Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालमधेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

मधेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय


जनकपुरधाम। नेकपा माओवादी केन्द्र मधेस सरकारबाट बाहिरिने भएको छ। मधेस प्रदेस सरकार विस्तार हुन लागेकै बेला माओवादी केन्द्रले भने सरकारबाट बाहिरिने निर्णय गरेको हो।

माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको दलका नेता भरत प्रसाद साहले जानकारी दिए। मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा माओवादी सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताइएको छ।

आज मुख्यमन्त्री सरोज कुमार यादवले अचानक सरकार विस्तार गर्न लागेपछि माओवादी केन्द्र असन्तुष्टि जनाउँदै सरकार छाड्ने निर्णय गरेको हो।

मधेसमा माओवादीकी सुनिता यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र रहबर अन्सारी राज्यमन्त्री छन्। माओवादीले थप एक मन्त्रालय मागेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा र पोखराबाट दोहा उडान गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कतार सरकारलाई भैरहवा नी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । बुधबार

एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गर्‍यो सन् २०२३ को विश्वको मानवअधिकारको अवस्था

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै

पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया अघि नबढाउन उच्च अदालतको अन्तरिम…

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ती सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश

स्वदेश फर्किए कतारी राजा

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन् । मंगलबार

कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै अमिर थानीले…

काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको

सर्वोच्चद्वारा गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल

Techie IT