Techie IT
२०८१ वैशाख ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदानः क्रेमलिन

पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदानः क्रेमलिन


एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ ।

पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गरेका छन् र हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच किमसँग भेट गरेका छन् ।

“पुटिनले ‘किमलाई हाम्रो उत्पादनमध्ये उच्च गुणस्तरको राइफल दिनुभयो,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने । बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहाररूवप प्राप्त गरेका छन् ।

पेस्कोभले भने, “पुटिनले किमलाई ‘अन्तरिक्षमा धेरै पटक भ्रमण गरेको अन्तरिक्ष सूटको पञ्जा’ पनि दिनुभएको छ । यसलाई उत्तर कोरियाको अन्तरिक्ष यात्राको सफलताको शुभेच्छाका रूपमा अथ्र्याइएको छ ।” पेस्कोभले भने, पुटिनले ‘कृतज्ञतापूर्वक’ उत्तर कोरिया भ्रमणको निमन्त्रणालाई स्वीकार गर्नुभयो ।

उनले किमको रूस भ्रमण अझै केही दिन लम्बिने बताए । उत्तर कोरियाली नेता मङ्गलबार रूस पुगेका थिए ।

युक्रेनमा रूसको पूर्ण आक्रमणका कारण रूसपश्चिम र उसका केही परम्परागत साझेदारबाट अलग्गिएको अवस्थामा दुई नेताबीचको मैत्रीपूर्ण सम्बन्ध बनेको हो ।

अमेरिकी अधिकारी र विज्ञहरूले युक्रेनमा प्रयोग हुने गरी उत्तर कोरियाली गोलाबारुद खरिद गर्न रूस इच्छुक रहेको बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु

काठमाडौँ । भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको

मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट

एजेन्सी । मेक्सिकोको दूतावासमा आक्रमण गरेपछि इक्वेडरविरुद्ध ल्याटिन अमेरिकी देश एकजुट भएका छन् । हिजो इक्वेडरको सुरक्षा बलले राजधानी क्विटोमा

Techie IT