समृद्ध अष्ट्रेलियाको नसेलाएका चित्कारहरु

हे गोरा मानिसहरु हो, हेर हामी काला जातिको उपस्थिति यो देशमा कति पुरानो छ । यी ओढारका ३० हजार वर्ष पुराना आर्टले बकिरहेको छ । अष्ट्रेलियाको सुदुर उत्तरी भेग क्याथरिन गर्ज नजिकैको प्राचिन ओढार त्यहाँका आदिवासीहरुद्धारा लेखिएको र अंग्रेजीमा समेत अनुवादित ओढारमूनिको सानो सूचनाले मलाई मात्र होइन अष्ट्रेलियाको इतिहास ‘क्याप्टेन कुक’ को समयदेखि गणना गर्ने जो कोहीको लागि यथार्थतर्फ डो¥याउने सन्देश बन्ने गर्छ । 

 

क्यागरिन गर्ज मात्र होईन निटामिलुक डगलस, आनमल्याण्ड, उबिर जस्ता वर्तमान अष्ट्रेलियाका लागि अति विकट र दुर्गम तर आदिवासी (एवोरिजिनल) का लागि अति सुगम क्षेत्रका अति अनकन्टार र भीमकाय ओढारहरु त्यहाँ देखिएका आर्टहरु पर्यटकका लागि भीडलाग्दो गन्तव्य त बनेको छ नै, तर आसपासका आदिवासी वस्ती भने त्यसप्रति किञ्चित खुसी छैन । हामीलाई सेता मानिसहरुले निस्फ्री मदिरा पिलाउँछन् अनि नसामा चढाएर हाम्रा संस्कृतिका गोप्य जानकारीहरु सबै उढाउँछन् । निटमिलुक राष्ट्रिय निकुञ्ज भित्रको बिलाबुङ्ग नजिक बस्ने गुनंबुका नामका एवोरिजिनलको यो भनाईमा पुस्तौंदेखि पलाएको सेतो र कालो मानिसबीचको विश्वासको संकट अझैं ननिभेको देखिन्छ । 

 

यहि अविश्वासले नै अनुमति बिना प्रवेश निषेध गरिएका आदिवासीहरुको बस्ती काकाढु लिचफिल्ड । चाल्र्स डार्बिन, आनमल्याण्ड राष्ट्रिय निकुञ्जभित्र सयौंको संख्यामा भेटिन्छन् । अनुसन्धान भन्दै आफ्ना पुर्खाका चिहानबाट अस्तिपञ्जर समेत खोतलेर लगिन थालेपछि अहिले डार्बिन क्षेत्रका आदिवासी वस्तिहरुले सेता जो कोही अष्ट्रेलियनबाट गोप्य राखेका छन् । चिहान र त्यस सम्बन्धी सांस्कृतिक पक्षको जानकारी । पूर्वप्रधानमन्त्री केविन रडले संसदबाट एवोरिजिनलहरु प्रति मागिएको माफीले उनीहरुलाई केही राहत त भएको छ नै तर आनम ल्याण्डका मेडिसिन म्यान बेनजुईकको भनाईमा उनीहरुले ५० हजार वार्षदेखि बचाएको मानव समुदायकै लामो संस्कृति विगत ४ सय वर्षमा तहसनहस बनेको छ । 

 

अहिलेको मुख्य चुनौती तबचेखुचेको आफ्नो पन र परम्परा जोगाउनु नै हो भन्ने आदिवासीहरु आफ्नो भाषा हराएको, अन्तर संस्कृति विवाह र सन्तान उतपादनले वंश उग्लिएकोमा बढी चिन्तित छन् । उत्तरी अष्ट्रेलियामा ‘आनाङगु’ प्रजातिका एवोरिजिनलहरुको बाहुल्यता छ । विशेषतः आनाङगुहरु भन्छन्, ‘हामी यो भूमिका पुजारी हौं, हजारौं सालदेखि हामी यो माटोको सिमाना काटेर अन्यत्र सक्दैनौं किनकी पुर्खाको आत्माको अवज्ञा हुन्छ । तर हाम्रो वस्तीमा सेताहरुको कारखाना खोले, खानी बनाए, हाम्रो संस्कृतिको अपमान भयो, हामी ईलाका छाड्न बाध्य छौं । समाजका बुढापाकाको स्मृतिमा, अझ आफ्ना निहथ्था पुर्खाहरुलाई झुण्ड्याएको, गोली हानेको भिरबाट लडाएर मारेको तितो तर गुम्स्याएर राखेको पिडाको आक्रोश छ ।’ 

