IIMS College

ISMT

HUB Education

'अष्ट्रेलियाबाट एक लाख पर्यटक नेपाल भित्राउने लक्ष्य छ'

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । यतिबेला नेपाल भ्रमण वर्ष २०२० का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रचार प्रसारमा व्यस्त रहेका छन् । उनी यसै क्रममा अष्ट्रेलिया आइपुगेका छन् । उनले यस वर्ष अष्ट्रेलियाबाट एक लाख पर्यटक नेपाल लैजाने वातावरण बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् । 

 

ब्रिसबेन आइपुगेका मन्त्री भट्टराईले प्रवासी नेपाली एकता मञ्च क्वीन्सल्याण्डले आयोजना गरेको सम्बृद्धि सम्वाद कार्यक्रममा यस्तो आग्रह गरेका हुन् । अन्तरक्रियामा बोल्दै मन्त्री भट्टराईले जनवरी १ मा नेपालको राजधानी काठमाडौंसहित सातै प्रदेशमा पर्यटन वर्षको भव्य शुभारम्भ भइसकेको भन्दै ७ तारिखमा अन्तर्राष्ट्रियस्तरमा नेपाल भ्रमण वर्षको सुरुवात गर्न आफु यहाँ आएको बताए ।

 

उनले अरुको देशमा पुगेर त्यहाँ विभिन्न क्षेत्रमा सफल बनेका नेपालीहरु अब नेपाल फर्किएर देश विकासमा लाग्नुपर्ने धारणा पनि राखे । उनले नेपालको विकासदर ७ प्रतिशतभन्दा माथि रहेको भन्दै शिक्षा, स्वास्थ्य लगायतमा देशले नयाँ उचाई प्राप्त गरेको बताए । उनले सडक यातायातको निर्माण तिव्रताका साथ हुँदै गरेको र केहीबाहेक सबै गाउँ विकास समितिहरु सडक सञ्जालमा जोडिइसकेको जानकारी दिए । नेपालमा ठूला परियोजना पनि समयमा सम्पन्न भइरहेको कारण उत्साह थपिएको बताए । विदेशमा बस्ने गैरआवासीय नेपालीले आफू बस्ने देशका साथीलाई नेपाल भ्रमण गर्न प्रेरित गर्नुपर्ने मन्त्री भट्टराईको आग्रह थियो ।

 

सन् २०१९ मा ३८ हजार २ सय पर्यटकले नेपालको भ्रमण गरेको तथ्यांक प्रस्तुत गर्दै भ्रमण वर्षमा यो एक लाख बनाउनुपर्ने लक्ष्यमा साथ दिन आग्रह गरे । मन्त्री भट्टराईले दुई देशबीचको पछिल्लो हवाई सम्झौताले नयाँ सम्भावना खोल्ने बताउँदै यो भ्रमणको क्रममा सिधा उडानका लागि यहाँको सम्बन्धित निकायमा अनुरोध गर्ने बताए । अष्ट्रेलिया यतिबेला डढेलोको प्रकोपका कारण पीडामा रहेको विषयमा आफु जानकार रहेको भन्दै नेपाल सरकारको तर्फबाट अष्ट्रेलियन सरकारलाई यो दुखद घडीमा पर्यावरणमा भएको विनास र मानवीय क्षतिप्रति गहिरो सहानुभूति व्यक्त गरेका थिए ।

 

मन्त्री भट्टराई ७ तारिख सिड्नीमा आयोजना हुने नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भ कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया आएका हुन् ।


थप समाचार

ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बिमा वापतको चेक हस्तान्तरण

  • 4 minutes ago
ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बिमा वापतको चेक हस्तान्तरण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बिमितले पाउने रकम ५ लाख निजको परिवारलाई हस्ता

लाम्पार्डको रोजाइमा नपरेको महँगा गोलकिपर केपा अरिजाबालागा

  • 9 minutes ago
लाम्पार्डको रोजाइमा नपरेको महँगा गोलकिपर केपा अरिजाबालागा

एजेन्सी । इंग्लिस क्लब चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्ड महँगा गोलकिपर केपा अरिजाबालागासँग खुसी छैनन् । उनको प्रदर्शनले निराश बनाउँदै गएपछि लाम्पार्डले उनको विकल्पमा विली काबालेरोलाई खेलाउन थालेका छ

विवाहबारे आजकल यसो भन्छिन् कटरिना

  • 10 minutes ago
विवाहबारे आजकल यसो भन्छिन् कटरिना

एजेन्सी । पछिल्लो समय खासै चर्चामा नरहेकी अभिनेत्री हुन् कटरिना कैफ । कुनै समय सलमान खानलाई धोका दिदै रनवीरसँग अफेयरमा रहेकी अभिनेत्री यतिखेर सिंगल रहेको बताउँदै आइरहेकी छिन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।