कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि बहस

चितवन । प्रगतिशील लेखक संघ चितवनले आयोजना गरेको कार्यक्रममा सामाजिक एवम् राजनीतिक परिवर्तनका लागि साहित्यमार्फत कलम चलाउँदै आएका कवि मुक्तान थेवाको कवितासंग्रह ‘अखण्ड आलाप’माथि शनिबार भरतपुरमा बहस गरिएको छ ।

 

 उक्त कार्यक्रममा साहित्यकारहरुले कवि र कवितामाथि  बोलेका थिए । समिक्षकका अनुसार कविताबाटै समाज परिवर्तन गर्ने सोचका साथ लागिरहेका कवि थेवाले ‘अखण्ड आलाप’मा समेत समाज परिवर्तन गर्ने प्रयास गरेका छन् । 

 

कविताले नै आन्दोलनको रुप लिएको कवि एवम् समालोचक पुरूषोत्तम आचार्यले बताए ।

 

कवि केवल विनोवीको नजरमा भने नेपालका जातिगत भाषाभाषीलाई समेत नेपाली साहित्यमा बिम्बका रुपमा समावेश गर्ने कवि हुन्, मुक्तान थेवा । ‘गुरूङ, तामाङलगायतका आदिवासी जनजाति समुदायको मातृभाषालाई कवितामा बिम्बका रुपमा प्रयोग गरिएको छ’, उनले भने, ‘त्यसैले, यो फरक प्रयोगले नेपाली साहित्यको भाषालाई अझ फराकिलो बनाएको मैले महसुस गरेको छु ।’

 

 

नेपाली कविता लेखनमा फरक प्रयोग गर्न सफल भएको समालोचक प्राडा केशव चालिसेले  बताए । ‘कविताकै माध्यमबाट राजनीतिक परिवर्तन सम्भव छ भनेर लागिरहनुभएको छ’, उनले भने, ‘नेपाली साहित्यमा यो फरक प्रयोग हो ।’ तर, यो प्रयोगलाई सबैले नरूचाउन पनि सक्ने उनको भनाइ छ ।

 

सत्तामा बस्ने नेतृत्वलाई कविताको माध्यमबाट खबरदारी गर्ने प्रयास गरिरहेको समालोचक उदय अधिकारी भने  । ‘उहाँले लेखनको माध्यमबाटै नेतृत्व तहलाई खबरदारी गर्दै आउनुभएको छ’, उनले भने, ‘र अर्को कुरा, माक्र्सवादी चिन्तन उहाँको कविताको अर्को एउटा सशक्त पाटो हो ।’

 

 

कवि थेवाले भने साहित्य सिर्जनाको माध्यमबाट राजनीतिक परिवर्तनको बाटोमा लागेको बताए । ‘समाजमा जारी विकृति र विसंगतिविरूद्ध आवाज उठाउने प्रयास गरेको छु’, उनले भने, ‘त्यसमा पनि कतिपय मुद्दाहरु आफ्नै समाजभित्रका पनि हुन सक्छन् ।’ प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


थप समाचार

नेपालभरिमा सबैभन्दा बढी विदेशीको अवैध बसाइ पोखरामा रहेको खुलासा

  • 1 minute ago
नेपालभरिमा सबैभन्दा बढी विदेशीको अवैध बसाइ पोखरामा रहेको खुलासा

पोखरा । गैरकानूनी रुपमा नेपाल बस्ने विभिन्न देशका नागरिकलाई खोजी गरिने भएको छ ।

पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

  • 14 minutes ago
पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ ।

रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

  • 47 minutes ago
रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

पुरुषले विशेष ध्यान दिनुपर्ने कुराहरु

पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ ।

विचित्र विश्व

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।