वामदेवकाे लागि चुनाव लाेकतन्त्रकाे भ्रष्टीकरण : डा. भट्टरार्इ

फाइल फाेटाे
Education Park

काठमाडौं । सत्तारुढ दल नेकपाका नेता वामदेव गौतमको लागि काठमाडौँ क्षेत्र नं. ७ मा पुनः निर्वाचन गरिनु लोकतन्त्रको भ्रष्टीकरण भएको भन्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले त्यसलाई चरम राजनीतिक अनिष्टको संकेत भएको बताएका छन् ।

 

बर्दियाबाट पराजित भएका नेता गौतमलाई नेकपाले क्षेत्र नं. ७ मा उम्मेदवार बनाउने तयारी गरेपछि डा. भट्टराईले ट्वीटरमार्फत् आफ्नो धारणा राख्दै यस्तो टिप्पणी गरेका हुन् ।

 

पूर्वप्रधामन्त्रीसमेत रहेका डा. भट्टराईले दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गर्न अपिल गर्दै ट्वीटरमा लेखेका छन्, ‘काठमाडौं ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्‍याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पुर्‍याऔं ।’

 

काठमाडौं क्षेत्रनम्बर ७ बाट निर्वाचित सांसद् रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर सो क्षेत्रमा हुने उपनिर्वाचनमा वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी नेकपाले गरेको छ ।

 


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 8 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 9 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 10 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।