थाहा पाउनुहोस् तपाईका यस्ताखाले नराम्रा बानीहरु कसरी हटाउने ?

Education Park

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ । 

 

धेरै मानिसहरुमा खराब बानीहरुको लत हुन्छ जसका नकरात्मक असर स्वास्थमा पर्छ । यसको लागि सबैभन्दा पहिले तपाईले यो कुरा थाहा पाउन पर्छ कि तपाई कुन चाहिँ यस्तो खराब बानीहरु अपनाउनु हुन्छ त्यसले तपाईको स्वास्थ बिग्रिरहेको छ । जब तपाईलाई लाग्छ कि तपाईको यो बानीले तपाईको स्वास्थमा नोक्सान पुर्याइरहेको छ भने तपाईले त्यसलाई छोड्नुपर्ने हुन्छ । आउनुहोस् जानौं कस्ता नराम्रा बानीहरु कसरी छोड्न सकिन्छ त

 

१. स्न्याक्स खाने बानी

धेरैपटक हामी भोक नलागे पनि केही न केही त खाइरहेका हुन्छौं जुन स्वास्थको लागि राम्रो हुँदैन । सधैं केही न केही खाने बानीले हाम्रो प्राकृतिक भोक सकिन्छ र लगातार खानाले तौल बढ्ने समस्या पनि हुन्छ । जसले डायबिटिज, मुटुरोग र अन्य गम्भिर बिमारी पैदा गर्न सक्छ । यदी तपाई स्न्याक्समा जंक फुड खानुहुन्छ भने यो तपाईको स्वास्थको लागि अझै बढी खतरनाक हुन्छ ।

 

कसरी छोड्ने त ?

यदी तपाई साच्चै यो बानी छोड्न चाहनुहुन्छ भने आफै यसको लागि तयार रहन पर्छ । यदी तपाई यो बानी छोड्न गाह्रो भइरहेको छ भने स्वस्थ स्न्याक्समात्रै खाने गर्नुहोस् जसले शरिरमा आवश्यक पोषण दिन्छ । 

 

२. धेरै टिभी हेर्ने बानी

यदी तपाई टिभी धेरै हेर्नुहुन्छ भने तपाईको शारीरिक गतिविधि कम हुन्छ र यसले तौल बढ्छ । तौल बढ्नाले धेरै खाले रोगहरु लाग्न सक्छ जसमा डायबिटिज मुख्य हो । एक अध्ययन अनुसार जो मानिसले दिनमा दुई घन्टा भन्दा धेरै टिभी हेर्छन र स्न्याक्सको रुपमा चिनियुक्त पेय पदार्थ पिउछन् जंक फुड खान्छन् उनीहरुलाई गम्भिर रोगको खतरा बढ्छ ।

 

कसरी छोड्ने त?

यदी तपाईले टिभी धेरै हेर्ने बानी छोड्न सक्नुभएको छैन भने तपाई आफुलाई व्यस्त राख्न मनपर्ने अरु कुनै काम गर्न सक्नुहुन्छ या कुनै पुरानो साथि सँग भेट्न सक्नुहुनेछ । यसले तपाइको मुड पनि राम्रो हुन्छ र बढ्दै गरेको तौल पनि कम हुन्छ ।

 

३. धेरै खाना खाने

तपाई बढ्दै गरेको तौलको सिकार हुनुभएको छ भने ध्यान दिनुहोस कि तपाई कही धेरै खाना त खाइरहनु भएको छैन ? धेरैजसो मानिसहरुले चाहेर पनि आफ्नो यो नराम्रो बानी छोड्न सकिरहेको हुँदैनन । यो समस्याले धेरै स्वास्थ समस्या हरु पैदा गर्न सक्छन् ।

 

कसरी छोड्ने त ?

यदी तपाई आफ्नो मनपर्ने खानेकुरा देखेर आफैलाई कन्ट्रोल गर्न सकिरहनुभएको छैन भने त्यसलाई दैनिक नखाएर हप्ताको एक वा दुईचोटी मात्रै खानुहोस् । धेरै मात्रामा पानी पिउनुहोस् यसले तपाईलाई भोक कम लाग्नेछ । एकैचोटी धेरै खाना नखानुहोस । तपाई जति धेरै खाना खानुहुन्छ उत्ति ओभरइटिङ गरिरहनुभएको हुन्छ ।

 

४. धुम्रपानको लत

धेरैजसो मानिसहरुले धुम्रपानले स्वास्थमा पार्ने प्रभावको बारेमा थाहा भए पनि यो बानी छोड्न सक्दैनन् । केही मानिस त झनै विहान उठ्नासाथ धुम्रपान सुरु गर्छन् । यसको बाहेक धेरैबेर सम्म ननिदाउँनको लागि पनि मानिस धुम्रपानको मद्धत लिन्छन् । 

 

कसरी छोड्ने त?

धुम्रपान छोड्नको लागि मानिसमा दृढ इच्छाशक्ति हुन जरुरी छ । सुरुवाती दिनमा च्रोट पिउने मानिसभन्दा टाढा नै बस्नुहोस । सथै तलतल लागेमा मात्रै ५ मिनेटसम्म संयमित हुनुहोस त्यसपछि इच्छा आफैँ कम हुन्छ ।

 

५. मदिरा पिउने बानी 

सधैं अल्कोहल पिउनु मानिसको लागि विष बराबर हुन्छ । जो महिलाहरु सधैं अल्कोहल सेवन गर्छन उनीहरुको लिभर ड्यामेज र ब्रेस्ट क्यान्सर हुने खतरा बढ्छ । त्यस्तै पुरुषहरुको लागि पनि यो कम खतरनाक छैन् यसले हृदयरोग, उच्च रक्तचाप जस्ता समस्याहरु पैदा हुन्छन् ।

 

कसरी छोड्ने त ?

अल्कोहलको बानी छोड्न चाहनुहुन्छ भने विस्तारै विस्तारै पिउने मात्रा घटाउनुहोस । तपाईलाई अल्कोहलको सेवन छोड्नै सक्दिन जस्तो लाग्छभने काउन्सिलिङको मद्धत लिन सक्नुहुनेछ । मदिराको लतबाट सिकार भएका मानिसको राहत मिल्नेएक औषधि पनि पाइन्छ । यो औषधिको प्रयोगले अल्कोहलले शरिरमा हुने वाला बिमारीलाई ठिक गर्न सक्छ ।

स्वास्थको लागि हानिकारक अन्य बानीहरु पनि हुन्छ । तपाईले त्यसलाई पहिचान गरेर त्यसलाई तुरुन्त छोड्ने प्रयास गनुहोस ।यसले तपाई स्वस्थ मात्रै होइन गम्भिर रोगबाट पनि बच्न सक्नुहुनेछ ।

 


थप समाचार

भानु नगरपालिकाका मेयर गौली भन्छन्ः राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउन बिर्खे टोपी लगाउन शुरु

  • 11 minutes ago
भानु नगरपालिकाका मेयर गौली भन्छन्ः राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउन बिर्खे टोपी लगाउन शुरु

तनहुँ । तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

  • 18 minutes ago
यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्छन् । इमान्दारिताका साथ आफ्नो कार्यकाल छोड्छन् ।