IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा पैसा कमाउन मन छ भने यी कुरामा ध्यान दिनुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । पछिल्लो केही वर्षयता अष्ट्रेलियाको बसाई कठिन बन्दै गइरहेको छ । अष्ट्रेलिया सरकारले शिक्षाको लागि बिभिन्न देशका विद्यार्थीहरुलाई आफ्नो देशको भिसा सहजै दिन थालेपछि एशियन राष्ट्रहरु चीन, भारत, नेपाल लगायतका विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ ।

 

तर, कतिपयको लागि अष्ट्रेलियाको बसाई सुखद् नै भइरहेको छ । यहाँ हामीले अष्ट्रेलियामा पैसा कमाउनको लागि ध्यान दिनुपर्ने कुराको बारेमा चर्चा गरेका छौं । 

 

चाँडै घर किन्ने

जतिसुकै उमेर ढल्के पनि वा जुनसुकै समयमा अष्ट्रेलिया आएको भए पनि एउटा घर किन्ने चाहना प्रायः सबैको हुन्छ । कहिले वचतको अवस्था नमिलेर त, कहिले जागिरको अवस्था नमिलेर वा कहिले नेपालतिर घ–­जग्गामा पैसा हाल्नुपर्ने भएकोले घर किन्ने साइत जुरिरहेको देखिन्न । 

 

अझ कहिलेकाहीं त समय गुज्रिँदै जाँदा आफ्ना आवश्यकता पनि बढ्दै जाने र त्यही अनुसारको घर किन्न नसकिने भएर थुप्रै व्यक्तिहरु घर किन्नबाट चुकिरहनुभएको छ । उदाहरणको लागि ३­४ वर्षसम्म यहाँ युनिट नकिनी बसेपछि अब एकै चोटी घर किन्ने भन्ने सोच धेरैमा पाइन्छ, तर आफ्नो आर्थिक अवस्थाअनुसार, आफूले चाहेको ठाउँमा घर किनेर बस्न साह्रै गाह्रो भइसकेको अवस्था छ । त्यसैले यसपालिको नयाँ वर्षमा टुलुटुलु हेरेर बसिरहने प्रवृत्तिको अन्त्य गर्दै सकिन्छ भने युनिटबाट नै प्रोपर्टी किन्ने यात्रा शुरु गर्नुहोस् । आफ्नो आर्थिक अवस्था राम्रो हुँदै गएपछि केही वर्षमा टाउन हाउस, घर आदि थप्दै जाँदा राम्रो हुन्छ । 

 

पैसा नफसाउँ

जब मान्छेसँग केही वचत हुन्छ, तब के गरूँ र कसो गरौँ भन्ने भावना जागृत हुन्छ । यस्तै बेलामा जोगिन सकिएन भने नराम्रोसँग फसिन पनि सकिन्छ । कहिले अफ्रिकामा तेल निकाल्ने भनेर त कहिले नेपालतिरै जग्गा प्लटिङ भनेर विभिन्न खालका अवसरहरु आउन सक्छन् र यस्ता लगानीका प्रतिफल ज्यादै लोभलाग्दो देखाइएको हुन्छ । यस्ता ठूला प्रतिफलको लोभमा मानिसले ‘कमनसेन्स’ गुमाउने प्रवल सम्भावना हुन्छ र पैसा लगेर फँसाउने डर हुन्छ । त्यसैले हौवाको पछाडि नलागी आफूले गर्नुपर्ने आवश्यक रिसर्च गरौँ । फलानो­फलानोले लगानी गरेको ठाउँमा मैले यति गर्नु के हुन्छ र भन्ने खालको विचार त्याग्नुहोस् । ठूलाबडाले पनि राम्रो रिसर्च नगरी हालेको पैसा फँसेको कैयन उदाहरण तपाईं हामीसामु छन् ।

 

