IIMS College

ISMT

HUB Education

अस्ट्रेलियन अंग्रेजी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

‘तिमी के लेख्छौ हँ फेसबुकमा ? सयौं लाइक्स आउछन  त !’ उसले भन्यो– ‘मेरो कम्पनीको पेजमा पनि त्यति धेरै लाइक्स हुँदैन ।’

 

‘म लेखक हुँ ।’ मैले भने ।

 

‘तर यो त सब अर्कै भाषामा छ त ?’  उसले फेसबुक तिर देखाउदै भन्यो– ‘हेर्दा त अरेबिक जस्तो देखिन्छ ।’

 

‘होइन ! यो मेरो नेपाली भाषा हो ।’ मैले भने– ‘म प्राय नेपालीमा लेख्छु ।’

 

‘अंग्रेजीमा किन लेख्दैनौ ?’ उसले म तिर फर्कदै सोध्यो, ‘इमेल लेखाइबाट म अनुमान गर्छु, तिम्रो लेखाई त यहाँका धेरै अंग्रेजी बोल्ने  मान्छेहरुको भन्दा पनि राम्रो छ  !’

 

‘हो र !’ म अलिकति घमण्ड मिसिएको लामो हाँसो हाँसे ।

 

अनि एकै छिनमा ठट्टा गर्दै भने । ‘तर तिम्रो भाईले मेरो अंग्रेजी बुझ्दैन त !’

 

‘त्यसको कुरा नगर । त्यसलाई राम्रोसँग आउँदैन ।’ उसले आजीत भएझै उतातिर फर्कदै भन्यो ।

 

 उनीहरु मुस्लिम हुन् । सायद लेबनानका । पुर्खौ देखि यही बस्दै आएका छन् । परिवार पनि ठुलो छ । मुस्लिम परिवार । मैले भन्नु नपर्ला – सबै अल्लाहको वरदान ।

 

उनीहरुको परिवार मिलेर बिजनेश गरेका छन् – हेल्थ एण्ड फिटनेस वायरहाउस । अस्ट्रेलियामा ६ वटा स्टोर छन् । एउटा मल्टी मिलिनियर कम्पनी । आफ्नै परिवार मिलेर चलाउँछन् ।

 

घरको जेठो छोरोले इन्जिनियरिङ पढ्दा पढ्दै चौथो बर्षको पढाइ छोडेर बिजनेश शुरु गरेछ ।

 

‘पढेर के काम !’ – उसलाई एकदिन सुर चलेछ । बाँकी सारा भाइहरुलाइ पनि पढ्न बन्द गरिदिएछ । अनि बिजनेश शुरु ।

 

त्यो कम्पनीको अनलाइन सिस्टम मैले हेर्दिने गर्दछु ।– शनिबार र आइतबार ।

 

दाजुसँग मेरो राम्रो कुरा भइरहन्छ । तर, उसको एउटा भाइले बोलेको भने मैले बुझ्दिन र मैले बोलेको पनि उसले बुझ्दैन । उ यति छिटो बोल्छ कि  कहिलेकाहीं त उसका शब्द गुगलमा पनि भेट्टाउदिन ।

 

 ऊ सँग शुरुको दिनको भेट सम्झेर मलाई अहिले पनि हासो छुट्छ । अफिसको पहिलो दिन ढोकाबाट पस्दै गर्दा उसले मलाइ भनेको थियो– ‘हवाया माइट ?’

 

मैले बुझिन । म ट्वाल्ल परेर हेरें अनि खिसिक्क  हासें– सबैले सजिलै बुझ्ने सबै भन्दा सजिलो भाषा ।

 

पछिसम्म सोचिरहें– के भनेको होला यसले । अफिस बाट फर्कने बेला बल्ल दिमागमा क्लिक भो– त्यो शब्द त ‘हाउ आर यु ?’ को अपभ्रंश पो रै’छ ।

 

धेरै दिनपछि अस्ति एक दिन फेरी ऊ सँग भेट भो – शनिबारको दिन ।

 

‘आजकल कता हाराएको ?’ मसंग हात मिलाउँदै उसले भन्यो ।

 

‘उ हाम्रोमा दुइ दिन मात्रै काम गर्छ । हामि धेरै दिन उसलाई एफोर्ड गर्न सक्दैनौ । महँगो छ ।’ छेउमा बसेको उसको ठट्टा गर्दै भन्यो र उ हाँस्यो ।

 

‘आजकल भाउ बढ्यो कि क्या हो ?’ उसले भन्यो ।

 

‘होइन ! मैले सिटिको आइटी कम्पनिमा फुलटाइम जागिर पाएँ ।’ मैले भने ।

 

‘सिट गो ब्रो’ उसले भन्यो ।

 

के भन्यो मैले बुझिन । फेरी हासेरें टारिदिएँ ।

 

‘सिट गो ब्रो’ उसले फेरि पनि म तिर हेर्दै भन्यो  ।

 

म फेरि हाँसे ।  नबुझेको बेलामा जानेकै त्यहीँ ।

 

‘अनि तलाई अंग्रेजीमा समस्या भएन ?’ उसले ठट्टा गर्ने स्वभावमा भन्यो । ‘तेरो अंग्रेजीले काम गर्दो रहेनछ?”

