अष्ट्रेलियामा गाडी चलाउन सिक्दाको साहसिक क्षण

लगातार तीन महिना काम गरिसकेपछि अन्ततः मैले  मास्कटमा गर्दै आएको बिल्डिङ क्लिनिकको काम छोड्ने निर्णय गरेँ । बिहान दश बजेबाट दिउँसो चार बजेसम्म ६ घण्टा अवधिको उक्त काम मेरो लागि हात्ती आयो हात्ती आयो फुस्सा साबित भयो ।

 

काम गर्ने सिलसिलामा सबै साथीभाई प्यारा भए । काम छोड्छु भन्दा सबैले चित्त दुखाए । तर कमाईको हिसाबले मेरो मन खुशी हुन सकेन । अष्ट्रेलियामा दुःख गर्न परेपछि धेरै कमाई गर्ने आश सबैको हुन्छ, उक्त काममा मेरो आवर र पैसा नबढ्ने भएपछि कन्ट्रयाक्ट्टरसँग सल्लाह गरेर नै काम छाडेको थिएँ । काम छोडदा मेरो अष्ट्रेलियामा रहेका केही आफन्तहरूले गाली समेत गरे । अर्को काम नपाउदा सम्म नछाडेको भए हुन्थ्यो भन्ने उनीहरूको आशय थियो । तर मलाई कुनै कुराको पर्वाह नै भएन ।

 

नयाँ तर राम्रो कामको खोजीको लागि दौडिरहेको थिएँ । दिनहरू बित्दै गए । काम नपाएको झन्डै पन्ध्र दिन हुनलागेको थियो । यत्तिकैमा एकदिन मसँगै मास्कोटमा काम गर्ने साथी अशेष पाण्डेले फोन गरेर भने, ‘तपाईले गाडी सिक्नु भयो त ? यदि सिक्नुभयाे भने मसँग एउटा राम्रो काम छ ।' मैले सोधेँ, ‘कस्तो काम हो र त्यो ?’ उनले थपे, ‘भ्यानमा ससेज छोडदै हिडनु पर्ने काम हो, सिड्नीको पश्चिम पारामाटा सम्म पुग्नुपर्छ ।’

 

नेपालमा छँदा ईन्सुरेन्स कम्पनीमा काम गरेको र आफ्नो एउटा नीजि कार भएको कुरा बताइसकेको थिए मैले उनलाई । गाडी चलाउनु मेरो लागि ठुलो कुरा छँदै थिएन । तर के नमिलेर अथवा फुर्सद नमिलेर हात सफाई गर्न पाएको थिइनँ । गाडी सिक्ने भन्दा नि हात सफाई गर्ने कुरा मुख्य थियो । अष्ट्रेलियाको बाटोको बारेमा जानकारी लिनु र ट्राफिक नियमको बारेमा बुझ्नु अति जरूरी थियो मलाई । नेपालको लाईसेन्सले सजिलै गाडी चलाउन पाउने कुराले साह्रै खुशी थिए । मेरो पहिलो प्राथमिकता भनेको गाडी गुडाउने कसरी भन्ने थियो । 

 

अष्ट्रेलियामा दिनहुँजसो गुड्ने गाडीहरूको चाप देखेर म भित्रभित्रै डराइरहेको पनि हुन्थेँ । कतै गाडी ठोकियो भने के गर्ने भन्ने कुराले मनमा चिन्ता हुन्थ्यो । बाटोमा हिँड्दा ट्राफिक लाईटको बारेमा निकै चासो राख्दथेँ । कसैको गाडीमा बस्दा पनि बाटोतिर नै मेरो ध्यान जान्थ्यो । रेड लाईट, ग्रिन लाईट, रेड एरो, ग्रीन एरो, मस्ट टर्न लेफ्ट, मस्ट टर्न राईट, नो लेफ्ट टर्न, नो राईट टर्न,  लगायतका ट्राफिक बत्ति र  नियमको बारेमा जो कोहिको गाडीमा चढेपनि सोधिहाल्थे । यसरी सोध्दा कतिपयले सुनेको नसुने झैँ गर्थे, कतिपयले झर्को मानि मानि बताउँथे । कतिले त कुराको प्रसंग मोडेर अर्कै कुरा गर्थे । तरपनि मैले सोध्न भने छोडिनँ । 

