आखिर धेरै बच्चाहरु किन रातमा धेरै रुन्छन् !

एजेन्सी । विज्ञहरुका अनुसार बच्चाहरु जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभुति गरिरहेका हुन्छन् र नयाँ नयाँ अनुभव बटुलीरहेका हुन्छन् ।

 

कहिलेकाहीँ यस्ता अनुभवहरुको बीचमा उनीहरुले निकै असहज महसुस गर्दछन् ।

 

धेरैजसो साना बच्चाहरु दिनमा मज्जाले सुत्दछन् तर रातमा भने रोइ बस्दछन् । बच्चाको यस्तो बानीले आमाहरु भने निकै हैरान हुन्छन् र रातभर जाग्राम बस्न बाध्य हुन्छन् ।

 

आखिर धेरै बच्चाहरु किन रातमा धेरै रुन्छन् त रु यसमा विशेष कारण छन् ।

 

जसका कारण कतिपय नवजात शिशुहरुमा हाछ्यूँ आउने पनि हुन्छ र कहिलेकाहीँ निद्रामै एक्कासी ब्युझिन्छन् पनि अनि रुन थाल्दछन् ।

 

कहिलेकाहीँ बच्चा रोएका कारण शारीरिक समस्या पनि हुनसक्छ । कहिलेकाहीँ बच्चाको आसपासको तापक्रम निकै गर्मी वा चिसो हुँदा पनि बच्चाको निद्रामा खलल उत्पन्न हुने र निद्राबाट ब्युझिँएर बच्चा रुन थाल्दछ ।

 

कहिलेकाहीँ बच्चाले असुरक्षित तथा एक्लो अनभुति गर्दछ । जसमा आफ्नो नजिक आमालाई नपाउँदा अचानक निद्रामै रुन थाल्दछ ।

 

कहिलेकाहीँ बच्चा सुतेको ठाउँ आरामदायी नहुन सक्दछ जसका कारण उसलाई राम्रो निद्रा पर्दैन र रुन थाल्दछ ।

 

बच्चाहरु सानैदेखि सपना देख्दछन् । कहिलेकाहीँ डराउने खालका सपना देख्न पुग्छन् । जसका कारण उनीहरु अचानक डराएर ब्युँझिन्छन् र रुन थाल्दछन् ।

 

कहिलेकाहीँ बच्चाले निद्रामै पनि ओछ्यानमै पिसाब फेर्दछ र ओछ्यान चिसो पार्दछ । चिसो भएपछि पनि बच्चा रुन थाल्दछ ।


थप समाचार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

  • 4 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ । थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको हो ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 17 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

  • 21 minutes ago
सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपाल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।