IIMS College

ISMT

HUB Education

हात खुट्टा नभएपनि विश्व जितेका एक अष्ट्रेलियन नागरिक

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । निक बुजिकिक सन् १९८२, ४ डिसेम्बरमा अष्ट्रेलियामा जन्मिएका हुन् । उनको जन्मदेखि नै हात खुट्टा थिएनन् ।

 

करोडौमा एकजनामामात्र यस्तो समस्या देखिने गर्छ । जब उनका पितामाताले उनलाई देखे तब उनीहरु हताश भएका थिए । चार महिनासम्म निककी आमालाई उनलाई काखमामात्र राखेकी थिइन् । निककी आमा नर्स थिइन् । गर्भवती हुदाँ उनको पुर्ण ख्याल राखेकी थिइन् । निक शारिकी रुपमा कमजोर हुनु आफुलाई दोष दिने गरेकी निककी आमा उनलाई लिएर निकै गम्भिर हुने गर्थिन् । पिता माता नै हरपल सोची रहन्थे कि आफुहरुमा त्यस्तो के कमी रहेको थियो जसका कारण निक यस्तो जन्म भयो ।

 

जिन्दगीका सुरुवाती दिनहरुमा निकले धेरै समस्याहरुको सामना गर्नुपर्यो । दैनिक काम बाहेक पढ्न लेख्न समेत उनलाई निकै गाह्रो हुन्थ्यो । खेलकुदको कुरा त परै जाओस् ।

 

हातस भएका निकले आत्महत्या गर्ने सोच समेत बनाएका थिए । १० वर्षको उमेरमा उनले बाथटवमा डुबेर आत्महत्या गर्ने प्रयास गरे । तर, उनको भाग्यले उनलाई मर्न दिएन । निकलाई लाग्थ्यो कि उनको यस जीवनको कुनै काम छैन । तर, आमाले लेखेको एक पत्रले आफ्नो पुरै सोच नै परिवर्तन गरिदियो । उनको आमाको एउटा लेख पत्रिकामा छापिएको थियो । ‘एक अशक्त मानिसले आफ्नो अशक्ततामाथि जितेको कथा’ ।

 

निक त्यसबखत १३ वर्षका मात्र थिए । उनले थाहा पाए अशक्ततासँग लड्न तथा संघर्ष गर्ने उनीमात्र एक व्यक्ति थिएनन् । उनलाई लाग्न थाल्यो कि भगवान्ले उनलाई अरुहरुलाई साहस र आश दिने व्यक्ति बन्न पठाएका हुन् । उनलाई लाग्यो उनले जीवन जिउने एउटा उज्यालो बाटो पाए । यसलाई उनले आफ्नो लक्ष्य समेत बनाए । त्यसपछि उनले आफुसँग जे छ त्यसैमा सन्तुष्ट हुने र भगवानलाई धन्यवाद दिने काम गरे ।

 

परिवारका कारण उनी फाइटर बन्न सके । पिता कम्प्युटर प्रोगामर र एकाउण्टेन्ट थिए । १८ महिनाको उमेरमा निकलाई उनले पानीमा छोडिदिन्थे । निक पानीमा पौडन सकोस् र जिन्दगी सानैबाट सिकोस् उनी चाहान्थे । निकले पंजाको मदतले दाइप गर्न सिके । निक त्यतिबेला करिब ६ वर्षका हुदाँ हुन् । आमाले प्लास्टिक र एक स्पेशल डिवाइस् बनाइन् जसको मदतका कारण निकले पेन र पेन्सिल समात्न सिके । विभिन्न समस्या भएपनि स्पेशल स्कुल पढाउन निकका परिवार तयार भएनन् । नर्मल बच्चाको झै निकले पढ्न भने मुश्किल काम थियो । किनभने स्कुलमा बच्चाहरु बुलिङ गर्थे । तर, यो निर्णय पछि गएर सही साबित भयो । निकले अरु बच्चाको झै काम गर्न सुरु गरे । उनले फुटबल र गल्फ खेल्न समेत सिके ।

 

विस्तारै विस्तारै उनले पौडी खेल्न र सर्फिग गर्न पनि सिके । पंजाको मदतले उनी आफ्नो शरिरलाई सन्तुलन राख्ने काम गर्थे । पंजाले किक हान्न समेत मदत गथ्यो ।

 

१७ वर्षको उमेरमा उनले प्रेयर ग्रप्समा गएर लेक्चर दिने सूरु गरे । २१ वर्षको उमेरमा उनले एकाउन्टिङ र फाइनान्समा ग्रयाजुएसन गरे । यसपछि उनले मोटिभेसनल स्पिकरको रुपमा काम गर्न थाले ।

 

निकले ‘एटिट्युड इज एटिट्युड’ नामको कम्पनी बनाए । उनले ‘लाइफ विथआउट लिब्स’ नामको एन्जिओ पनि खोले । सन् २००७ देखी उनी अमेरिकामा बस्न थाले । उनलाई केनिया मियाहरा जस्ती एक असल जीवनसाथी भेटिइन् । निकलाई लागेको थियो कि शारिरीक कमजोरी भएकै कारण कुनै युवती पनि आफ्नो जीवनमा आउने छैनन् ।

 

निक र केनियाको पहिलो भेटमा नै माया बस्यो । निकको जोक गर्ने बानीमा केनियालाई खुबै मनपर्यो ।

 

निक एक सकारात्मक सोचलाई प्रोत्साहन दिने व्यक्ति हुन् । आज पनि विश्वका धेरै राष्ट्रहरुमा उनी मोटिभेसन दिने काम गर्छन् । ४४ वटाभन्दा बढी राष्ट्रहरुको उनले यात्रा गरिसकेका छन् । जिन्दगी जिउने बारेमा उनले सकारात्मक सोचको विकास गर्न प्रेरित गर्ने काम गर्छन् ।

 


थप समाचार

कुन खाने कुरा खाँदा मोटाइन्छ !

  • 5 minutes ago
कुन खाने कुरा खाँदा मोटाइन्छ !

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो ।

कुनै बेला मोउरिन्होले भनेका थिएः ‘सम्भवत म कहिल्यै टोटनहमको प्रशिक्षक बन्दिन’

  • 11 minutes ago
कुनै बेला मोउरिन्होले भनेका थिएः ‘सम्भवत म कहिल्यै टोटनहमको प्रशिक्षक बन्दिन’

एजेन्सी । इंग्लिस क्लब टोटनहमका नवनियुक्त प्रशिक्षक जोसे मोउरिन्होले कुनै बेला आफू कहिल्यै टोटनहमको प्रशिक्षक नबन्ने बताएका थिए । मंगलबार मौरित्सियो पोचेटिन्होलाई क्लबले बर्खास्त गरेपछि उनी टोटनहमको प

भारतमा एकजना अष्ट्रेलियन कुटिए

  • 26 minutes ago
भारतमा एकजना अष्ट्रेलियन कुटिए

एजेनसी । भारतमा एक अस्ट्रेलियनलाई निर्मम रुपमा कुटपिट गरिएको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

कुन खाने कुरा खाँदा मोटाइन्छ !

कुन खाने कुरा खाँदा मोटाइन्छ !

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो ।

विचित्र विश्व

दयावान र धनी मुसा !

दयावान र धनी मुसा !

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ ।