IIMS College

ISMT

HUB Education

घरमा बच्चा छन् भने यस्ता कुरामा ध्यान दिनुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सानो बच्चा भएको घरमा अभिभावकहरूको जिम्मेवारी पनि बढी नै हुन्छ । बच्चाहरू स्वाभावैले चकचके हुनाले उनीहरूको विशेष हेरचाह गर्नुपर्ने हुन्छ । जब सानो बच्चा बामे सर्न सुरु गर्छ त्यसपछिबाट बच्चाको गतिविधिलाई ध्यान दिनुपर्छ ।

 

सानो बच्चाको जुनसुकै सामान पनि मुखमा हाल्ने बानी हुन्छ । यस्तो बानी बच्चाहरूका लागि खतरनाक पनि हुन सक्छ । तर, कतिपय अवस्थामा अभिभावकको सानो गल्ती पनि बच्चाका लागि भने घातक हुन सक्छ । त्यसैले साना बच्चा भएको घरमा अभिभावकहरूले यस्ता विषयमा ख्याल राख्नुपर्छ ?

 

बाथरुमको ढोका सधैँ बन्द राख्नुपर्छ । सानो बच्चालाई एक्लै बाथरुम जान दिनु हुँदैन । त्यसका साथै बाथरुममा कहिले पनि बाल्टी या टबमा पानी भरेर राख्नु हुँदैन ।

 

सानो बच्चाले हरेक सामान मुखमा राख्ने तथा सोही कारण विभिन्न समस्या निम्तिने हुन सक्छ ।

 

त्यसैले सिक्का, गुच्चाजस्ता साना–साना सामग्री जहाँ पायो त्यहीँ राख्नु हुँदैन ।

 

साना बच्चालाई खाने तथा पिउने वस्तुबारे जानकारी हुँदैन । सोही कारण पेट्रोल, मट्टितेलजस्ता इन्धनहरू बच्चाको पहुँचभन्दा टाढा राख्नुपर्छ ।

 

धेरै बच्चाहरू घरको छत या बार्दलीबाट लडेर घाइते भइरहेका हुन्छन् । यस्तो दुर्घटनाबाट बच्न सुरक्षाका उपाय अपनाउनुपर्छ ।

 

कतिपय अवस्थामा बच्चाहरू तातो पानी, दूध या चियाले पोलेर पनि घाइते भइरहेका हुन्छन् । त्यसैले यस्ता कुरामा पनि ख्याल राख्नुपर्छ ।

 

बच्चालाई घरपालुवा या अन्य जनावरदेखि पनि टाढा नै राख्नुपर्छ । त्यस्तै, बिजुलीका तारहरू पनि नाङ्गो अवस्थामा या प्लकमा जोडेर राख्नु हुँदैन ।

 

कोठामा टिभी सानो स्ट्यान्डमा राख्नु हुँदैन । यस्तो भएमा कुनै पनि समय खस्ने सम्भावना हुन्छ । टेलिभिजनलाई बच्चाको पहुँचभन्दा टाढा राख्नुपर्छ । जसले गर्दा बच्चाले टेलिभिजन हल्लाउन नसकोस् ।


थप समाचार

४५ औँ दीक्षान्त : १० हजारको आवेदन

  • 14 minutes ago
४५ औँ दीक्षान्त : १० हजारको आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन फाराम आह्वान गरेपछि दीक्षित हुने विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । त्रिविले गत वर्षदेखि अनलाइन फारामको व्यवस्था गरेद

उपनिर्वाचन २०७६ः राजपा–समाजवादीको संयुक्त उम्मेदवार घोषणा

  • 15 minutes ago
उपनिर्वाचन २०७६ः राजपा–समाजवादीको संयुक्त उम्मेदवार घोषणा

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् ।

विद्यार्थी पढाउँदै नगर प्रमुख

  • 26 minutes ago
विद्यार्थी पढाउँदै नगर प्रमुख

जाजरकोट । भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुटेका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफै विद्यार्थी पढाउँदै आएका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।