बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ? सोचेजति सहज छैन

सिकागो, संयुक्तराज्य अमेरिका । शनिबारको बिहान । १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट” खेल्न थालिसकेका छन् । 

 

“लौ रु मैले जित्नै लागेको थिएँ, म त मरें,” उनी गस नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी साथी गसको घर हेनरीको भन्दा दुई–चार घर टाढा मात्र छ । “साथी, मैले हार्नु हुँदैनथ्यो ।” 

 

उनीहरुबीचको यो डिजिटल ब्याटल ९प्रतिस्पर्धा० पुनः शुरु हुन्छ, र हेनरीको उत्साहमा कमी आएकै छैन । के बाबुआमाले नरोक्ने हो भने ऊ दिनभर खेलिरहन्छ रु “सम्भवत,” उनी स्वीकार्छन् । 

 

तर उनीहरुले भनेजति खेल्न पाउँदैनन् । अरु धेरै बाबुआमा झैं, हेलीहरुले हेनरी र उसका १५ वर्षे दाजु एभरेटको डिजिटल खेल सीमित गर्ने धेरै प्रयास गरेका छन् । कतिपय अभिभावकका लागि यो व्यर्थको अभ्यास हुँदैछ । उनीहरु ज्यादै व्यस्त हुन्छन्, र जताततै भेटिने डिजिटल सामाग्रीसँग कति जुध्नु रु 

 

हेनरीलाई स्क्रीनबाट छुटाउन दिनहुँ सङ्घर्ष नै गर्नु पर्दछ, उनका बुबाआमाले भने । “उसलाई स्क्रीनबाट छुटाएर अरु केही काम लगाउनासाथ एकछिन त उसले रुखो व्यवहार देखाउँछ, फत्फताउँछ,” उनकी आमा बार्ब हेली भन्छिन् । “ऊ रिसाउँछ, निराश हुन्छ । आमा कति खराब हुनुहुन्छ भन्छ । यो किन, केका लागि गरेको भन्छ ।” 

 

विज्ञहरुको भनाइमा यसको लक्ष्य नै बच्चाहरुले ठूलो भएपछि आफ्नै ढङ्गले केही सोचुन्, गरुन् तथा शारीरिक रुपमा सक्रिय र समाज के हो भनेर थाहा पाउन् भन्ने हुनु पर्दछ । अफलाइन हुँदा उनीहरु बढी समाजमा घुलमिल गर्न थाल्ने उनीहरुको भनाइ छ । तर धेरै अमेरिकी घरपरिवारमा अभिभावकहरुले बालबच्चासँग धेरै नै सङ्घर्ष गर्नु परिरहेको छ । 

 

कमन सेन्स मिडियाले हालै १३ देखि १७ वर्षका बच्चाहरुमा गरेको सर्भेक्षणमा यो उमेरका ९५ प्रतिशत बालबालिकासँग मोबाइल रहेको पाइएको छ । तीमध्ये ७० प्रतिशतले दिनमा धेरै पटक सामाजिक सञ्जालमा केही छ कि भनेर हेर्ने गर्दछन् । सन् २०१२ मा ३४ प्रतिशतले मात्र सामाजिक सञ्जाल प्रयोग गर्दथे । आधाभन्दा बढीले मोबाइलले उनीहरुलाई स्कुलका गृहकार्य गर्ने समयमा अल्मल्याउने गरेको बताए । 

 

केही प्रविधि क्षेत्रका कम्पनीहरुले बल्ल डिजिटल मिडियाको अति प्रयोग र दुरुपयोगका बारेमा सरोकार राख्न थालेका छन् । एप्पल कम्पनीले आफ्नो पछिल्लो आइफोन सफ्टवेयरमा “स्क्रीन टाइम” सुविधा थपेको छ । यसले एप्सको प्रयोगको अनुगमन गर्दछ र प्रयोगकर्तालाई वा उनीहरुका अभिभावकलाई एप्स प्रयोगको सीमा तोक्न मद्दत गर्दछ । गूगल फर फेमिलिज र गूगल प्ले तथा अरु धेरै एप्सले पनि अभिभावकलाई त्यस्ता एप्स बारे अनुगमन गर्न तथा कुनै किसिमको नियन्त्रण गर्ने सुविधा प्रयोग गर्नेगरी सेवा दिएका छन् । 

 

तर यी सुविधाहरु मोबाइलमा आफैँ सेट हुँदैनन् । 

 

सिकागोस्थित हेलीको घरमा यस्तै समस्या आयो । वाइफाईमा ठूलो छोरा एभरेटले कति समय बिताउँछ भन्ने नियालेका उनका बाबु एलेन हेली त्यो देखेर छक्कै परे । छोराले दिनमा चार घण्टाभन्दा बढी समय खेलकूदका भिडियोहरु, अरु मनोरञ्जनात्मक खेलहरु र सामाजिक सञ्जालमा साथीहरुसँग गफिएर बिताएका थिए । 

