ISMT

HUB Education

अष्ट्रेलिया विशेषः घरेलु हिंसा र त्यसले निम्त्याउने कानुनी झमेला

Education Park

 

Kathmandu Trade Show

 

यो अंकमा घरेलु हिंसा र त्यसले निम्त्याउने कानुनी झमेला सम्बन्धी विषय समेटिएको छ । यो लेख अष्ट्रेलियाको एनएसडब्लु राज्यको कानुनसँग सान्दर्भिक छ ।

 

१. कानुनले कस्ता किसिमका गतिविधिलाई ‘घरेलु हिंसा’को रुपमा परिभाषित गरेको छ ?

एनएसडब्लु राज्यको अपराध सम्बन्धित कानुन २००७ को भाग ३ ले घरेलु सम्बन्ध भएकाहरु विरुद्धका  शारीरिक आक्रमण, धम्की, पिछा लाग्ने क्रियाकलाप र एभियो आदेशको उल्लङ्घन इत्यादिलाई निषेध गरेको छ । यी गतिबिधि गरिएको पाइएमा जेल सजाय लगायतका कडा सजाय हुन सक्छ ।

 

२. एभियो भनेको के हो ?

एभियो भनेको अदालतको यस्तो आदेश हो । जसले यदि कोही व्यक्ति बिशेषलाई भविष्यमा हिंसा हुने डर छ र त्यो डर परिस्थितिको गहन अध्ययन अनुसार मनासिव छ भने उनीहरुको सुरक्षाका खातिर दिइने आदेश हो ।

 

३. यो एभियो लिन के गर्नुपर्छ ?

नागरिकको सुरक्षा राज्यको जिम्मेवारी हो । यदि तपाई घरेलु सम्बन्धमा असुरक्षित हुनुहुन्छ, तपाइमाथि शारीरिक वा मानसिक यातना दिइएको छ भने तपाई आफ्नो नजिकको प्रहरीमामा रिपोर्ट गर्न सक्नुहुन्छ । यदि तपाइको रिपोर्ट प्रहरीलाई साँचो लाग्यो भने, सरकारी वकिल मार्फत अदालतमा एभियोका लागि प्रक्रिया सुरु गर्न सकिन्छ । 

 

४. यसको लागि कति खर्च व्यहोर्नुपर्ने हुन्छ ?

माथि उल्लेख गरिएको झैँ  नागरिकको सुरक्षा राज्यको जिम्मेवारी हो । यसको मतलब तपाइले कुनै कानुनी खर्च व्यहोर्नु पर्दैन । राज्यले नै तपाइकोतर्फबाट कानुनी लडाई लड्ने छ ।

 

५. आफ्नो विरुद्ध एभियो लाग्ने  प्रक्रिया सुरु भयो भने के गर्ने ?

आफ्नो विरुद्धमा एभियो हुनु नै आपराधिक कार्यको रुपमा लिनु पर्दैन । तपाई विरुद्ध  एभियो सँगसँगै कुटपिट र शारीरिक हमलाको पनि अभियोग लागेको छ भने चाहीँ चिन्ताको कुरो हो । तपाई आफ्नो बचाउको लागि वकिल लगाएर या आफै पनि लड्न सक्नुहुन्छ ।

 

६. यदि कोही घरेलु हिंसाबाट पीडित भयो भने कसरी सहयोग पाउन सक्छ ?

तपाईको डाक्टर, प्रहरी, साथी भाइ अनि घरेलु हिंसाकै लागि समर्पित १८०० ६५६ ४६३ नम्बर तपाईका लागि सहयोगी हुनेछन ।

 

७. आफ्नै विरुद्ध एभियो लाग्यो भने कस्तो सजाय हुनसक्छ ?

एभियो आफैमा अपराध हैन । तर यस सगँसंगै कुटपिट र शारीरिक हमला अनि बलात्कार आदिका लागि दोषी ठहरेमा भने जेल सजाय लगायतका कडा सजाय हुन सक्छ ।

 


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 5 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 5 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 6 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।