बान की मुन र बिल गेटस् एउटै संस्थामा

द हेग । संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान की मुन र चर्चित अरबपति बिल गेट्सले एउटा अन्तर्राष्ट्रिय संस्थामासँगै काम गर्ने भएको छ । 

 

आउँदो महिना घोषणा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय एउटा आयोगमा उनीहरूले सँगै काम गर्न लागेको नेदरल्याण्डको सरकारले सोमबार जनाएको छ । 

 

सो आयोगलाई ग्लोबल सेन्टर अन एडप्टेसनले मुख्य सहयोग गर्ने भएको छ भने विश्व बैंकका प्रमुख कार्यकारी अधिकृतले विषेश चासो दिने भएको छ । 

 

यसले तिव्रगतिमा बिग्रँदै गइरहेको विश्वको जलवायुसम्बन्धी समस्या समाधान गर्न सरकारी तथा गैरसरकारी निकायहरूलाई सहयोग र समन्वय गरिदिने बताइएको छ । 

 

बान, माइक्रोसफ्टका संस्थापक गेट्स र विश्व बैंकका प्रमुख कार्यकारी अधिकृत उपस्थित भएर आउँदो अक्टोबर १६ तारिखका दिन नेदरल्याण्डमा औपचारिक रूपमा सो आयोगको घोषणा गर्ने तयारी भएको हो । 

 


थप समाचार

यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

  • 1 minute ago
यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुन्छः मन्त्री पुन

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्

निराश आर्यनको कमेडी चाल

  • 13 minutes ago
निराश आर्यनको कमेडी चाल

काठमाडौँ । कुनै समय थियो, नायक आर्यन सिग्देलले खोके मात्रै पनि फिल्म हिट हुन्थ्यो । फिल्म निर्माताहरु उनलाई लिन तँछाडमछाड गर्ने तर अहिले समय उनको साथमा छैन । न निर्माण गरेको फिल्म चल्यो न पछ्याउने नि

बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

  • 40 minutes ago
बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

काठमाडौँ । बिरालो मारेको कसुरमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ। गर्भवती बिरालो मारेको कसुरमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरू



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।