 

“मलाई लाग्दैन उसलाई अनलाइनमा कति समय बिताएँ भन्ने जानकारी छ,” एलेन भन्छन् । त्यसपछि एलेनले कुनै निश्चित घण्टा वाइफाई बन्द गर्ने निर्णय गरे । कुनै चेतावनी नदिई उनले एकरात वाइफाई बन्द गरिदिए । 

 

एक मिनेट, सामाजिक सञ्जालमा एभरेटले कुनै साथीसँग कुरा गर्दै थियो । “त्यसपछि ऊ बाहिरियो ।” यो अन्याय भो भन्दै ऊ बाहिर गयो । बाबुले एभरेटको कुरा सुनिरहे । उनले एभरेटलाई किताब पढ्न वा बाहिर बास्केटबल खेल्न जाऊ भने । 

 

“मैले केही गल्ती त गरेको छैन नि,” एभरेटले पटकपटक भनिरह्यो । 

 

यी प्रवृत्तिका बारेमा अध्ययन गरेका अनुसन्धाताहरु यसलाई “कुलत” भन्न चाहिँ रुचाउँदैनन् । मानसिक स्वास्थ्यका क्षेत्रमा यसको आधिकारिक र प्रामाणिक प्रभाव–अध्ययन भइसकेको छैन । तर, विश्व स्वास्थ्य संगठनले आफ्नो सूचीमा यस्तो प्रवृत्तिलाई “गेमिङ हलचल वा गडबडी” भनेको छ । डिजिटल खेलले सम्बन्धहरु, स्कुल र काममा गम्भीर रुपमै व्यवधान ल्याउँछ । अमेरिकी स्वास्थ्य निकायहरुबाट यसका बारेमा अझै पनि अध्ययन नै भइरहेको छ । 

 

कहिलेकाहिँ, विज्ञहरुको भनाइमा डिजिटल तन्मयताले विद्यमान परिस्थितिलाई अझ सङ्कटमा पार्दछ, जस्तै उदासी, चिन्ता बढाउँछ । त्यसैले, न्यूपोर्ट एकेडेमीमा उपचारका लागि आएका किशोर किशोरीको साथमा डिजिटल उपकरण छ छैन जाँच गर्नु जरुरी भइसकेको छ । 

 

“एउटा लक्षणमा प्रायः सधैंजसो स्मार्टफोनको अत्यधिक प्रयोग नै देखिन्छ,” न्यूपोर्ट एकेडेमीका प्रशासक तथा क्लिनिकल सामाजिक कार्यकर्ता हिथर सिनियर मोन्रो भन्छिन् । “यो नै सबैभन्दा ठूलो समस्याको रुपमा पाइएको छ ।” 

 

एलेनले आफ्नो ठूलो छोराले दिनमा कम्तीमा ३० मिनेट पढोस् भन्ने जबर्जस्ती गरिरहे । वाइफाईमा समय तोकिएसँगै एभरेट घर बाहिर निस्कियो र दुई वटा पुस्तक किनेर ल्यायो । आजभोलि दुवै बच्चा केही समय मोबाइलमा हुन्छन्, र त्यसपछि फुटबल खेल्न थाल्छन् । एभरेटले साक्सोफोन पनि बजाउँछ । हेनरीले बिगुल बजाउनुका साथै ड्रम पनि सिक्न थालेका छन् । 


थप समाचार

गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न, लाइटिङ र मार्किङको काम सुरु गरिने

  • 9 minutes ago
गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न,  लाइटिङ र मार्किङको काम सुरु गरिने

भैरहवा । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अध

तत्कालीन प्रधानन्यायाधीशकै फैसलाका कारण सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा !

  • 12 minutes ago
तत्कालीन प्रधानन्यायाधीशकै फैसलाका कारण सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा !

काठमाडौं । सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुने गरी फैसला गरेको खुलेको छ ।

तत्कालीन राजा वीरेन्द्र र परिवारका नाममा खर्बौं सम्पत्ति

  • 15 minutes ago
तत्कालीन राजा वीरेन्द्र र परिवारका नाममा खर्बौं सम्पत्ति

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

विचित्र विश्व

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

एजेन्सी । नेपालमा कैदीबन्दीलाई बस्ने गतिलो आवास नभएको समाचार बेलाबेलामा सुन्ने गरेका छौँ । एउटै जेलमा तोकिएभन्दा बढी अपराधिहरु राखिएको पनि खबर आउने गर्छ ।