बीमा गरौँ, सम्पत्ति र परिवारको बचाउ गरौँ 

सम्पत्ति जोड्नु मात्र ठुलो कुरो होइन । अष्ट्रेलियाजस्तो ठाउँमा ऋण नलिई सम्पत्ति जोड्ने शायदै कोही होलान् । यसरी ऋणबाट सिर्जना गरिएको ढुकुटी तासको घर जस्तै हो, कुनै पनि बेला लड्न सक्छ । परिवारमा धेरै कमाइ गर्ने वा अन्य कुनै सदस्यको असामयिक निधन भएको खण्डमा बाँकी रहेको सदस्यले यस्ता ऋण धान्न नसक्दा बैंकले धितो लिलाम गर्ने गर्दछन् । जिन्दगीभर दुख गरेर परिवार र भविष्यको लागि जोडेको सपना केही क्षणमा नै चकनाचुर हुन सक्दछ । त्यसैले आप्mनो परिवारलाई आर्थिक विपत्ति पर्नबाट जोगाउन बेलैमा बीमा गरौँ । जीवन बीमा, अङ्ग­भङ्ग वा अशक्त बीमा, ट्रमा कभर जस्ता थुप्रै बीमा उपलब्ध छन् । जसले यहाँको आवश्यकताअनुसार, सुरक्षा प्रदान गर्न सक्दछ । याद गरौँ जीवन बीमा गरेको खण्डमा काल गतिले मानिसको निधन भएमा पानी बाँच्ने सदस्यले ‘आर्थिक बेनेफिट’ पाउने गर्दछन् । 

 

पढौं, बुझौं र शिक्षित होऔं 

अहिलेको जमानामा आर्थिक रुपमा शिक्षित र जागरुक हुनु अति जरुरी छ । यसको लागि युनिभर्सिटीमा नै गएर डिग्री नै गर्नु पर्छ भन्ने पनि छैन । दैनिक रुपमा आर्थिक समाचारहरु पढ्नुहोस्, के गर्दा ठीक र के गर्दा बेठीक भन्ने छुट्टयाउन सकेमा मात्र पनि ठूलो उपलब्धि हुनेछ । उदाहरणको लागि आर्थिक सर­सरसल्लाहको लागि फाइनान्सियल एडभाइजरसँग परामर्श गर्ने, घर किन्ने ऋणको लागि मोर्टगेज ब्रोकरसँग सम्पर्क गर्ने आदि केही स्मार्ट तरिका हुन् । जसले थुप्रै रकम बचाउन सक्छ । नेपालबाट माइग्रेट भएर आएका हामीहरु धेरै पढेका छौं, प्रायः एक वा एकभन्दा बढी युनिभर्सिटीको डिग्री पनि छ । जसले गर्दा आफैलाई थुप्रै कुराको जानकारी रहेको भान पर्न सक्छ । आफ्नो क्षेत्रमा मान्छे तगडा हुने भएकोले विशेष क्षेत्रमा विशेष तालिमप्राप्त विज्ञहरु थोरै नै सही हामीभन्दा जान्ने हुन्छन् भन्ने कुरा बुझ्नुपर्दछ । आफ्नो कमजोरीलाई ढाकछोप नगर्नुहोस्, पैसाको मामलामा साह्रै महँगो पर्न सक्छ ।

 


थप समाचार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

  • 2 minutes ago
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसन शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उक्त सन्देशमा बेला

कहिले होला पुरा, नोराको कुरा !

  • 9 minutes ago
कहिले होला पुरा, नोराको कुरा !

एजेन्सी । नोरा फतेही बलिउडमा यस्तो एउटा नाम हो, जुन नाम सुन्नेबित्तिकै जो कसैको दिलको धड्कन एकाएक बढ्छ । उनको नृत्यले मात्रै होइन आकर्षक शारिरीक बनावट र सुन्दरताले बालबालिकादेखि बृद्धसम्मको ध्यान तान्

अभिनेत्री रेखा थापाको हट तस्बिरहरु

  • 22 minutes ago
अभिनेत्री रेखा थापाको हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् रेखा थापा । उनको जन्म सन् १९८२, २१ अगस्टमा भएको हो । उनको जन्मथलो सलाकपुर मोरङ हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

एजेन्सी । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ । हामी स्वस्थ रहन रहनका लागि समय मिलाएर खानाको सेवन गर्नु अत्यावश्यक हुन्छ । जसले हामीलाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।