अस्ट्रेलियाको सबैभन्दा गरिब गाउँको कथा !

क्विउनल्याण्डको मध्य दक्षिणी मागमा रहेका मुंगललालाका बासिन्दाहरुको वार्षिक आम्दानी कति होला ? अस्ट्रेलियाको ट्याक्सेसन अफिसले दिएको जानकारी अनुसार उनीहरुको वर्षिक आम्दानी ३००० हजार डलर रहेको छ । सानो र गरिब गाउँ सहरको रुपमा परिचित यो गाउँले धेरै समस्याहरुबाट गुज्रिनु पर्यो । यो सानो गाउँको जनसंख्या १५० रहेको छ । सन् २००७ मा मुंगललालाको समिलमा ठुलो आगो लागेको थियो । यसपश्चात यस गाउँले धेरै वर्षसम्म खडेरी पर्यो । तर त्यहाँ बस्दै आइरहेका स्थानियहरु भन्छन्,‘हामी गरिब छैनौ, जब पैसाको खाँचो पर्छ, हामी हाम्रो समुदायमा एउटा उत्साहा बनाउने गर्छौ ।’

 

डायमोन सिंगर जो मुंगललालाको नयाँ सम्पत्ति मालिक पनि हुन्, उनले भनेका छन्,‘यहाँ त्यति धेरै पैसा पनि छैन तर पैसा बाहेक अन्य कुरामा धेरै धनी रहेको छ । स्थानीय मानिसहरुमा भएको जुन उत्साहा छ मैले अन्त कतै देखेको छैन ।’

 

मिलमा काम गर्ने कामदारहरुलाई सबैभन्दा कम ज्याला दिने गरिन्छ । पदक्रमका अनुसार उनीहरु सबैभन्दा तलका उपभोगकर्ता हुन् । धेरैलाई ६०० डलर प्रतिहप्ता दिने गरिन्छ । 

 

धेरै मानिसलाई रोजगारी दिने समिल नै मुंगललालाको एकमात्र ठुलो मिल हो । यस मिलमा २० देखि ३० जना मानिसहरुले रोजगारी पाएका छन् । 

 

सन् २०१३ मा समिलका मालिक एनकेलाई आर्थिक संकट परेपछि १० जना मानिसहरुले रोजगारी गुमाएका थिए । सन् २००७ मा तीनजना किशोर मिल खोलेका थिए तर उदेश्य तेल चोर्नु नै थियो । 

 

करम सिंह, स्वर्नजित सिंह र गगनजोट कोर मिलमा काम गर्न लागि आउथे । 

 

करम सिंहले भनेका थिए,‘ मुंगललाला एकदमै सानो थियो, हामीले सोचेभन्दा पनि । पहिला त हामीले सोच्यौ हामी गलत ठाउँमा आयौ । मैले थप्दै साथीलाई भने, मुंगललाला धेरै ठुलो रहेछ ।’ साथीले थप्दै भन्यो,‘मेलवर्नभन्दा अलि सानो रहेछ ।’

 

‘जब ड्राइभरले हामीलाई यस ठाउँ ल्याएर भन्यो ‘यही हो मुंगललाला’, तर हामीलाई कत्ति पनि विश्वास लागेन । त्यसपछि हामी यही बस्न थाल्यौ । काम गर्न थाल्यौ । अब यो हाम्रो घर हो । हामीलाई यो ठाउँको अत्यन्त माया लाग्छ । 

 

मुंगललालामा समाजिक जीवन पनि उत्तिकै रमाइलो छ । यहाँ एकता छ । मार्गरेट र ब्रुस बिल सन् २००२ बाट मुंगललाला क्लब होटेल चलाउँदै आइरहेका छन् । बिल भन्छिन्,‘ यो पव लगभग ९३ वर्ष पुरानो रहेको छ । यसको पुरानो होटल चाहि सन् १९१७ मा भत्काइएको थियो ।’

 

डायमन सिंगरले मुंगललाला ४० हजार अमेरिकी डलर तिरेर एउटा घर किनेका छन् । उनलाई पनि यो ठाउँको अत्यन्त माया लाग्न थालेको छ । 

 

सन् २०१३ मा मुंगललालालाई सुख्खा क्षेत्र भनेर आधिकारिक घोषणा गरिएको थियो । त्यो हाल सम्म पनि रहेको छ । 

 

मुंगललालाका प्रहरी अफिसर भन्छन्,‘धेरै समस्या भएपनि यहाँ मानिसहरुको आपसी समझदारीका कारण अपराधका घटना घट्ने गरेका छैनन् । गरिबीसँग मानिसहरु मिलेर जुध्ने गरेका छन् । त्यही भएर पनि गरिबी समस्या रहेको छैन यहाँ ।’

 

मुंगललालामा धेरै मानिसहरु काम पाएका छैनन् । त्यसै कारण उनीहरु यसठाउँबाट अन्त काम गर्न जाने गरेका छन् । 

 


थप समाचार

एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

  • 8 minutes ago
एसिड आक्रमणमा ज्यान गुमाएकी सम्झना दासको सम्झनामा दीप प्रज्वलन

रौतहट । चन्द्रनिगाहपुरमा एसिड आक्रमणमा परि ज्यान गुमाएकी सम्झना दासको सम्झनामा आज दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

  • 13 minutes ago
सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

शान्ति स्थापनाकाे लागि नेपालले चेतावनीलार्इ पन्छाउँदै अाएकाे छ : प्रम अाेली

  • 21 minutes ago
शान्ति स्थापनाकाे लागि नेपालले चेतावनीलार्इ पन्छाउँदै अाएकाे छ : प्रम अाेली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिम



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

राशीअनुसार कोसँग बिहे गर्ने र कोसँग नगर्ने ?

एजेन्सी । विवाह साँच्चै नै एउटा ठूलो फैसला हो । यत्तिकै जो कोहीसँग विवाह बन्धनमा बाँधिनु र पुरै जिन्दगी उसैसँग बिताउनु, यो कुनै सानो कुरा होइन । मानिसहरुले आजको समयमा विवाहलाई आधुनिक तरिकाले लिन्छन्, विवाहभन्दा पहिले केटा(केटीको थुप्रैपटक मिटिङ्ग गराउँछन् तर बिहे नभएसम्म कसैको असली स्वभाव थाहा पाउन सकिँदैन ।