अष्ट्रेलिया विशेषः विद्यार्थीले कस्ता खालका प्रोपर्टी किन्ने ?
- Kiran Thapa
- मंगलबार, ३१ आषाढ, २०७६
- 4 months ago
- अष्ट्रेलिया




आफ्नो आम्दानी बढाउने, करिअरको विकास गर्ने र आफ्नो फिल्डमा काम गरेर आत्मसन्तुष्टी पाउनुभन्दा ठूलो कुरो अरु हुनै सक्दैन् । त्यसैले ठूलो मोर्टगेजको भार बोकेर अहिले नै त्यस्ता सुन्दर भविष्यका बाटाहरु बन्द गर्नु हुँदैन् ।
प्रश्नः हामीले अस्ट्रेलियाको पीआर लिएको केहि वर्ष भयो तर पनि एउटा स्थिर काम गर्न नसकेको हुँदा सेभिङ खासै गर्न सकिरहेको छैन । करिअर चेन्ज गर्ने कि भनेर थप पढाइ गर्ने सुरमा रहेका हामीले कस्ता खालका प्रोपर्टी किन्दा ठिक होला?
जवाफः अस्ट्रेलियामा स्कील्ड माइग्रेन्टको रुपमा स्थायी बसोवास मिलाइसकेपछि पनि आफूले भने जस्तो खालको काम पाउन अलि संघर्ष नै गर्नुपर्ने हुन्छ । पछिल्लो समयमा आएर पीआर लिइसकेकाहरुले पनि आफूलाई मनपर्ने विषयमा फिल्ड चेन्ज गर्नको लागि अध्ययन र तालिम गर्ने क्रम पनि बढ्दो छ र तपाईंको पनि यस्तै शुभ विचार आएकोमा बधाई दिन चाहन्छु । निकट भविष्यमा अध्ययन गर्ने यहाँको योजनालाई हेर्दा सकेसम्म सिटी वा क्याम्पसबाट नजिकको दूरीमा बस्नु उपयुक्त देखिन्छ । अध्ययनको क्रममा यहाँले काम गर्ने सिफ्ट पनि घट्न सक्ने हुँदा सानो खालको मोर्टगेजको भार बोक्ने गरी सस्तो खालको प्रोपर्टी किन्नु उपयुक्त देखिन्छ ।
सिटी वा क्याम्पसदेखि नजिक अनि सस्तो खालको प्रोपर्टी भन्नासाथ यहाँको बजेटले घरभन्दा पनि पूराना खालका अपार्टमेन्टहरुमा जोड दिनुपर्ने देखिन्छ । अहिलेको लागि यहाँको तत्कालको आवश्यकता भनेको सहज ठाउँमा बस्ने र भाडा बापत अरुलाई बुझाउने पैसा आफ्नै मोर्टगेज तिर्न प्रयोग गराउनु हो । यहाँको थप शिक्षा सकिएपछि आफ्नै फिल्डमा काम पक्का भएपछि आवश्यक परेछ भने यस युनिटलाई बेचेर वा भाडामा लगाएर आफूले भनेजस्तो घरमा सर्नु राम्रो देखिन्छ । आफ्नो आम्दानी बढाउने, करिअरको विकास गर्ने र आफ्नो फिल्डमा काम गरेर आत्मसन्तुष्टी पाउनुभन्दा ठूलो कुरो अरु हुनै सक्दैन् । त्यसैले ठूलो मोर्टगेजको भार बोकेर अहिले नै त्यस्ता सुन्दर भविष्यका बाटाहरु बन्द गर्नु हुँदैन् । धनको लोभ र सुखसयलको जिन्दगीभन्दा संघर्षपूर्ण बाटो दीर्घकालीन रुपमा राम्रो हुनेछ । अरुको देखासिकी र लहलहैमा लाग्नुभन्दा आफ्नो आर्थिक अवस्था र आम्दानीको अवस्थालाई सुधार गराउनतिर लाग्नुपर्दछ । आफू एक्लैले यस्ता निर्णय गर्न गाह्रो भएमा सम्बन्धित बिषयमा अनुभवी व्यक्तित्वहरु र ब्यवसायिकहरुसँग सल्लाह लिनु हुन पनि अनुरोध गर्दछु ।
२. होम लोनको ब्याजदर केहि वर्षको लागि फिक्स गर्न पनि मिल्दो रहेछ । कस्तो बेलामा ब्याज फिक्स गर्न ठिक हुन्छ होला?
होम लोनको ब्याजदर १ देखि ५ वर्षसम्मको लागि फिक्स गर्न सकिने सुबिधा प्रायजसो बैंकहरुले दिने गरेका छन् । भोलिका दिनमा ब्याजदर बढ्छ कि घट्छ भनेर कसैले पनि ठ्याक्कै भन्न नसक्ने हुँदा ब्याजदर फिक्स गर्ने कि नगर्ने भन्ने कुरो तपाईंको आफ्नो व्यक्तिगत अवस्था र योजनाको आधारमा गरिनु पर्दछ ।
एउटा सामान्य उदाहरणको लागि यदि तपाईंको परिवारमा बच्चाको जन्म हुँदैछ र जसले गर्दा परिवारको एउटा सदस्य केहि समयको लागि कामबाट आराम गर्नुप¥यो भने तपाईं एकजनाले मात्र ऋणको किस्ता तिर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो समयमा ब्याजदर फिक्स गरेर केहि वर्षसम्मको लागि तिर्नुपर्ने ऋणको किस्ताको बारेमा निश्चिन्त हुन सकिन्छ । कुनै कुनै अवस्थामा जस्तै (१) केहि वर्षभित्र बैंक परिवर्तन गर्ने, (२) धितो राखेको प्रोपर्टी केहि वर्षभित्र बेच्ने, (३) झ्याप्पै एकमुस्ट ऋण घटाउने, (४) यो घरलाई भत्काएर अर्को बनाउने, (५) केहि वर्षभित्र रिफाइनान्स गर्ने आदि जस्ता योजना बनाउनु भएको छ भने चाहिँ होम लोन फिक्स नगरेको नै राम्रो हुन्छ ।
थप समाचार
घरमै बसेर चम्काउनुहाेस् आफ्नाे दाँत
- 3 minutes ago

