ISMT

HUB Education

अष्ट्रेलिया विशेषः घर किन्दा बार्गेनिङ् कसरी गर्ने ?

Education Park

 

Kathmandu Trade Show

 

प्रश्नः घरको भाउमा बार्गेनिङ् गर्न मिल्छ ? कतिसम्मको बार्गेनिङ् गर्न सकिन्छ होला ?

जवाफः संसारमा सबै कुरो नेगोसियबल छ । त्यसैले घरको भाउमा बार्गेनिङ् नहुने भन्ने त कुरो नै छैन । २० डलरको जुत्ता किन्दा डिस्काउन्ट खोज्ने हामीले लाखौँ डलरको घर किन्दा बार्गेनिङ् हुँदैन भनेर सोच्नु ठीक कुरो होइन । यसको मतलब बार्गेनिङ् गर्ने भन्दैमा ४ लाखमा राखेको घरलाई ३ लाखमा देउ, नत्र किन्दिन भनेर भन्नु बार्गेनिङ् होइन । यसका पनि आफ्नै प्रक्रिया हुन्छन् र घरको मूल्यमा गरिने बार्गेनिङ् आवेशमा आएर होइन, रिसर्चको आधारमा गरिनुपर्दछ्र । हुन त यहाँहरु सबैको आ–आफ्नो तौर तरिका हुन सक्छन् । मैले उल्लेख गर्न गइरहेको तरिका नै ठिक हो भन्न पनि चाहन्न तर पनि तल उल्लेखित केहि बुँदाहरुमा ध्यान पु¥याइयो भने बार्गेनिङ्को गेम जित्न सहज हुन सक्ने आशा मैले लिएको छु ।

 

१. बार्गेनिङ् गर्नुपूर्व घर किन्ने कागजातको राम्रोसँग रिभ्यु गर्नुपर्दछ्र । कानूनी परामर्शदातासँग कानूनी पक्षमा र प्रोपर्टी इन्भेस्टमेन्टमा ज्ञान भएकासँग भाउ बढ्न सक्ने सम्भाव्यताको र भविष्यमा बेच्दा खेरि आइपर्ने समस्याको बारेमा सल्लाह लिनुपर्दछ । घर किन्नुभन्दा पछि गएर यसको बिक्रि गर्नु गाह्रो बिषय हो । त्यसैले प्रोपर्टी इन्भेस्टरले एउटा राम्रो प्रोपर्टीमा के–के गुण खोजेको हुन्छ भन्ने कुरा जान्नु जरुरी छ ।  

 

२. त्यो घर पहिले कतिमा बिक्रि भएको थियो, कति मूल्यबाट बेच्न राखेको थियो र वरिपरिका घरहरु हालसालै कतिमा बिक्रि भइरहेका छन् भन्ने जानकारी लिनुपर्दछ ।

 

३. घर किन्न लाग्नुभएको सबअर्बको बारेमा विस्तृत जानकारी र त्यस एरियामा विज्ञापनमा राखेको भन्दा कति प्रतिशत डिस्काउन्टमा बेचबिखन चलेको देखिन्छ, त्यसै अनुसार भाउ घटाउन प्रयास गर्नुपर्दछ । 

 

४. घरको अफर गर्दा विभिन्न खाले विकल्प सहित प्रस्तुत भएमा बार्गेनिङ्मा कुरो मिल्न सक्ने प्रबल सम्भावना हुन्छ ।

 

५. आफ्नो अफर राख्नु पूर्व ऋण निकाल्न लागेको बैंकले कति पैसामा घरको मुल्यांकन गर्छ भन्ने कुरा जान्नुपर्दछ । जहिले पनि बैंकले मुल्यांकन गरेको भन्दा सस्तोमा घर किन्ने प्रयत्न गर्नुपर्दछ्र । त्यसैले विज्ञापनमा राखेको भन्दा यति उति पैसा घटाइयो भन्ने कुरा महत्वपूर्ण हैन, बैंकले मुल्यांकन गरेको भन्दा बढी वा थोरैमा किनियो भन्ने कुरा महत्वपूर्ण हो । त्यसैले नै यहाँको भविष्यमा प्रोपर्टी इन्भेस्टमेन्टबाट उँभो लागिन्छ कि लागिन्न भन्ने कुराको निक्र्यौल गर्दछ ।

 

माथि उल्लेखित बिषयहरुमा रिसर्च गर्न यहाँको आफ्नै स्रोतले नभ्याउन सक्छ र यहाँसँग यी सबै गर्ने फुर्सद नहुन पनि सक्छ । बैंकका जागिरे कर्मचारीहरुले ऋण दिन्छु तर घर चाहिं आफै खोजेर आउ भन्ने हुँदा र उनीहरुको जागिरको आफ्नै बाध्यात्मक परिस्थितिले गर्दा यी बिषयहरुमा सहयोग नमिल्न पनि सक्दछ । घर किन्ने बेलामा बर्षको २ सय डलर जोगाउनुको साथै घरको मूल्यमा तत्काल १० हजार डलर जोगाउन सक्नु पनि उत्तिकै प्राथमिकतामा पर्नु पर्दछ्र । घर किन्ने बिषय लगानी र ऋणसँग जोडिएको हुँदा अनुभवी मोर्ट्गेज ब्रोकर तथा प्रोपर्टी इन्भेस्टमेन्ट सल्लाहकारसँगको परामर्श आवश्यक हुन्छ र प्राय जसो रुपमा यस्ता सल्लाह निःशुल्क पाइने हुन्छ ।   

 

प्रश्नः होम लोनको ब्याजदर केही वर्षको लागि फिक्स गर्न पनि मिल्दो रहेछ, कस्तो बेलामा ब्याज फिक्स गर्न ठिक हुन्छ होला ? 

जवाफः होम लोनको ब्याजदर १ देखि ५ वर्ष सम्मको लागि फिक्स गर्न सकिने सुविधा प्रायःजसो बैंकहरुले दिने गरेका छन् । भोलिका दिनमा ब्याजदर बढ्छ कि घट्छ भनेर कसैले पनि ठ्याक्कै भन्न नसक्ने हुँदा ब्याजदर फिक्स गर्ने कि नगर्ने भन्ने कुरो तपाईंको आफ्नो व्यक्तिगत अवस्था र योजनाको आधारमा गरिनु पर्दछ । 

 

एउटा सामान्य उदाहरणको लागि यदि तपाईंको परिवारमा बच्चाको जन्म हुँदैछ र जसले गर्दा परिवारको एउटा सदस्य केही समयको लागि कामबाट आराम गर्नुप¥यो भने तपाईं एक जनाले मात्र ऋणको किस्ता तिर्नुपर्ने अवस्था आउन सक्छ । यस्तो समयमा ब्याजदर फिक्स गरेर केहि वर्षसम्मको लागि तिर्नुपर्ने ऋणको किस्ताको बारेमा निश्चिन्त हुन सकिन्छ । कुनै कुनै अवस्थामा जस्तै केहि वर्षभित्र बैंक परिवर्तन गर्ने, धितो राखेको प्रोपर्टी केहि वर्षभित्र बेच्ने, झ्याप्पै एकमुस्ट ऋण घटाउने, घर भत्काएर अर्को बनाउने, र केहि वर्ष भित्र रिफाइनान्स गर्ने आदि जस्ता योजना बनाउनु भएको छ भने चाहिँ होम लोन फिक्स नगरेको नै राम्रो हुन्छ ।

 


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 5 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 6 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 6 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।