सरकारकाे नीति तथा कार्यक्रम सकारात्मक : डा. बाबुराम भट्टरार्इ

फाइल फाेटाे

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयाेजक डा. बाबुराम भट्टरार्इले सरकारले संसदमा प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम सकारात्मक रहेकाे बताएका छन् ।

 

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५-७६ का लागि सरकारले गत साेमबार प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममाथि भएकाे छलफलमा आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले गरिबी र बेरोजगारीको दुश्चक्रबाट हटाउने, बेरोजगारीको अन्त्य, आगामी पाँच वर्षमा प्रतिव्यक्ति आयात दोब्बर बनाउने, पाँच वर्षमा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्नेजस्ता विषय सकारात्मक रहेको बताएका हुन् ।

 

पूर्वाधार निर्माणको विषय सरकारको नीति तथा कार्यक्रमले समेटेको भन्दै नयाँ शक्ति नेपालका संयोजक समेत रहेका डा. भट्टराईले उक्त कार्यक्रम कसरी पूरा गर्ने भन्ने विषयमा प्रष्टताको जरुरी रहेको उल्लेख गरे । 

 

उनले लक्ष्य प्राप्त गर्ने सैद्धान्तिक आधार पनि प्रष्ट हुनुपर्ने, साधन तथा स्रोत कसरी जुटाउने हो भन्नेबारेमा थप प्रष्टताको जरुरी रहेको उल्लेख गरे ।

 

सपना ठूला देखाएर पूरा भएन भने त्यसले जनतामा निराशा उत्पन्न हुने भन्दै उनले कृषि, पर्यटन, ऊर्जा, शहरी विकासजस्ता विषयलाई प्रमुख प्राथमिकतामा राखेर समयसीमा तय गरेर जान सरकारलाई सुझाव दिए । 

 

उनले राष्ट्रिय हित अनुकूल हुने गरी वैदेशिक लगानी भित्र्याउनुपर्ने, शिक्षामा सहज लगानी, लगानीमैत्री वातावरण बनाउनुपर्ने, कर्मचारीतन्त्रमा सुधार गर्नुपर्ने, कार्यक्षमताका आधारमा काम गराउने वातावरण बनाउनुपर्ने बताए । 

 

संघीयताका विषयमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही अस्पष्टता रहेको भन्दै त्यसलाई सुधार गर्न माग गरे । 

 

डा. भट्टरार्इले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत रहेको भन्दै जनप्रनिधिमूलक संस्थाको नेतृत्वको आफ्नो मर्यादा हुने समेत बताए । 

 

 


थप समाचार

प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

  • 2 minutes ago
प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ ।

अमेरिकी गोलीकाण्ड, चार जनाको मृत्यु

  • 12 minutes ago
अमेरिकी गोलीकाण्ड, चार जनाको मृत्यु

एबरडीन । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । गोली चलाउने महिलाले पनि आत्महत्या गरेक

छब्बीस वर्षदेखि सडकको सपना, अझै खच्चडकै भर!

  • 20 minutes ago
छब्बीस वर्षदेखि सडकको सपना, अझै खच्चडकै भर!

तेह्रथुम । पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको छब्बीस वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा खच्चडकै भर पर्नु परेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

होस् गर्नुहोस् तपाईको यस्तो बानीले नपुसंक बनाउँछ

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।