ISMT

HUB Education

अष्ट्रेलिया विशेषः विद्यार्थी भिषा पाउन किन सजिलो छ ?

Education Park

 

Kathmandu Trade Show

 

विगत केही वर्षयताको तथ्यांक हेर्ने हो भने दुईवटा स्पष्ट ‘ट्रेण्ड’ देखिन्छन्ः

 

पहिलो, अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या बेस्सरी बढ्दैछ । दोस्रो, पीआरको कोटा निरन्तर बढ्दोछ । 

 

विशेष गरी अष्ट्रेलियामा आएका विद्यार्थीहरू जो भविष्यमा पीआर लिने आशा राख्दछन्, उनीहरूले यो ‘ट्रेण्ड’ लाई राम्ररी बुझ्नु र तदनुरूप आफूलाई अझ सक्षम बनाउनु जरूरी छ । 

 

विद्यार्थी भिषा पाउन किन सजिलो छ ?

 

अष्ट्रेलियाको आम्दानीको प्रमुख स्रोतमध्ये अन्तराष्ट्रिय विद्यार्थीबाट भित्रने डलर पनि पर्दछ । एक अध्ययनअनुसार विदेशी विद्यार्थी भित्राएर गत वर्षमात्र अष्ट्रेलियाले ३२ अर्ब डलरभन्दा बढीको आम्दानी गर्यो । सरकार यो आम्दानीलाई अझ बढाउन चाहन्छ । यसको लागि अझ धेरै विदेशी विद्यार्थी भित्राउने उसको नीति छ । चाँडै नै अष्ट्रेलियामा १० लाख भन्दा बढी विदेशी विद्यार्थी पुग्ने निश्चित छ । 

 

अनि पीआर नि? 

स्थायी रूपमा भने थोरै विदेशीलाई मात्र राख्ने योजना सरकारको छ । गत आर्थिक वर्षमा १,९०,००० जनालाई पीआर दिनको लागि कोटा छुुट्ट्याएकोमा सरकारले १,६३,००० जनालाई मात्र पीआर दियो । अर्थात्, दिन्छु भनेको जति संख्याबाट पनि अझै घटायो । पीआरको कोटा अझ घटाउनुपर्ने भन्ने पक्षमा आवाजहरू बझ्न थालेको देखिन्छ । धेरै राजनीतिज्ञहरूसमेत यसमा सहमत देखिन्छन् । त्यसैले पीआरको कोटा आगामी दिनमा अझै घट्ने देखिन्छ ।  

 

किन यसो हुँदैछ? 

विदेशी विद्यार्थी आएर केही वर्ष बसून्, पढुन्, खर्च गरून्, आफ्नो देश फर्कून्, र पुनः नयाँँ विद्यार्थीहरू आऊन् भन्ने सरकारी नीति देखिन्छ । तीमध्येका अति उत्कृष्ट वा रोजगारदाताले पत्याएको दक्ष व्यक्तिलाई मात्र स्थायी रूपमा यहाँँ राख्ने र बाँकीलाई फर्काउने सरकारी योजना देखिन्छ । यसो गर्दा आम्दानी पनि बढ्ने र जनसंख्याको भार पनि नबढ्ने सरकारको बुझाइ देखिन्छ । 

पीआर लिन मन छ, के गरुँ? 

 

पीआर लिन चाहना राखेर मात्र हुँदैन, त्यही अनुसारको योजना बनाउनु पर्दछ । त्यही अनुसारको मेहनत पनि गर्नुपर्दछ । पीआर चाहनेहरूले विशेष गरी निम्न विषयहरूमा ध्यान दिनु जरूरी छः 

 

अष्ट्रेलियामा कुन कुन विषय पढ्ने जनशक्तिको खाँचो छ, त्यसको बारेमा अनुसन्धान गर्ने

 अंग्रेजी भाषा सुधार गर्ने

 रोजगारीको लागि आवश्यक सीपहरू सिक्ने

 रोजगारदाताहरूसँग राम्रो सम्बन्ध कायम गर्ने 

रिजनल एरियामा बसेर पढेकाहरूले प्राथमिकता पाउने हुनाले त्यस बारेमा पनि सोच्ने । 

 

यी साधारण सल्लाहमात्र हुन् । तर, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने पीआर नै सबै थोक होइन । पीआर पाउनकै लागि भनेर आफूलाई मन पर्ने विषय पढ्न छाड्ने वा कुनै लगाव नै नभएको विषय पढ्न जानु पनि उचित होइन। अष्ट्रेलियामा बसुञ्जेलको समयलाई सदुपयोग गरेर पढाइमा उत्कृष्टता हासिल गर्न सकियो भने, अंग्रेजी सुधार्न सकियो भने र सीपहरूमा दक्षता हासिल गर्न सकियो भने पीआर पाइएन नै भने पनि केही फरक पर्दैन । त्यस्तो व्यक्ति संसारको जुनसुकै कुनामा गए पनि सफल हुनसक्छ ।

 

यस स्तम्भमा दिइएका जानकारी पूर्ण, अद्यावधिक र सबैका लागि उपयुक्त नहुनसक्छन् । कुनै निष्कर्षमा पुग्नु वा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नुभन्दा पहिले अध्यागमन विभागको वेबसाइट, माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा रजिस्टार्ड माइग्रेशन एजेन्टबाट आवश्यक जानकारी लिनु उचित हुन्छ । 


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 5 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 5 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 5 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।