अष्ट्रेलियमा चलेको एउटा अजबगजबको अभियानः ‘मेरो बुबा को हो ?’

मेलबोर्न, अस्ट्रेलिया । पिटर पिकक एउटा रजिष्टर गरिएको चिठी पाएसँगै दङ्ग परेका थिए । उनले सोचेका थिए त्यो चिठी अनलाइनमा गरेको अनुरोध बमोजिम हुलाक कार्यालयमा ठूलो ज्याकेट आएको होला । पूर्व प्रहरी समेत रहेका यी अस्ट्रेलियाली हजूरबुबा चिठी खोलेर आश्चर्यचकित भए । 

 

“श्रीमान् पिकक,” चिठीमा लेखिएको थियो । “भिक्टोरियन एसिस्टेड रिप्रोडक्टीभ ट्रिटमेन्ट अथोरिटी (भार्ता) ले तपाइँसँग सम्बन्धित जानकारी लिन चाहेको छ । प्रिन्स ह्यारी इन्स्टिच्यूटमा तपाइँले सहयोग गर्नुभएको घटनासँग यो चिठी सम्बन्धित छ ।” 

 

प्रिन्स ह्यारी, मेलबोर्नको यस क्लिनिकमा झण्डै ४० वर्षअघि उनले वीर्यदान गरेका थिए । 

 

यो पत्रको एउटा मात्र कारण यही हुनु पर्दछ, उनले सोचे । उनको वीर्यदानबाट सायद कसैले पृथ्वीमा जन्म लिएको हुनु पर्दछ । 

 

उनको दिमागमा छटपटी भयो । सबैलाई यो कुरा कसरी सुनाउनु, आफ्ना दुई नातिनातिनालाई यो कुरा कसरी भन्नु, ऊ को हो भनेर कसरी चिन्नु, उनले आफूले गरेको वीर्यदान अज्ञात रहने बाचा गरेका थिए । 

 

दशौं वर्षपछि पछिल्लो नयाँ कानुन आउनुअघि नै अस्ट्रेलियाले वीर्य र डिम्ब दाताहरुको परिचय मेटेको थियो । तर, उनीहरुका वीर्य र डिम्बबाट जन्मेका बच्चाहरुले आफू को हो भन्ने कानुनी अधिकार पाउने भएका छन् । 

 

त्यो चिठी पाएको एक सातापछि पिककले एकजना जिप्सी डायमन्ड नाम गरेकी महिलाको तस्वीर पाए । उनका काला आँखा आफ्नै आँखाजस्ता पाए । “हे भगवान, यो त मेरैजस्तो अनुहार छ, ती महिला मेरी छोरी होइनन् भनेर कसरी भन्नु,” उनी भन्छन् । “हो, उनी मेरै छोरी हुन् ।” 

 

लामो विवादपछि भिक्टोरिया राज्यले जारी गरेको नयाँ कानुन अनुसार भार्ताले वीर्य र डिम्बदाताहरुको नाम सार्वजनिक गर्नुपर्ने भएको छ । भार्ताले दाताहरु, जन्मिने बच्चा र उनीहरुका आमाबाबुको नामनामेसी राख्ने तथा परामर्श सेवा उपलब्ध गराइआएको छ । कतिपय बालबालिकाले आफ्नो पहिचानको खोजी गर्ने इच्छापूर्तिका लागि “मेरो बाबु को हो,” भन्ने अभियान चलाएका थिए । 

 

यस क्लिनिकमा २००० भन्दा बढी व्यक्तिले आफ्नो पहिचान नखोल्ने शर्तमा वीर्यदान गरेका थिए । पुरानो कानुन अनुसार, दाताहरुले आफ्नो वीर्यदानबाट जन्मेका बालबच्चासँग सम्पर्क गर्नु पर्दैन । यो नियमको उल्लङ्घन गर्नेमाथि ७,९०० अस्ट्रेलियाली डलर जरिवाना गर्ने प्रावधान समेत रहेको छ । 

 


थप समाचार

ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

  • 5 hours ago
ब्रेक्जिट : सम्झौताको ड्राफ्टमा बन्यो सहमति

यो हप्ता दुई पक्षबीच भएका गहन छलफलहरुको श्रृंखलापछि दुवै तर्फका अधिकारीहरुको प्राविधिक तहमा सम्झौताको ड्राफ्टमा सहमति जुटेको छ ।

तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

  • 8 hours ago
तस्विरमा हेर्नुहोस छठ पर्वको रौनक

आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खान

'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

  • 8 hours ago
'ब्रेक्जिट डिल' मा सहमति जुटाउने अन्तिम कसरत हुँदै

ब्रेक्जिट डिलको विषयमा बेलायतभित्रै तथा प्रधानमन्त्री टेरेसा मेको आफ्नै दल र क्याबिनेटमा समेत एकमत बन्न नसकिरहेको अवस्थामा दबाब बढिरहेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

मह, कागती र पानी मिसाएर पिउँदा फाईदै–फाईदा

जाडो होस या गर्मी बिहान बिहानै कागती पानीमा मह मिसाएर खानाले धेरैलाई फाईदा हुन्छ। अनुहारको छाला राम्रो बनाउन, शरीरको तौल घटाउने भनेर कागती पानी पिउने गरिन्छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।