IIMS College

ISMT

HUB Education

को हुन् अष्ट्रेलियाको नदीमा डुबेर मृत्यु हुने दुई युवाहरु ?

picture-lahuritv
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । सिड्नीमा रहेको एक नदीमा डुबेर दुई जना युवा नेपालीले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा विशाल सेढाई र रोशन छत्कुली छन् ।  उनीहरु क्रमशः २६ र २३ वर्ष उमेरका थिए । सेढाई पेशाले ईन्जिनियर हुन् । 

 

अष्ट्रेलियाको पढाई सकाएर एक वर्षदेखि उनी आफ्नो पेशामा कार्यरत थिए । यसबारे थप अनुसन्धान भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

तत्कालै घटनास्थलमा पुगेका उद्धारकर्मीले एक जना व्यक्तिलाई सास फेर्न अप्ठेरो भएको अवस्थामा उद्धार गरी हेलिकोप्टर मार्फत अस्पताल लगेका थिए । उद्धार गरिएका व्यक्ति प्रदिप पाण्डे भएको बताइएको छ । 

किन हुन्छ अष्ट्रेलियामा बारम्बार यस्तो घटना ? 

 

यसरी डुबेर मृत्यु हुने घट्ना बढ्नुमा व्यक्ति स्वयम्को लापारवाही र असावधानी प्रमुख कारण मानिएको छ । पौडी खेल्ने कलामा निपूर्ण नभएका र पानीको गहिराईको अन्दाज थाहा नपाईकन पानीमा बस्नेहरु डुबानमा पर्ने गरेका छन् ।

 

अष्ट्रेलियाको जल सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार विगत ११ वर्षमा झण्डै ३ हजार जना पौडी खेल्ने क्रममा डुबेका छन् । यसको अर्थ हरेक वर्ष औसतमा २८३ जनाले पौडी खेल्ने क्रममा ज्यान गुमाउने गर्दछन् ।

 

प्रतिवेदन अनुसार मद्यापान गरेर वा लागू औषध सेवन गरेर पौडिने व्यक्तिहरु बढी डुबेर मृत्यु हुने गरेको पाइएको छ । पौडिने क्रममा डुबेर मृत्यु हुने ३४ प्रतिशत यस्ता व्यक्तिहरु हुने गरेको बताइएको छ ।

 

जल सुरक्षा विभागले पौडी खेल्न जाँदा सावधानी अपनाउन र आफ्नो सुरक्षाको बारेमा विशेष ख्याल गर्न अपिल गरेको छ ।

 

सुरक्षाका लागि पौडी खेल्न जानुअघि यी कुराहरुमा विशेष ध्यान दिन भनिएको छ  ।

 

सधैं रातो र पहेंलो झण्डाको बीचमा मात्र पौडनुहोला ।

 

समुद्री तटको किनारामा राखिएका सूचना र चिन्हका बारेमा राम्ररी पढेर र बुझेर मात्र पानीमा पस्नुहोला ।

 

पानीमा पस्नु भन्दा अघि लाइफगार्ड र लाइफ सेभरहरुसँग सुरक्षा सम्बन्धी आवश्यक परामर्श लिनुहोला ।

 

साथीसँग मात्र पौडी खेल्नुहोला । पानीमा एक्लै पस्नु वा पौडनु भन्दा साथी लिएर मात्र पौडिनु बुद्धिमानी मानिन्छ । अझ बालबालिकाहरुलाई त एक्लै कहिल्यै पानीमा पस्न नदिनुहोला ।

 

 केही गरि पानीमा डुबिहाले नआत्तिनुहोला । बरु टाउको भन्दा माथि हात उठाएर लाइफगार्ड वा अरु व्यक्तिको ध्यान तान्ने कोशिस गर्नुहोला ।

 

मद्यपान वा कुनै औषधि सेवन गर्नुभएको छ भने पानीमा पस्दै नपस्नुहोला ।

 

पौडिन पानीमा पस्दा सन ग्लास अनिवार्य लगाउनुहोला । साथै पानी निल्नबाट जोगिनुहोला ।

 

लोकल मौसम पूर्वानुमान शाखाले गरेको मौसमको भविष्यवाणीलाई अवश्य मान्नुहोला ।

 

यदि कुनै व्यक्ति डुबिरहेको देख्नुभयो र तपाई सहयोग गर्न असमर्थ हुनुहुन्छ भने ट्रिपर जेरो नम्बरमा इमर्जेन्सी खबर गरिदिनुहोला ।


थप समाचार

बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

  • 18 minutes ago
बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको केही समय नबित्दै प्रधानमन्त्री के पी शर्मा ओलीले उनलाई सिफारिस गर्न अ

रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

  • 32 minutes ago
रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिवाउट कोर्तोवा जहिले पनि अरुभन्दा अघि हुन चाहान्छन् । बेल्जियमको राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य कोर्तोवाले चेल्सी पिटर चेकलाई पछि पारे । रियलमा गएपछि पन

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

  • 39 minutes ago
सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।