IIMS College

ISMT

HUB Education

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् । 

 

दुई छोराछोरी र आफूले नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गरेपछि ‘एलोपेथिक’ औषधि प्रयोग गर्नै छाडेको उनले बताए । छोरालाई आङको रोगले सताएपछि आयुर्वेदिक औषधि नियमित सेवनले रोग निको भएपछि यसमै विश्वास गर्न थालेको पङ्गेनीले बताए । “ आधुनिक अस्पताल, मेडिकलको औषधि कति गरेँ तर निको नै भएन, पैसा पनि धेरै खर्च भयो, कहाँ लैजाने होला भन्ने भयो, एक पटक आयुर्वेदिक औषधि गरौँ भनेर शुरु गरेको ठीक भयो”, पङ्गेनीले भने । 

 

शान्ति भण्डारीले अन्य औषधिको सट्टा अहिले नियमित आयुर्वेदिक औषधि नै सेवन गर्छन् । “घरायसी आयुर्वेदिक औषधि सेवन गर्न थालेपछि स्वास्थ्य पनि ठिक हुँदै गएको छ, मेडिकल धाउन छाडे”, उनले भने । सोही ठाउँ बस्ने ६८ वर्षीय वृद्ध रीतुनाथ गौतमले घरायसी जडीबुटीको प्रयोगबाट आयुर्वेदिक औषधि बनाउन थालेपछि औषधि खरीद गर्न सहज भएको छ । उनको घरमा यतिबेला आयुर्वेदिक औषधि किन्ने ग्राहकको घुइँचो छ । 

 

एक सय ८० प्रकारका जडीबुटी सङ्कलन गरी गौतमले आयुर्वेदिक औषधि बनाउँछन् । पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला, सिलाजितलगायतका घरायसी जडीबुटीबाट उनले आयुर्वेदिक औषधि बताउँछन् । 

 

गौतमको घरमा दैनिक २० भन्दा बढी ग्राहकले नियमित औषधि सेवन गरिरहेका छन् । आयुर्वेदिक औषधि बिक्रीबाट वर्षमा रु एक लाख ५० हजारभन्दा बढी कमाइ हुने उनले बताए । तराई, हिमाली र पहाडी क्षेत्रबाट सङ्कलित जडीबुटीबाट औषधि बनाउने गरिएको छ । 

 

गानोगोला, ग्यास्ष्ट्रिक, महीनावारी अनियमितता, बच्चा नपाउने समस्याका बिरामीले आयुर्वेदिक औषधि खोजीखोजी लैजाने गर्छन् । गौतमले आफैँले ओखलमा कुटेर औषधि बनाउँछन् । “औषधि बनाउन थालेको १८ वर्षभन्दा बढी भयो, ग्राहक आइरहेका छन्, व्यावसायिक रूपमा नै औषधि उत्पादन गरिरहेको छु” उनले भने । घरको आँगनमा दिनभर बसेर औषधि बनाउने र बिक्री गर्दा समय गएको पत्तो हुँदैन । 

 

“अहिले त गाउँघरमा मात्र नभई, विदेशतिरबाट पनि माग आउन थालेको छ, आयुर्वेदिक औषधिले शरीरलाई ठिक गर्ने हुँदा पनि सबैले चासो दिँदै खरीद गरेर लैजाने गरेका छन्, औषधि बनाउन भ्याइनभ्याइ छ”, उनले भने । भारत, दुवई, साउदी अरब, कतारलगायतका विभिन्न स्थानमा खरीद गरेर नेपालीले औषधि लालैजाने गरेका गौतमले सुनाए। निरोगी व्यक्तिले पनि आयुर्वेद औषधि नियमित सेवन गर्ने गरेको पाइन्छ । 


थप समाचार

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 32 minutes ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

प्रियंका चोपडाद्वारा १ लाख डलर सहयोगको घोषणा

  • 42 minutes ago
प्रियंका चोपडाद्वारा १ लाख डलर सहयोगको घोषणा

एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले कोरोना भाइरसविरुद्ध लड्नको लागि एक लाख डलर सहयोग गर्ने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै कोराना भाइरस संक्रमणविरुद्ध लड्नका निम्ति

कोरोनाले देश ठप्पः इँटाभट्टामा महिलाका काम धमाधम

  • 57 minutes ago
कोरोनाले देश ठप्पः  इँटाभट्टामा महिलाका काम धमाधम

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका इँटाभट्टाका महिल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।