ISMT

HUB Education

बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरियो

Education Park

 

Kathmandu Trade Show

 

खोटाङ । चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ । गाउँपालिकाको रु दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको रु दुई लाख ५३ हजार ५०० को सहयोगमा उपकरण खरीद गरेर जडान गरिएको हो ।

 

गाउँपालिकामा जडान गरिएको चट्याङप्रतिरोधी उपकरणले ८०० मिटर टाढा खसेको चट्याङलाई आफूतर्फ तानेर जमीनभित्र निस्क्रिय९डिसपोज० गर्ने गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । “चट्याङले यस क्षेत्रमा वर्षेनी मानिस तथा पशुचौपायामा ठूलो क्षति गर्दै आएको छ”, उनले भने, “आगामी दिनमा चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न चट्याङप्रतिरोधी उपकरण जडान गरिएको हो ।”

 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिका चट्याङको अति प्रभावित क्षेत्र भएकाले अन्य स्थानमा पनि क्रमशः थप उपकरण जडान गर्ने योजना रहेको जनाइएको छ । यसअघि चट्याङ  लागेर बाक्सिलाबजारमा सञ्चालन भएको नवौँ संस्करणको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिता हेरिरहेका एक दर्शकको घटनास्थलमै मृत्यु भएको थियो ।

 

भौगालिकरूपमा दुर्गम क्षेत्र मानिने पूर्वीपहाडी जिल्ला खोटाङ चट्याङको अतिप्रभावित जिल्लामा पर्दछ । चट्याङले जिल्लामा सञ्चालित दुई रेडियो (रुपाकोट सामुदायिक रेडियो र हलेसी सामुदायिक रेडियो)मा वर्षेनी लाखौँको क्षति पु¥याउने गरेको रेडियो सञ्चालकले बताउँदै आएका छन् ।

 

चट्याङकै कारण उपकरणमा ठूलो क्षति पुगेपछि अहिले रुपाकोट सामुदायिक रेडियो बन्द रहेको छ । ऋण काढेर जडान गरिएको उपकरणमा चट्याङले वर्षेनी क्षति पु¥याएपछि रेडियो सञ्चालक हैरानीमा पर्दै आएका छन् । चट्याङले निरन्तर क्षति पु¥याएपछि यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेका स्थानीयवासीले भने आफ्नै लगानीमा उपकरण खरीद गरेर प्रत्येक घरमा अर्थिङ गरेका छन् । आफू बस्ने घरमा कम्तीमा अर्थिङ मात्र गरेपनि चट्याङको जोखिम कम हुने जनाइएको छ ।


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 6 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 6 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 6 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।