नायरले अष्ट्रेलियन एजुकेसन फेयर गर्ने

काठमाडौँ । नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ नेपाल (नायर)ले अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुको जिज्ञासा समाधान गर्ने हेतुले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गरेको छ ।

 

अष्ट्रेलियाको बदलिँदो शिक्षा नीति, त्यहाँ पढ्न चाहनेका लागि भिसा प्रक्रिया तथा छात्रवृत्ति र अन्य विषयमा जानकारी दिने उद्देश्यले यो फेयर गर्न लागिएको हो । ‘उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई भ्रमहरुबाट मुक्त गर्नका लागि यो फेयरको आयोजना गरिएको हो,’ नायरका महासचिव उद्धव खड्काले भने, ‘यो फेयर यसअघि गरिएका फेयरभन्दा भिन्न हुनेछ किनकी यो विशुद्ध विद्यार्थीहरुलाई फाइदा होस् र अष्ट्रेलियाका विषयमा रहेका विविध भ्रमहरु चिर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ गरिएको हो ।’

 

यो फेयरमा काठमाडौंमा अष्ट्रेलियन शिक्षाको परामर्श गरिरहेका हब एकजुकेसन, एजुकेसन पार्क, युनिक्याम्पस, एक्सपर्ट एजुकेसनलगायतका २० भन्दा बढी संस्थाहरु सहभागी हुँदैछन् । ‘धेरै शैक्षिक संस्थाहरु भएकाले एउटै स्थलोमा विद्यार्थीहरुले धेरै शिक्षा लिन पनि पाउँछन्,’ खड्काले जानकारी दिए, ‘सबै विषयमा बुझेर भोलि आफूलाई तयार पार्न र आफ्नो चाहना सम्बोधन होस् भन्ने चाहने विद्यार्थीले हाम्रो फेयरमा भाग लिन सक्नुहुनेछ ।’

 

यो फेयर असोज २ गते अर्थात् सेप्टेम्बर १९ तारिखमा अन्नपूर्ण होटलमा आयोजना गरिएको छ । बिहान १० बजे सुरु भएर साँझ पाँच बजे सकिने फेयरमा निःशुल्क भाग लिन पाइनेछ । 


थप समाचार

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

  • 57 minutes ago
होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

  • 1 hour ago
गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँचजना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • 2 hours ago
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।