत्यु

चितवन । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ग्यास सिलिन्डर विस्फोट हुँदा दुई तले घर ध्वस्त, सात जनाको मृत्यु

  • 12 minutes ago
ग्यास सिलिन्डर विस्फोट हुँदा दुई तले घर ध्वस्त, सात जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।