 

अष्ट्रेलिया भन्नासाथ समृद्ध शहर र गगन चुम्बी भवन सम्झने बानी परेकाहरुका लागि यहाँका केही मानिस अझै जंगलमा शिकार गरेर जिविका गर्छन् भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । तर काकाढु राष्ट्रिय निकुञ्ज भित्रको उविर फाँटमा भाला बोकेर शिकार गर्ने आनाप्पु योल्गुँ, मुकी, प्रजातिका आदिवासीहरुले यो सत्यलाई उजागर गर्छन् । हुन त केन्द्र सरकारले उनीहरुलाई  घर बनाइईदिएको छ । तर परम्परामा रमाउने उनीहरु शिकार नगरिएको खाना राम्रो मान्दैनन् । त्यसैले उनीहरुकै माग बमोजिम ‘उविर’ क्षेत्रमा उनीहरुलाई परम्परागतरुपमा कङ्गारु, वालावी, अर्ना, वा अन्य जन्तु शिकारमा छुट छ, तर केवल निकुञ्जको सिमित क्षेत्रमा । 

 

आफ्नो ईलाकामा अनुमति लिएर आउने सबैलाई आगो बालेर ‘कन्ट्री वेलकम’ गर्ने आदिवासीहरु शहरबजारदेखि जति टाढा बस्न सक्यो, त्यति नै आफ्नो संस्कृतिमा अतिक्रमण नहुने बताउँछन् । लेख्य भाषाको कमी रहेपनि श्रुतिमा बजबुत उनीहरु भन्छन्, ‘सन् १९८८ मा क्याप्टेन कुक हामी बसेको अष्ट्रेलिया भेटेका हुन् । नयाँ अष्ट्रेलिया पत्ता लगाएका होइनन् । हाम्रो ५० हजार वर्ष पुरानो इतिहास छोप्दै १७८८ देखि मात्र जब अष्ट्रेलियाको इतिहास गणना हुन्छ । तब सेता मानिसहरुले के न्याय गरेका हुन् त भनेर दिल दुख्ने गर्छ ।’

 

यसैले त जनवरी २६ मा मनाईने ‘अष्ट्रेलिययन डे’ उनीहरुकै लागि भने फिक्का दिन रहेको भन्न उनीहरु हिचकिचाउँदैनन् । आदिवासीहरुको चर्को दबाबले नै अहिले निटमिलुक निकुञ्जमा बोर्ड मेम्बर ६० प्रतिशत आदिवासीबाट मात्र चुनिने प्रावधान छ । यसो त उनीहरु प्रविधि र विकासमा पृष्ठपोषक होईनन् । एफ लेन अष्ट्रेलियाका आदिवासी हुन् तर अहिले उनी पाईलट छन् । क्याथरिन जर्जको १३ वटा आश्चर्यका खाडीहरुका अहिले उनी हेलिकप्टर चालन गर्छन् । आदिवासीहरुको कुल देवता ‘मिमि स्पिरिट’ अझै सो खाडीमा छ भन्ने विश्वासले उनीहरु त्यो क्षेत्रमा पवित्रता कायम राख्न चाहन्छन् र खाडीको एक दहमा एबोरिजिनल बाहेक अन्य प्रवोश गर्न नपाउने उनीहरुको नियम छ । 

 

सन् १९९० मा प्रोफेसर क्याटेले गरेको अनुसन्धानले आदिवासीहरु संस्कृति मात्र होईन पाश्चात्यहरुको संसर्गबाट बदलिएको जीवन शैलीका कारण उनीहरु रोगसँग लड्ने आन्तरिक शक्ति हराउँदो छ । मृत्युदर बढ्दो छ । वास्तविक अष्ट्रेलिया नियाल्न चाहनेहरुले सिड्नी, पर्थ, मेलवर्न, व्रिसवेन जस्ता शहर होईन, शहरभन्दा एक हजार किलोमिटर टाढाका वस्ती नियाल्न उनीहरु अनुरोध गर्छन् ।

