बेबी आई लभ यूः पहिलो हाफ हाँसो, दोस्रो हाफ आँशु

चलचित्रः ‘बेबी आई लभ यू’

निर्देशकः जनक पाण्डे

निर्माताः शिव न्यौपाने

सह–निर्माताः सिर्जना परियाररदुर्गा पाण्डे

रेटिङः ***

कलाकारः सरोज खनाल, सन्तोष खड्गी, पुजा तिवारी, निर्मल शर्मा ‘गैंडा’, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमल गिरी, कृष्ण शर्मा ।

 

प्रेम कथा मन पराउने दर्शकको लागि चलचित्र ‘बेबी आई लभ यू’ मन पर्न सक्छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले व्यवसाय राम्रो गर्छ÷गर्दैन त्यो आगामी दिनले देखाउनेछ । तर, सुरुवाती व्यवसाय भने चलचित्रले राम्रो गर्न सफल भएको छ । 

 

भिन्न प्रेमकथामा बनेको चलचित्र भएकाले पनि यसले व्यवसायीक रफ्तार पक्रन सफल भएको निर्माण युनिटको दावी छ । चलचित्रले युवा पुस्तालाई हलसम्म तान्न सफल देखिएको छ ।

 

प्रेम कथालाई भिन्न प्रस्तुतीका साथ देखाइएकाले पनि दर्शक तान्न सफल भएको निर्देशक जनक पाण्डेले बताए । ‘तँ, तँ र म म’ बाट सुरु भएको चलचित्रमा दर्शकलाई पहिलो हाफमा हाँसोले तान्ने र दोस्रो हाफमा आँशु झार्न बाध्य पार्ने प्रेमकथा बुनिएको छ । 

 

विभिन्न सामाजिक विसंगतीलाई समेत उजागार गर्ने प्रयास गरेको चलचित्रले मल्टिपेक्स र सिंगल थियटरमा राम्रो दर्शक पाइरहेको व्यवसायीक शुभसंकेत हुनसक्छ । 

 

सन्तोष खड्गी समर र पुजा तिवारी सायराको प्रेमको पेरिफेरीमा घुमेको छ चलचित्र । एक गाडीमा भएको भेटसँगै उनीहरुको प्रेम सुरु हुन्छ । सानैमा आमा गुमाएका बाबुको लालनपालनमा हुर्केका समरले काम गर्ने अफिसमा सायरा पुग्छिन् । त्यही उनीहरुको दोस्रो भेट हुन्छ । 

 

त्यसपछि भने चलचित्रको कथाले गति लिन्छ । सायरा कुन उद्देश्यले समरको अफिस पुगेकी हुन्छिन् ? उनीहरुबीच प्रेम बस्छ÷बस्दैन ? त्यो थाहा पाउन चलचित्र पूरै हेर्न पर्ने हुन्छ । 

उनीहरुको प्रेमलाई परिवारले स्वीकार नगर्दा प्रेमी प्रेमिकाले गर्ने संघर्ष । प्रेमका लागि प्रेमिकाले आफ्नो जीवनसँग गर्ने सम्झौतालगायत अनेकौं प्लटमार्फत चलचित्रसँग दर्शक जोड्ने काम गरिएको छ । 

 

पहिलो हाफसम्म समर र सायराको प्रेम हुन्छ कि हुँदैन् ? भन्ने खालको कौतुहलता जगाउने कथाले दर्शकलाई रोमान्टिक तुल्याउँछ भने दोस्रो हाफमा उनीहरुको जीवनमा आइपर्ने अनेकौं समस्याले दर्शकको आँखा रसाउन केही क्षण लाग्दैन । सायद पटकथा लेखकको यो नै सफलता होला ।  

 

सायरा र समरले सुरुदेखि अन्त्यसम्म बोकेको कथामा कथा अनुसार पात्रको आवतजावत भइरहन्छ । अनेक पात्र राख्ने र ती पात्रका अभिनय लब्म्याउने झन्झण्टबाट मुक्त छ चलचित्र । 

 

सही ठाउँमा पात्रलाई भित्र्याउने र आवश्यकतापछि नलम्ब्याउने झन्झट गरेका निर्देशकको केही गल्तीमा मौन रहने हो भने काम तारिफयोग्य नै छ । उत्कृष्ट छायांकनसहित प्रस्तुत गरिएको चलचित्रको गीत संगीतले प्रेमकथालाई झनै सिगार्ने काम गरेको छ । 

 

समरको भूमिकामा देखिएका सन्तोषको अभिनय राम्रो छ । उनी डेब्यु अभिनेता भएको कहिँ कतै अनुमान लगाउने ठाउँ छाडेका छैनन । पूजाले भने अझ केही मेहनत गर्ने पर्ने देखिन्छ ।

 

सरोज खनाल, निर्मल शर्मालगायतका कलाकारको अभिनय चलचित्र अनुसार सुहाउँदो छ । ती कलाकारले चलचित्रमा गहनाको काम गरेका छन् । समग्रमा भन्नुपर्दा द्वन्द्व, कमेडी र सामाजिक कथासमेत मिश्रित चलचित्र रमाइलो छ ।

 

एक हदको रमाइलो छ फिल्ममा । यही रमाइलोका लागि निर्माता शिव न्यौपानेले लगानी गरेका छन् । समिक्षकलाई छाडेर मनोरञ्नजका लागि चलचित्र हेर्ने हो भने दर्शकको लागि पैसा असुल्छ ।


थप समाचार

हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

  • 4 minutes ago
हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले महाअभियोगको सामना गर्न आफु तयार रहेको बताएका छन् । सत्तारुढ दल नेकपाले महाअभियोग प्रस्ताव पेश गर्ने भन्दै आफ्ना स

खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

  • 20 minutes ago
खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

काठमाडौं । संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत दीपकराज जोशी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सत्तारुढ दल नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ । नयाँ प्रधानन्यायाधीश न

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

  • 30 minutes ago
फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

काठमाडौँ । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको