अष्ट्रेलिया विशेषः सुपरको पैसाले घर किन्न मिल्ला ?

Education Park

प्रश्न: घर किन्ने गरी सुपर खातामा रहेको पैसा ऋण लिन मिल्छ कि मिल्दैन ?

जवाफ: मिल्छ पनि, मिल्दैन पनि ! साधारणतया सुपर खातामा रहेको पैसा घर किन्ने काममा प्रयोग गर्न मिल्दैन । सुपरको नियम अनुसार झिक्ने बेला आएपछि मात्र  सुपरमा भएको बचत निकाल्न सकिन्छ । तर अचेल ‘सेल्फ म्यानेज्ड सुपर फण्ड’ को नाममा सुपर खातामा भएको पैसा प्रयोग गरेर सुपर फण्डको नाममा नै घर किन्ने चलन देखिन थालेको छ ।

 

यस्ता ‘सेल्फ म्यानेज्ड सुपर फण्ड’ को व्यवस्थापन र संचालन खर्च अलि धेरै नै हुने हुँदा सानो–तिनो रकम भएका फण्डहरुलाई ‘सेल्फ म्यानेज्ड’ मा परिवर्तन गर्न अलि व्यवहारिक नहुन सक्छ । त्यसैगरी सेल्फ–म्यानेज्ड फण्डलाइ घर किन्ने ऋण दिने भन्ने कन्सेप्ट अस्ट्रेलियाको परिप्रेक्ष्यमा अलि नौलो नै हो र बैंकले सामान्य होम लोन भन्दा बढी नै टाइट गर्ने गर्छन । यस्ता फण्डको संचालन र यसमाथि गरिने ऋणको प्रवाह ज्यादै नै जटिल विषय भएकोले गर्दा यस्ता खालका स्ट्रक्चर सेट–अप गर्दा ज्यादै होस पु¥याउनु पर्ने हुन्छ । सानो तिनो मात्र गल्ती भयो भने पनि जरिवाना स्वरुप थुप्रै ट्याक्स तिर्न पर्ने र उस्तै परे फण्डको सम्पति नै फ्रिज गर्ने अधिकार समेत सरकारले राखेको हुन्छ । यसका अतिरिक्त सबै बैंकले सुपर फण्डलाइ ऋण प्रवाह गर्दैनन् र जसले गर्दछन उनीहरुको तरिका पनि आ–आफ्नै हुन्छ ।

 

कुनै कुनै बैंकले ऋण दिए बापत धितो राख्ने सम्पतिको कस्टडीको बारेमा उचित ब्यबस्था नहुँदा ग्राहकहरुले हजारौं डलर पर्ने स्ट्याम्प ड्युटी कर २ पटक तिर्नुपर्ने सम्भावना हुन्छ । त्यसैले सुपर फण्ड बाट ऋण लिने बेलामा सहि बैंकको छनौट पनि ज्यादै महत्वपूर्ण कुरा हो । समग्रमा भन्नुपर्दा सुपर फण्डलाइ प्रोपर्टी इन्भेस्टमेन्ट प्लानको एउटा अभिन्न अंगको रुपमा मान्दै सम्पति जोड्ने भ¥याङको रुपमारुपमा प्रयोग गर्ने हो भने सुपर खाताको पैसा घर किन्दा चलाउने तरिका उपयोगी हुन सक्छ, तर थोरै रकमका १÷२ वटा मात्र घर किन्ने हो भने सुपरको प्रयोग व्यवहारिक नहुन सक्छ । चाहे जेहोस, सुपरको पैसा चलाउने वा नचलाउने भन्ने बिषयमा व्यवसायिक सल्लाहकारसँग उचित परामर्श लिएर मात्रै यस्ता कदम चाल्नु राम्रो हुन्छ ।  

 

प्रश्न:  क्रेडिट कार्ड बाट पैसा झिक्यो भने किन धेरै ब्याज लाग्छ ?

जवाफ: क्रेडिट कार्ड भनेको विना धितोको ऋण हो र यस्ता ऋणहरु बैंकका लागि जोखिमपूर्ण हुने गर्दछन् । होम लोन लिँदा घर धितो राखिएको हुन्छ, कार लोन लिँदा कार नै धितो राखिएको हुन्छ तर क्रेडिट कार्ड लिँदा केहि पनि धितो राखिएको हुँदैन ।

 

केही पनि धितो नराखी ऋण प्रवाह गर्दा भोलि ऋण असुल गर्न नसकेको खण्डमा बैंकले यस्ता पैसा माया मार्नुपर्ने हुन्छ । यसरी बैंकहरुले उठाएको जोखिमको उचित प्रतिफलको लागि क्रेडिट कार्डबाट क्यास आउट गर्दा अन्य धितोबाला ऋणको तुलनामा चर्को ब्याज लगाउने गर्दछन् ।

 

सामान्य उदाहरणको लागि घर किन्ने ऋण साढे पाँच प्रतिशत ब्याजमा पाइन्छ, कार लोन त्यस्तै १० प्रतिशतको हाराहारीमा पाइन्छ तर क्रेडिट कार्डको क्यास आउट भने २० प्रतिशतभन्दा बढीको हुन्छ । त्यसैले आफुले लिएको ऋण कस्तो खालको हो र त्यसमा कत्तिको ब्याज तिर्नु पर्छ भन्ने कुराको जानकारी लिएर मात्र क्यास आउट गर्नु राम्रो हुन्छ । 

 


थप समाचार

वर्षा र बाढीका कारण सिरहामा चारको मृत्यु, एक बेपत्ता

  • 11 minutes ago
वर्षा र बाढीका कारण सिरहामा चारको मृत्यु, एक बेपत्ता

लहान । केही दिनयताको अविरल वर्षा र बाढीका कारण सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको जानकारीअनुसार अविरल

'याे सरकार आफुले भन्दा पनि भारतीयहरुबाट नेपाल चिनाउन चाहन्छ'

  • 11 minutes ago
'याे सरकार आफुले भन्दा पनि भारतीयहरुबाट नेपाल चिनाउन चाहन्छ'

विगत एक दशकदेखि भ्रष्टाचारविरुद्ध अभियान चलाइराखेका व्यक्ति हुन् स्वागत नेपाल । पछिल्लो समय उनी भ्रष्टाचारविरुद्ध देश दौडाहमा रहेका छन् ।

तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

  • 15 minutes ago
तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

लहान, । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रम



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।