 

त्यसैबेला मलाइ मेरो बोसको अस्तिको एउटा घटना याद आयो । हाम्रो कम्पनीको एउटा ब्रान्च एटलान्टमा पनि छ । त्यसको लागि बोस अमेरिका गइरहन्छिन् । त्यहाँका क्लाइन्टहरु उनी बोल्यो कि हाँस्न थाल्छन रे । उनी यति छिटो बोल्छिन रे कि उनीहरु कहिलेकाही त केहि पनि बुझ्दैनन् रे ।

 

अस्ति भन्दैथिइन् – मेरो त अमेरिकामा वेईज्जत नै भइसक्यो । केही बोल्ने हँुदैन, सब हाँस्न थाल्छन ।

 

‘मलाई गाह्रो भा’को छैन बरु तँलाइ चाँही गाह्रो पर्न सक्थ्यो’ त्यो सम्झे पछि मैले उसलाई जिस्काउँदै भने । ‘हाम्रोमा प्रायः अमेरिकाका क्लाइन्टहरु छन । तँ बोलिस भने उनीहरुले बुझ्दैनन् ।’

 

उनीहरु प्रायः अफिसियल चिठीहरु पनि लेख्दैनन । केहि लेख्नु प¥र्यो कि मलाई भन्छन् ।

 

मैले देख्दा उनीहरु प्रायः दुइ काम गर्छन– बोल्ने र सुन्ने । त्यसमै पारङ्गत छन, आवश्यकता भन्दा बढी नै । हुन त प्राय मान्छेले गर्ने त्यहि नै हो । तर पनि ममा एउटा भ्रम के रहेछ भने यहाँका सबै मान्छे एकेडेमिक पढाइ गरेकै हुन्छन, युनिभर्सीटी गएकै हुन्छन् । त्यसैले पढ्ने लेख्ने कुरामा पनि पारङ्गत नै हुन्छन होला । यहाँ निर म फेल खाएछु ।

 

पढ्ने र लेख्ने काम गर्नु उनीहरुलाइ दिक्क लाग्छ । त्यसैले त्यससँग सम्बन्धि अफिसको सबै काम मलाई दिन्छन् ।

 

मेरो एकेडेमिक लेखाइ उनीहरुलाई मनपर्छ । तर, म बोल्न भने उनीहरुलाई भेट्न सक्दिन । आजकल भने अलि बानी पर्दै गएको छ । कहिले काँही डर पनि लाग्छ । यहाँ बस्दा बस्दै कतै यिनीहरु जस्तै बढी पारङ्गत पो भइने हो कि !

 

(अस्ट्रेलियामा बस्दैं आएका ज्ञवाली लेखक तथा ब्लगर हुन् ।)

 


थप समाचार

‘नागिन ४’ को लागि नागिन नै भेटिएन

  • 5 minutes ago
‘नागिन ४’ को लागि नागिन नै भेटिएन

एजेन्सी । कलर्स टिभीबाट प्रशारण हुने एकता कपुरको धमाकेदार शो ‘नागिन ४’ तत्काल सुरु हुनमा केही समय लाग्न सक्ने भएको छ । यस शो ढीलो प्रशारण हुनुको कारण बाहिर आएको छ ।

सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

  • 6 minutes ago
सेभियाविरुद्ध शानदार खेल खेलेको मड्रिडको जित

एजेन्सी । रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलको लागि करिम बेन्जेमाले गोल गर्दै सेभियाविरुद्ध जित निकालेको हो । बेन्जेमाले खेलको ६४ औँ मिनेटमा गोल गरेका थिए

गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

  • 17 minutes ago
गुरुङ संस्कृतिको अध्ययन गर्न अमेरिकी टोली घान्द्रुकमा

चिप्लेढुङ्गा । गुरुङ जातिको संस्कृति अध्ययनका लागि संयुक्त गुरुङ समाज अमेरिकाको टोली घान्द्रुक आइपुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतिका बारेमा खोज, अध्ययन र अनुसन्धानका ल



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी