अष्ट्रेलिया विशेषः टीआरका लागि निवेदन दिदाँ कतै यस्तो गल्ती त गर्नुभएन ?

Education Park

मैले २०१५ को नोभेम्बर महिनामा टीआरको निम्ति निवेदन दिएको थिएँ । हिजो एक्कासी घरमा भिसा अस्वीकृत भएको पत्र आयो । उनीहरूले मसँग मागेको पुलिस रिपोर्ट समयमै नबुझाएकोले मेरो भिसा अस्वीकृत गरिएको भनेर पत्रमा लेखिएको रहेछ । मैले इमेल चेक गर्दा उनीहरूले पठाएको इमेल जंक फोल्डरमा बसेको रहेछ, जुन मैले हेरेकै थिइनँ । अब मैले के गर्नुपर्छ?

 

यो त तपाईको हेलचेक्रयाँइ भयो । तर अलिकति सन्तोषको कुरो के हो भने तपाईंले आफ्नो ठेगाना भने इमिग्रेशनमा अद्यावधिक गर्नुभएको रहेछ । नभए तपाईंले यो पत्र पनि नपाउन सक्नुहुन्थ्यो, जसको अर्थ तपाईंले रिभ्यु राइट पनि गुमाउनुहुन्थ्यो । इमिग्रेशनले पठाएको पत्र जंक वा स्पाम फोल्डरमा गएर बसेको कारणले यस्तो समस्यामा पर्ने तपाईं पहिलो व्यक्ति हुनुहुन्न । अरू थुप्रै आवेदकहरू पनि यो समस्यामा परेको पाइन्छ । अब तपाईंले तुरुन्त एडमिनिस्ट्रटीभ अपील्स ट्राइब्युनलमा आवेदन दिनुहोस् । 

 

भिसाको लागि आवेदन दिएको व्यक्ति सधैं चनाखो हुनुपर्छ । इमेल नियमित चेक गर्ने (जंक र स्पामसमेत), ठेगाना परिवर्तन भएमा तुरुन्त इमिग्रेशनमा अद्यावधिक गर्न लगाउने, कुन समयसम्म अप्लाई गरेका फाइल खुलेका छन् भन्ने कुराको बारेमा जानकारी समय—समयमा लिने आदि गर्नुपर्छ । सानो हेलचेक्रयाँइले पछि ठूलो असर पर्नसक्छ।

 

यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन्। कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टर्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ। लेखक रजिष्टर्ड माइग्रेशन एजेन्ट (MARN 1172267) हुन्। तपाईंका पनि कुनै जिज्ञासा छन् भने info@nepalipatra.com.au  मा पठाउन सक्नुहुन्छ। तपाईंको परिचय गोप्य राखिनेछ। 


थप समाचार

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

  • 7 minutes ago
जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका

चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

  • 22 minutes ago
चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निव

ढाकाको कपडा बुनाई तालीम

  • 42 minutes ago
ढाकाको कपडा बुनाई तालीम

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको रु. १० लाखको आर्थिक सहयोग र बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालीमका सहभागी महिलाहरुले बुनेका ढाकाका कपडा देखाउद



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।