 

त्यसो त, अष्ट्रेलियामा पहिलो पटक पाईला टेक्दा हामीलाई एयरपोर्टमा लिन आउनु भएका मेरो बैनिज्वार्इंको गाडी चढेर कोठासम्म आईपुग्दा नै मलाई यो देशमा गाडी चलाउन सकिएला त खै भन्ने लागेको थियो । ननस्टप गाडीको ताँती, चाक्ला र सफा फराकिला बाटो,  गाडीको ब्रेक थिच्दा देखिएको रातो बत्तीको झिलिमिलि, सफा चम्किला गाडी, कालो र नयाँ जस्तो लाग्ने टायर, सबै देख्दा एकप्रकारले दंग परेको थिए ।  

 

नेपालको अस्तव्यस्त ट्राफिक नियम, बिग्रे, भत्केका बाटाहरू, अरूलाई नपर्खने सवारी चालक आदी देखेको मान्छे म एक्कासी अष्ट्रेलियामा यी सबैकुरा व्यवस्थित देख्दा अच्मित थिएँ । र पनि म भित्रको गाडी चलाउने हिम्मत भने बढ्न सकेको थिएन । नेपालमा आफ्नै गाडी चलाएको मान्छे यहाँ गाडी चलाउन यतिविधी डराउने भनेर मलाई केहिले चर्काे स्वर पनि गरे । तर किन हो म भित्रको डर भने कायमै रह्यो । अन्ततः सबैको गाली र तालीलाई आत्मसात् गर्दै अब यो देशमा गाडी गुडाएरै छोड्छु भन्ने निर्णयमा पुगेँ ।

 

खासमा गाडी नै चलाउने कामको कुरा आएपछि म भित्रको जाँगर एक्कासि बढेर आयो । यसका लागि भाई प्रकाशसँग फोन गरेर अष्ट्रेलियामा हात सफाई गर्ने ट्राफिक नियमको बारेमा सिकाई दिने मान्छेको नम्बर मागेँ । लक्ष्मण नाम गरेका, उमेरले पचास काटेका ती मान्छे नेपाली नै रहेछन् । उनले पहिलो पटक मलाई उनकै सिकारु गाडीको स्टेरिङमा बसाले । सिड्नीको दक्षिण रकडेल स्टेशन नजिकै मलाई लिन आएका उनी अष्ट्रेलियामा बीस बर्षदेखि बस्दै आएका रहेछन् । 

 

ड्राइभिङ स्कुल समेत खोलेर बसेका उनले अष्ट्रेलियामा धेरै नेपालीलाई गाडी सिकाइसकेका रहेछन् । जब म उनको लर्निङ लेखिएको गाडीमा बसे, उनले धेरै कुरा भन्न खोजेका थिए । मैले शुरूमै  मेरो नेपालमा गाडी भएको र चलाएको भनेपछि उनी थन्किए । अनि भन्दै थिए, ‘भनेपछि तपाईंलाई सामान्य ट्राफिक नियमको बारेमा बताएदेखि पुग्ने रहेछ । उनले सान्त्वना दिदैँ मलाई गाडी स्टार्ट गरेर अगाडी बढाउन भने । 

 

रकडेलको टे«न स्टेसन नजिकै रहेको कार पार्कबाट गाडी स्टार्ट गरेर अगाडी बढिरहँदा मनमा सारै डर बढेर आयो । लस्करै गाडीको ताँती देखेर लेन चेन्च कसरी गर्ने भन्ने कुराले भित्र भित्रै डराइरहेको थिएँ । अगाडी बायाँपट्टीको सिटमा बसेर मलाई गाइड गरिरहेका लक्ष्मण दाइको कुरा सुन्दा जति सजिलो लाग्थ्यो उति नै गाह्रो थियो गाडी चलाउन ।  

