IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाको एक नदीमा डुबेर दुई जना नेपाली युवाको ज्यान गयो, एक जनाको अवस्था गम्भिर

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा दुई नेपाली युवाको नदीमा डुबेर मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार उनीहरु क्याम्पिंङका लागि स्थानीय बरोअरा नेशनल पार्कमा गएका थिए ।

 

तर, उक्त ठाउँमा रहेको नदीमा उनीहरु पौडिन खोज्दा डुबेर मृत्यु भएको बताइएको छ । शुक्रबार राति ७ः३० बजे आपतकालीन सेवालाई बोलाइएको थियो ।

 

तत्कालै घटनास्थलमा पुगेका उद्धारकर्मीले एक जना व्यक्तिलाई सास फेर्न अप्ठेरो भएको अवस्थामा उद्धार गरी हेलिकोप्टर मार्फत अस्पताल लगेका थिए । उद्धार गरिएका व्यक्ति प्रदिप पाण्डे भएको बताइएको छ । 

 

अर्कोतर्फ, हराईरहेका दुईजनाको खोजी जारी राखेका उद्धारकर्मीले राति ११ः३० बजे मात्र उनीहरुको शव भेट्न सफल भएका थिए । 

 

दिउँसोदेखि नै क्याम्पिंगमा गएका उनीहरु साँझ परेपछि पानीमा पौडीका लागि छिरेका थिए । 

त्यसपछि दलदलमा भासिएका कारण उनीहरु माथि आउन सकेनन् । 

 

प्रहरीले दुईजनाको शव पोष्टमार्टमका लागि पठाएको छ । मृतकका एक आफन्तले दिएको जानकारी अनुसार मृत्यु हुनेमा विशाल सेढाई र रोशन छत्कुली छन् । 

 

उनीहरु क्रमशः २६ र २३ वर्ष उमेरका थिए । सेढाई पेशाले ईन्जिनियर हुन् । अष्ट्रेलियाको पढाई सकाएर एक वर्षदेखि उनी आफ्नो पेशामा कार्यरत थिए ।


थप समाचार

कोरोना उपचार कोषमा रु एक अर्ब सहयोग

  • 40 minutes ago
कोरोना उपचार कोषमा रु एक अर्ब  सहयोग

काठमाडाैँ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन

पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ

  • 1 hour ago
पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाएको हो ।

कुलोमा मोटर साइकल र शव फेला परेपछि...

  • 1 hour ago
कुलोमा मोटर साइकल र शव फेला परेपछि...

पोखरा । पोखराको चाउथेमा रहेको कुलोमा मोटर साइकल र शव फेला परेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।