ढुंगेलको कैद मिनाह नगर्न माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा द्वन्द्वकालीन मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाह नगर्न माग गर्दै अधिकारकर्मी तथा द्वन्द्वपीडितहरुले प्रर्दशन गरेका छन् ।

 

ढुंगेललाई सरकारले आम माफी दिए न्यायको खोजीमा अन्तर्राष्ट्रिय अदालत जान आफूहरु बाध्य हुने द्वन्द्वपीडित सावित्री श्रेष्ठले बताइन् ।

 

द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको प्रमाणको आधारमा ढुंगेल सर्वोच्च अदालतको आदेश अनुसार सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन ।

 

हत्या गरिएका उज्जनकी दिदी समेत रहेकी सावित्रीले सरकार सर्वोच्चको आदेश विपरित जान खोजेको भन्दै आक्रोश व्यक्त गरिन् ।

 

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८४० कैदीको बाँकी कैद मिनाह गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । कैद मिनाह पाउने यो सूचीमा ढंगेल पनि रहेको भन्दै द्वन्द्वपीडितहरुले विरोध गर्दै आएका छन् ।

 

 

 


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 21 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 30 minutes ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 46 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।