 

उनको निर्देशनमा स्टेरिङमा बसेर गाडी चलाइरहदाँ बेलाबेलामा ट्राफिक नियम र संकेतको बारेमा  भनिरहँदा मलाई कताकता झिँझो लागेर आउँथ्यो र एकछिन त नबोलेनि हुन्थ्यो जस्तो लाग्थ्यो । करिब दुई घन्टा पछि मेरो गाडी चलाउने पालो सकिनै लाग्दा हातमा बाँधेको घडि हेर्दै लक्ष्मण दाईले भन्न थाले, ‘अब अरू दुई जनालाई  सिकाउन  जानु छ । पैसा चाहिँ नगद दिनुहुन्छ कि एटिएम बाट दिनुहुन्छ ?’ मैले भनेँ, ‘एटिएम बाट दिन्छु ।’  कोग्रा नजिकै रहेको एक एटिएम अगाडी लगेर उनले गाडी रोक्न लगाए । लौ जानुहोस पैसा लिएर आउनुहोस् भनेपछि दुई घन्टा गाडी सिकाएको ८० डलर तिरेर म बिदा भएँ । 

 

त्यसपछि त के चाहियो, म भित्रको गाडी चलाउने इच्छा झन् झन् बढेर गयो । मनमनै गाडी किन्ने निर्यणमा पुगिसकेको थिएँ । कोग्रामा रहेको एक डिलरकोमा पुगेर होल्डेन एस्टा गाडी पनि खरिद गरेँ । गाडी किन्न जाँदा मलाई मेरो बुबा र ज्वाईंले निकै सहयोग गर्नुभयो ।  बुबाले मलाई अलि रामोसँग सिकेर मात्र हाईवेतिर चलाउनु भनिरहनु हुन्थ्यो । अष्ट्रेलियामा भोलि छुस्स केही भयो भनेपनि धेरै जरिवाना तिर्नुपर्छ नि भनेर सम्झाई रहनु हुन्थ्यो । 

 

अब हिम्मत निकालेरै भएपनि म गाडी हाँक्ने योजनामा कटिबद्ध थिएँ ।  यसको लागि मेलै मेरै रूममेट विषम गौतमलाई भनेँ । शुरूमा निकै आलटाल गरेपनि पछि मेरो जिद्दीको अगाडी उनको केही जोर चलेन ।  बिषमले  आफ्नै गाडीमा मलाई सिकाउनको लागि २ घन्टा समय निकाले ।  उनले भने, ‘अब तपाईं पर्फेक्ट हुनुभयो । मेरो आबश्यकता पर्दैन ।’

 

अब भने एक्लै चलाएर हिँड्न पर्ने भयो । ट्राफिक नियम सम्बन्धि धेरै कुरा जानिसकेको भएपनि  चलाउने हिम्मत बढेकै थिएन । म बस्ने ठाउँ सिड्नीको रकडेल प्लाजाबाट रातिको १० बजे गाडी निकालेँ । रातिमा गाडी चलाउदा बाटो खाली हुन्छ भन्ने सुनेको थिएँ । रकडेलबाट शुरू भएको मेरो यात्रा बेङ्सिया, सिनडम हुँदै मास्कोट अनि एयरपोर्टको बाटोबाट जाँदा पर्ने मोटर वे (सवारी साधनमात्र चल्ने बाटो) टोलको बाटोमा झुक्किएर छिरँे । 

 

टोलको बाटो एकतर्फी १०० वा ११० किलोमिटर प्रति घण्टाको स्पिड हुन्छ भन्ने मलाई थाहा नै थिएन । टोल भएको मोटर वेमा छिरिसकेपछि मेरो सातो उडिसकेको थियो । भगवानलाई सम्झिदैँ १०० को स्पिडमा गाडी चलाउँदा मेलै ठुलो नै गल्ती गरेछु कि भन्ने महशुस भयो । जमिन मुनिको सुरुङ बाटोमा यसरी पहिला कहिल्यै गाडी नचलाएकोे मान्छे एकोहोरो हिँडिरहदा अब कतिखेर फर्काउने ठाउँ आउँछ भन्दै प्रतीक्षामा थिएँ । 

