IIMS College

ISMT

HUB Education

अष्ट्रेलिया विशेषः ठेगाना परिवर्तन गर्दा इमिग्रेशन डिपार्ट्मेन्ट्लाई खबर गर्नुपर्छ र ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

म  सन् २०१३ मा विद्यार्थीको रूपमा अस्ट्रेलिया आएको हुँ र अहिलेसम्म पनि विद्यार्थी नै छु । यस बीचमा मैले तीन पटक ठेगाना परिवर्तन गरिसकें । के हरेक पटक ठेगाना परिवर्तन गर्दा इमिग्रेशन डिपार्ट्मेन्ट्लाई खबर गर्नुपर्छ र ?

 

पर्दैन । तर तपाईंले आफ्नो ठेगाना परिवर्तन भएको सात दिनभित्र आफू अध्ययनरत रहेको शैक्षिक संस्थालाई भने नयाँ ठेगाना उपलब्ध गराउनुपर्छ । हेर्दा सामान्य लागे पनि यसमा गरिने सानो लापरवाहीले ठूलो असर भोग्ने विद्यार्थीहरू धेरै छन् । तपाईंको शैक्षिक संस्थामा तपाईंको  ठेगाना अद्यावधिक गरिएको छैन भने उसले तपाईंलाई पुरानै ठेगानामा पत्राचार गरिरहन्छ, जुन तपाईंको हातमा पर्दैन । कुनै गम्भीर विषय जस्तै, तपाईंले शुल्क नतिर्नुभएको, तपाईंको हाजिरी सन्तोषजनक नभएको जस्ता सन्दर्भमा तपाईंलाई पठाइएको पत्रको बारेमा तपाईंले आफ्नो शैक्षिक संस्थालाई समयमै सन्तोषजनक जवाफ दिनुभएन भने तपाईंको भिसा खारेजीको प्रक्रिया अगाडि बढ्न सक्छ । त्यसैले ठेगाना परिवर्तन हुनासाथ आफ्नो शैक्षिक संस्थालाई नयाँ ठेगाना उपलब्ध गराउनु पर्दछ । 

 

के मैले आफ्नो शैक्षिक संस्था परिवर्तन गरेँ भने त्यसको जानकारी आफूले छाडेको संस्थालाई पनि दिनुपर्दछ? 

 

यदि पढाइको पूरा अवधि नबित्दै तपाईंले आफ्नो शैक्षिक संस्था परिवर्तन गर्नुभयो भने सोको जानकारी ७ दिनभित्र आफ्नो पूरानो शैक्षिक संस्थालाई पनि दिनुपर्दछ ।

 

मैले २०१५ को नोभेम्बर महिनामा टीआरको निम्ति निवेदन दिएको थिएँ । हिजो एक्कासी घरमा भिसा अस्वीकृत भएको पत्र आयो । उनीहरूले मसँग मागेको पुलिस रिपोर्ट समयमै नबुझाएकोले मेरो भिसा अस्वीकृत गरिएको भनेर पत्रमा लेखिएको रहेछ । मैले इमेल चेक गर्दा उनीहरूले पठाएको इमेल जंक फोल्डरमा बसेको रहेछ, जुन मैले हेरेकै थिइनँ । अब मैले के गर्नुपर्छ?

 

यो त तपाईको हेलचेक्रयाँइ भयो । तर अलिकति सन्तोषको कुरो के हो भने तपाईंले आफ्नो ठेगाना भने इमिग्रेशनमा अद्यावधिक गर्नुभएको रहेछ । नभए तपाईंले यो पत्र पनि नपाउन सक्नुहुन्थ्यो, जसको अर्थ तपाईंले रिभ्यु राइट पनि गुमाउनुहुन्थ्यो । इमिग्रेशनले पठाएको पत्र जंक वा स्पाम फोल्डरमा गएर बसेको कारणले यस्तो समस्यामा पर्ने तपाईं पहिलो व्यक्ति हुनुहुन्न । अरू थुप्रै आवेदकहरू पनि यो समस्यामा परेको पाइन्छ । अब तपाईंले तुरुन्त एडमिनिस्ट्रटीभ अपील्स ट्राइब्युनलमा आवेदन दिनुहोस् । 

 

भिसाको लागि आवेदन दिएको व्यक्ति सधैं चनाखो हुनुपर्छ । इमेल नियमित चेक गर्ने (जंक र स्पामसमेत), ठेगाना परिवर्तन भएमा तुरुन्त इमिग्रेशनमा अद्यावधिक गर्न लगाउने, कुन समयसम्म अप्लाई गरेका फाइल खुलेका छन् भन्ने कुराको बारेमा जानकारी समय—समयमा लिने आदि गर्नुपर्छ । सानो हेलचेक्रयाँइले पछि ठूलो असर पर्नसक्छ।

 

 

यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267) हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भने info@nepalipatra.com.au  मा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ। 

 


थप समाचार

ग्यास सिलिन्डर विस्फोट हुँदा दुई तले घर ध्वस्त, सात जनाको मृत्यु

  • 3 minutes ago
ग्यास सिलिन्डर विस्फोट हुँदा दुई तले घर ध्वस्त, सात जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् ।

शाहिदले ‘कवीर सिंह’पछि अर्को साउथ रिमेक फिल्ममा काम गर्ने

  • 6 minutes ago
शाहिदले ‘कवीर सिंह’पछि अर्को साउथ रिमेक फिल्ममा काम गर्ने

एजेन्सी । यो वर्ष २१ जुनमा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘कवीर सिंह’ले साहिद कपुरको करिअरलाई थप उचाइमा पुर्याएको थियो ।

सुनको भाउमा सामान्य गिरावट

  • 8 minutes ago
सुनको भाउमा सामान्य गिरावट

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन तोलाको ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको मूल्यभन्दा तोलामा १ सय रुपैयाँले कमी आएको हो ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।