एजेन्सी । भनिन्छ मानिसको मुस्कानबाटै उसको ब्यक्तित्व झल्किने गर्दछ । त्यस्तै मुस्कानले नै धेरैको मन जित्न सकिन्छ भन्नेहरु पनि कम छैनन् ।
अष्ट्रेलियामा एकजना नेपाली आफ्नै कोठामा मृत अवस्थामा फेला परेपछि...
- 9 minutes ago

सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली मृत फेला परेको र उनी तनहुँ गुणदी घर भई अष्ट्रेलियामा बसोबास गर्दै आएका दिपेन्द्र खनाल भएको बताइएको छ ।
नेपालद्वारा माल्दिभ्स पराजित
- 12 minutes ago

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल विजयी बनेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २ - १ गोलले पराजित गरेको हो ।
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
घरमै बसेर चम्काउनुहाेस् आफ्नाे दाँत

एजेन्सी । भनिन्छ मानिसको मुस्कानबाटै उसको ब्यक्तित्व झल्किने गर्दछ । त्यस्तै मुस्कानले नै धेरैको मन जित्न सकिन्छ भन्नेहरु पनि कम छैनन् ।
विचित्र विश्व
मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

एजेन्सी । तीन वर्ष पहिले ७१ वर्षीय रिचार्ड कीडवेलको साथमा निर्धारित गतिभन्दा बढि सवारी चलाएको आरोपमा सुचना आयो । जसमा १०० पाउण्ड रुपैया जरिवाना लागेको थियो । उनिलाई ४८ किलोमिटर प्रतिघण्टाको स्पिड निर्धारण गरिएको ठाउँमा ५६ किलेमिटर प्रतिघण्टाको स्पिडबाट सवारी चलाएको आरोप लागेको थियो ।