 

बल्लतल्ल मोटर वेको बाटो सकिएर म लोकल रोडमा निस्किएँ । गाडीको अगाडीपट्टी राखेको जिपिएसले भनेको र देखाएको इशारा पनि मैले राम्रोसँग पालना गर्न जानेको थिइनँ । धेरैले मलाई गुगल म्यापमा गाडी चलाउनु भनेका थिए तर मैले भाइ प्रकाशले  डाउनलोड गरिदिएको हेयर वि गोे म्याप प्रयोगमा ल्याएको थिएँ । वास्तवमा म्याप सही थियो, मैले म्यापलाई दोष लगाए अनि मेरा सहकर्मी रूम मेट बिषमलाई फोन गरेर भनेँ, ‘बाबु म अलपत्र परेँ लिन आउ ।’

 

यति भनिसकेपछि विषम भाई आफ्नै गाडी लिएर मलाई लिन गए । उनी भन्दै थिए, ‘बुढा नेभिगेटर राम्रोसँग चलाउन आउँदैन, त्यसै गाडी लिएर हिड्ने ?’ उनी अघिअघि म पछिपछि गरेर बल्ल तल्ल घरसम्म आइयो । बिषमको मनमा जे भएपनि अलपत्र अवस्थामा बाटोमा अड्किए पछि उनी मलाई लिन आएर ठुलो गुन लगाए । 

 

विभिन्न खालको डर हुँदा हुँदै पनि मनमा ठुलो साहस, बोकेर  पछिका दिनहरूमा एक्लै गाडी चलाउन थालेँ । नियम र कानुनको दायरा भित्र रहि गाडी हाँक्दैै गएँ, र हाल जुनसुकै ठाउँमा पनि आनन्दका साथ गाडी चलाउन सक्ने एक योग्य ड्राइभर बनेँ । फलस्वरूप गाडीको सदुपयोग गर्दै बेलुकीको समयमा उबर ईट्सको काम गर्न थालेँ । र हालका दिनहरूमा गाडीबाटै खाना डेलिभरिको काम गरेर दिनचर्या बिताउने गरेको छु । 

 

समग्रमा सिङ्गो अष्ट्रेलियामा गाडी चलाउन कुनै गाह्रो छैन, नियमको पालना गर्न जानेमा दुर्घटना हुने सम्भावना नै हुँदैन । तर ट्राफिक नियम, कानुनको बारेमा भने राम्रोसँग ज्ञान हासिल गरेको हुनुपर्छ । नेपालमा गाडी चलाएको हो भन्दैमा, नेपालको सक्कली लाईसेन्स छ भन्दैमा, कसैले पनि  सिधै अष्ट्रेलियामा गाडी चलाइहाल्छु भन्ने मूर्ख काम नगर्नु होला । आधिकारिक मान्छेसँग मात्र गाडी सिकेर रोडमा चलाउनु होला । नेपालको लाईसेन्स भएको मान्छेसँग यदी उसले गाडी चलाउँछ भने पनि पटक्कै उसँग गाडी नसिक्नु होला । मेरो आफन्त हो भनेर यदी उसँग गाडी सिक्नु भयो भने यसको ठुलै मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्छ ।


थप समाचार

निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

  • 5 hours ago
निर्मलको 'प्रोजेक्ट पोसिबल'लाई एनआरएन यूकेको साथ, प्रेस मिटमै जुट्यो १० हजार पाउण्ड सहयोग

कार्यक्रममा उपस्थित एनआरएन यूके तथा अरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट उनको अभियानका लागि तत्काल नै झण्डै १० हजार पाउण्डको सहयोग समेत संकलन भएको छ ।

शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

  • 9 hours ago
शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस

टोकियो, जापान । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्

रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

  • 9 hours ago
रेखा–अमिताभ प्रेमसम्बन्धः किन अधुरै रह्यो यी दुईको प्रेम ?

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।