 

तीनसय भाषाभाषी रहेको आदिवासीहरुमध्ये अहिले उनीहरुको २० भाषा गुम्ने अति संकटमा परेको तथ्यांक देखिन्छ । सन् २००६ जुनको जनगाणना अनुसार अष्ट्रेलियामा कुल पाँच लाख १७ हजार दुई सय आदिवासी रहेका छन् । जुन कुल अष्ट्रेलियन जनसंख्याको २.५ प्रतिशत हुन आउँछ । गोरा र आदिवासीको मिश्रितबाट जन्मिएकाहरु उनीहरुको भाषामा ‘स्टोलन जेनेरेशन’ ले संस्कृति र भाषाको सम्वद्र्धन नगरेको र आदिवासीहरुको वंश पनि खिइँदै गएकाले यो सरोकारमा साथ दिन उनीहरु उनीहरुका वस्तीमा पुग्ने सबैलाई अनुनय गर्दछन् ।

 

सरकारले उनीहरुको संरक्षणका लागि थुप्रै शैक्षिक निकाय खुलाए पनि सांस्कृतिक पक्ष, भाषागत सम्वद्र्धन, परम्पराको बचावटमा भने कमी रहेको तिक्तता छ । उनीहरुमा डिजेरुडो बजाउँदै जनावरहरुको अनुकरणीय नृत्य प्रस्तुत गर्ने उनीहरुको जीवनशैली अहिले मासिँदो छ । जनगणाना गर्दा आदिवासीहरुलाई छुट्ट्याईएको, उनीहरुलाई मानिसको रुपमा समेत नलिएको तथा आफ्नो हजारौंको इतिहास हुदाँहुदै बेलायतले ‘नोम्यान ल्याण्ड’ भनेर मानवविहिन टापुको रुपमा आफ्नो मातृभूमिलाई घोषणा गरेर हडपेको ईतिहासले आदिवासीका सबै सचेत पुस्तालाई अझैं पोल्न छाडेको छैन । अष्ट्रेलियाको समृद्ध विकासलाई भने उनीहरु प्रसंसा गर्छन् । तर सेता मानिसका देशको कालो इतिहास भन्न दुर्गमका आदिवासीहरुले छाडेका छैनन् । 

 

विश्व समुदायमा नै मानवअधिकारको उच्च कदर राष्ट्र भनेर पदचिन्ह छोड्न सफल अष्ट्रेलियाले एकफेर फेरि आफ्नै दुर्गम वस्तीहरुमा मुन्टो फर्कउने बेला भएको छ । बहुसांस्कृतिक, बहुराष्ट्रिय र बहुभाषिकको आभूषण ओढेको भू–मण्डल भरकै सुन्दर देश अष्ट्रेलियालाई सुगन्धित पार्न अब आदिवासी हातहरुको सहयोग जरुरी छ । विकासले समृद्ध छ अझ प्रर्खर समृद्धताका लागि आदिवासीहरुले साँचेर राखेको इतिहासको तिक्ततालाई निखार्न सके आदिवासीहरुको आँखामा पनि वास्तविक समाजवादी, प्रजातान्त्रिक र न्यायिक राष्ट्रको रुपमा यो अष्ट्रेलिया जीवन्त रिहरहने छ । 

 


थप समाचार

यतिको च्यारिटी कार्यक्रमका लागि विहिबार लण्डन आइपुग्दै पूर्वप्रधानमन्त्री नेपाल

  • 8 hours ago
यतिको च्यारिटी कार्यक्रमका लागि विहिबार लण्डन आइपुग्दै पूर्वप्रधानमन्त्री नेपाल

लण्डन । नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विहिबार लण्डन आउंदैछन् । यति नेपाली एशोसिएसनले शनिबार लण्डनमा आयोजना गर्ने च्यारिटी कार्यक्रममा प्रमुख अतिथ

हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

  • 9 hours ago
हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । संस्थालाई निरन्तर रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्दै आएका समाजसेवीहरुलाई आउंदो २ वर्षको

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

  • 13 hours ago
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।