IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा एक नेपाली युवाले पुर्वप्रेमिकालाई ब्ल्याकमेलिङ गर्न खोजेपछि...

प्रतिकात्मक फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियामा एक युवाले आवेगमा आउँदा कानुनी फन्दामा परेका छन् । आफ्नी पुर्व प्रेमिकाको सम्बन्धलाई लिएर आवेगमा होस गुमाएका  एक २५ वर्षीय नेपाली युवा एडिलेडमा पक्राउ परेका छन् । पूर्वप्रेमिकालाई धम्की दिनुका साथ ब्ल्याकमेलिङ गरेको आरोपमा उनी पक्राउ गरेका हुन् । 

 

उनले दुईबीचको गोप्य भिडियो र तस्बिरहरु पूर्वप्रेमिकाको बेलायतमा रहेका परिवारलाई पठाई यसलाई सार्वजनिक गरिदिने बारम्बार धम्की दिएका थिए । परिवारले कानुनी सहायता लिएसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो ।  निजको साथबाट संघीय प्रहरीले मोबाईल र ल्यापटप पनि बरामद गरेको छ । यस किसिमको पहिलो घटनाको अनुसन्धान गरिरहेको अष्ट्रेलियाको संघीय प्रहरीले अभियुक्तलाई व्यक्तिगत यौनजन्य दृश्य र तस्वीरहरु फैलाएको आरोपमा पक्राउ गरेको छ ।

 

सरकारी वकिलले युवक र उसको प्रेमिका बेलायतमा रहँदा अत्यन्त निकट प्रेम सम्बन्धमा रहेको र गएको जुनमा दुई वर्षीय विद्यार्थी भिसामा युवक अष्ट्रेलिया आएको थियो । 

 

युवक यता आएपछि युवतीले अर्कैसँग बिहे गरेकी थिइन् । तर, अष्ट्रेलिया आएपछि युवकले युवतीको श्रीमानलाई फोन गर्दै पहिलेका तस्वीर र भिडियोको स्क्रिनसट पठाएको थियो । 

 

यतिमात्र होइन, निजले यी सबै भिडियो ईन्टरनेटमा अपलोड गरेर सार्वजनिक गरिदिने धम्की पनि दिएको थियो । 

 

बेलायतका प्रहरीले यस घटनाको अनुसन्धान गर्दै निजले पठाएका केही स्क्रिनसटहरु हेरेका पनि थिए । त्यसपछि बेलायतको प्रहरीले अष्ट्रेलियन प्रहरीसँग समन्वय गरी पक्राउ गर्न आग्रह गरेको थियो । 

 

निज युवकलाई अदालतमा पेश गरिएकोमा अदालतले एक महिनाको म्याद दिएर प्रहरीलाई थप अनुसन्धान गर्न भनेको छ । प्रहरीले निजले नेपाली भाषामा पठाएका सन्देशहरुलाई अनुवाद गर्दैछ ।


थप समाचार

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

  • 6 hours ago
शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा नयाँ समिति, नेतृत्व बानियाँलाई

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनबाट भिम बानियाँको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिमा बाचस्पति रेग्मी उपाध्यक्ष , विक्रम भट्टराई महासचिव, हरि भट्टराई कोषाध्यक्ष र

मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

  • 8 hours ago
मेसीको विकल्प असम्भवः बार्सिलोना अध्यक्ष

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कप्तान लियोनल मेसीको विकल्प असम्भव भएको बताएका छन् । ऐतिहासिक छैटौं पटक बलोन डी’ओर अवार्ड थापेका मेसीको बारेमा कुरा गर्दै बार्तोमेउ

भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

  • 8 hours ago
भरतपुरमा विषादी परीक्षण प्रयाेगशाला सञ्चालनमा

चितवन । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

यी १० वटा कामहरु गर्ने व्यक्तिको घरमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रकाअनुसार देवी लक्ष्मी आफ्ना भक्तमाथि सधैं कृपा बनाइरहन्छन् । तर, केही यस्ता कार्यहरु छन्, जो गर्नाले लक्ष्मी रिसाउँछिन् ।