बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

  • मंगलबार, १ साउन, २०७५
  • 8 months ago
  • युके

काठमाडौं । बेलायती सेनामा सेवारत तथा भूतपूर्व गोर्खाहरुको विभिन्न समस्याका विषयमा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा 'बादल'ले बेलायती  राजदूतसंग छलफल गरेका छन् । 

 

नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसंग मंगलबार भएको भेटवार्तामा मन्त्री बादलले गोर्खाका समस्याहरुबारे चासो व्यक्त गरेका हुन् । 

 

त्यसक्रममा राजदूत मोरिसले बेलायत सरकार पनि यसमा संवेदनशिल रहेको भन्दै यो समस्याको समाधान निस्किने आशा व्यक्त गरेका थिए । 

 

गृह मन्त्रालयमा बेलायती राजदूत  मोरिससंग भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा समेत छलफल भएको थियो । 

 

भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । 

 

राजदूत मोरिसले नेपाल–बेलायत सम्बन्धको चर्चा गर्दै नेपालले तीव्रतर रुपमा विकास गरोस् भन्ने आफूहरुको चाहना रहेको बताए । उनले नेपालमा बेलायती लगानी भित्र्याउन आफूले सक्दो पहल गर्ने समेत बताएका थिए । 

 

राजदूत मोरिसले विपत व्यवस्थापन, सुरक्षा निकायको तालीम र उपकरण लगायतका क्षेत्रमा गृह मन्त्रालयसंग समन्वय गरेर काम गर्न आफूहरु तयार रहेको बताए । 

 

भेटमा पछिल्लो समय गृहमन्त्रालयले शुरु गरेको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाको नियमनका विषयमा समेत छलफल भएको थियो । 

 


थप समाचार

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

  • 21 minutes ago
यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

''सरकार कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?”

  • 33 minutes ago
''सरकार कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?”

साँखु, काठमाडौ । चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो । यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक केन्द्रित वस्ती यस्तै ठाउँमा विस्तार हुने गर्छ र यहाँ

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

  • 44 minutes ago
राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन् । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बनेका हुन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

विचित्र विश्व

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।