अष्ट्रेलियामा नेपालीको समस्याः स्टुडेन्ट भिषा क्यान्सल भएपछि म बिना भिषा बसिरहेको छु, अब के गर्ने ?

गएको वर्ष मेरो स्टुडेन्ट भिषा क्यान्सल भएको थियो। त्यसपछि म बिना भिषा बसिरहेको छु। मेरी गर्लफ्रेन्ड अस्ट्रेलियन नागरिक हुन् र हामीहरू १५÷१६ महिनादेखि सँगै बसिरहेका छौँ। मैले मेरो भिषाको बारेमा उनलाई केही पनि बताएको छैन। म आफू गैरकानुनी रूपमा बसिरहनु परेकोमा चिन्तित छु। मेरो लागि कुनै उपाय छ कि ? 

 

मेरो विचारमा सबैभन्दा पहिले तपाईंले आफ्नी गर्लफ्रेण्डलाई आफ्नो स्थितिको बारेमा खुलस्तसँग बताउनु उपयुक्त हुन्छ। साधारणतयाः कुनै पनि मूल भिषा (जस्तैः विद्यार्थी भिषा, टुरिस्ट भिषा आदि) रिफ्युज वा क्यान्सल भएको व्यक्तिले अस्ट्रेलियाभित्रै रहेर अर्को मूल भिषाको लागि आवेदन दिन मिल्दैन। तर पार्टनर भिषाको हकमा भने यो नियमलाई खुकुलो बनाइएको छ। तपाईंको हकमा हेर्दा तपाईंले पार्टनर भिषाको लागि आवेदन दिन मिल्ने जस्तो  देखिन्छ।  

 

भिषा क्यान्सल वा रद्द भएको व्यक्तिले पार्टनर भिषाको लागि आवेदन दिँदा पूरा गर्नुपर्ने अरू थप केही मापदण्डहरू छन्। ती हुन्ः

 

१. तपाईं अस्ट्रेलिया आउनु भए यता तपाईंको पार्टनर भिषा रद्द भएको हुनु हुँदैन। 

 

२. माइग्रेशन ऐनको सेक्सन ५०१ अनुसार चारित्रिक आधारमा तपाईंको भिषा रिफ्युज वा क्यान्सल भएको हुनु हुँदैन। 

 

३. तपाईंले आफ्नो आवेदनसाथ फाराम नम्बर ४० एसपी द्धण्क्ए संलग्न गरेको हुनुपर्दछ। तपाईंको हकमा यो फाराम तपाईंकी डि फ्याक्टो पार्ट्नर (तपाईंकी गर्ल्फ्रेण्ड)ले भरेको हुनु पर्दछ।

 

४. तपाईंले आफ्नो आवेदन साथ दुईजना अस्ट्रेलियन नागरिक, यहाँका पीआर, वा योग्यता पुगेका न्युजिल्याण्डका नागरिकले तपाईंहरूको सम्बन्धको बारेमा उल्लेख गरेर भरिदिएको फाराम नम्बर ८८८ संलग्न गरेको हुनुपर्दछ। 

 

तर यी शर्तहरू पूरा हुँदैमा तपाईंले पीआर पाउने भन्ने ग्यारण्टी भने हुँदैन। तपाईंले पार्ट्नर भिषाका अन्य शर्तहरू पनि पूरा गरेको हुनुपर्दछ। माइग्रेशनसम्बन्धी परामर्श दिने वकील वा माइग्रेशन एजेण्टले तपाईंलाई यसबारेमा विस्तृत सल्लाह दिनसक्छन्।

 


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 4 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 4 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 5 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।