यो नियमका कारण अष्ट्रेलियाको भिक्टोरियामा अन्तराष्ट्रिय विद्यार्थी समस्यामा पर्ने पक्का

एजेन्सी । मिडिया रिपोर्टका अनुसार अष्ट्रेलियाको भिक्टोरिया राज्यको सडक यातायात हेर्ने निकाय भिकरोडले अब अन्तर्राष्ट्रिय लाईसेन्सधारी सवारी चालकहरुलाई ६ महिनाभित्र अष्ट्रेलियाकै लाईसेन्स लिन अनिवार्य गर्ने भएको छ ।

 

आज २७ अक्टोबरदेखि लागू गरिएको नयाँ प्रावधान अनुसार भिक्टोरियामा अन्तर्राष्ट्रिय सवारी चालक लाईसेन्सले ६ महिना मात्र सवारी चलाउन पाइने भएको हो । 

 

यसअघि विदेशीहरुले आफ्नै देशको सवारी चालक अनुमति पत्रका आधारमा गाडी चलाउने सुविधा पाएका थिए । विभिन्न समयमा सवारी दुर्घटना बढेको, लापर्वाहीका घटना र नक्कली लाईसेन्सको विगविगी भएका कारण यस्तो परिवर्तन गरिएको बुझिएको छ । 

 

स्थानीय सञ्चारमाध्यम एसवीएसका अनुसार यो प्रावधानले विभिन्न २६ राष्ट्र जसले सिधै आफ्नो देशको लाईसेन्सलाई यहाँ परिवर्तन गर्न सक्नथे उनीहरुले पनि ६ महिनाभित्र यस्तो कार्य गरिसक्नुपर्नेछ ।

 

 नयाँ प्रावधानले रोजगारी दिने कम्पनीहरुले पनि अनिवार्य रुपमा ६ महिनाभन्दा बढी यहाँ बसोबास गरिसकेको व्यक्तिलाई अष्ट्रेलियाकै लाईसेन्स छ कि छैन भन्ने एकिन गर्नुपर्ने बनाइदिएको छ । 

 

नयाँ प्रावधानले कुनैपनि सवारी अपराध गरेको व्यक्तिको डिमेरिट प्वाईन्ट पनि तत्कालै काट्ने व्यवस्था हुनेछ । यसअघि पत्र पठाएपछि त्यस्तो पत्र नै प्राप्त नभएको भन्दै ड्राईभरहरुले यो व्यवस्थालाई छल्दै आएका थिए ।


थप समाचार

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

  • 28 minutes ago
ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

काठमाडौँ । नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।

स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा कोरियामै अन्त्येष्टि

  • 33 minutes ago
स्याङ्जा किचनासका  खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा कोरियामै अन्त्येष्टि

एजेन्सी । स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ । लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्

गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए

  • 37 minutes ago
गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र आज दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।