बालकृष्ण ढुंगेल रिहा भएपछि उज्जनकी पत्नीको यस्तो प्रतिक्रिया

ओली सरकारले ‘अपराधीलाई पुररस्कार दियो’: सावित्री

काठमाडौं । सशस्त्र द्धन्द्धका बेला २०५५ साल असार १० गते ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा दोषी ठहर भएका तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेललाई गत कात्तिक १४ गते जेल चलान गरिएको थियो ।  

 

कर्तव्य ज्यान मुद्दामा आजीवन जेलसजाय भोगिरहेका ढुंगेलले मंगलबार बिहानै डिल्लीबजार कारागारबाट आममाफी पाएर जेलमुक्त भएका छन् ।  

 

मंगलबार बिहान ८ बजेतिर ढुंगले जेलमुक्त हुँदा यता उज्जन श्रेष्ठको श्रीमती लक्ष्मी श्रेष्ठलाई भने केही थाहा थिएन । उज्जनकी दिदी साबित्री श्रेष्ठले भनेपछि मात्र लक्ष्मीले थाहा पाएकी थिइन् ।  

 

उज्जनकी श्रीमती लक्ष्मी भन्छिन्, ‘ढुंगेललाई जेलमुक्त गरेको समाचार दिदी साबित्रीले भनेपछि मात्र थाहा पाएको हुँ । १० बजेतिर दिदीले सरकारले ढुंगेललाई जेलमुक्त गरेछ भन्नुभयो ।’ 

 

‘न्याय नभएको देशमा सोझा मानिसहरुले कसरी न्याय पाउनु ?’ लक्ष्मीले भनिन्, ‘दोषी चाहे जो सुकै होस् सजाय पाउनुपर्छ भनेर लडियो तर, सरकार नै अपराधी बचाउन लागिपरेको छ । ढुंगेललाई जेलमुक्त गरेको खबरले साह्रै नरमाइलो लागेको छ ।’ 

 

यता लामो समयदेखि न्यायका लागि लड्दै आएकी उज्जनकी दिदी साबित्री सबैभन्दा बढी तनावमा छिन् । ढुंगेललाई माफी दिएको खबर सुन्ने बित्तिकै आफू झस्किएको उनले बताइन् । उनले भनिन्, ‘ओली सरकारले ‘अपराधीलाई पुररस्कार दिएछ ।’  

 

उज्जनकी दिदी साबित्री श्रेष्ठ ।

 

साबित्रीले अपराध गर्न उक्साउने राज्य नै हो भन्दै आक्रोश व्यक्त गरेकी छन् । उनले यो मुद्दालाई केही मानिसहरुले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न प्रयोग गरेको बताइन् । उनले भनिन्, ‘पहिला सधैं मेरो मुद्दामा साथ छु भन्ने प्रधानमन्त्री केपी ओली अहिले विभिन्न बहाना देखाएर पन्छिए ।’ 

 

ढुंगेललाई आममाफी दिने हल्ला करिब एक हप्ता अघिदेखि चलेको थियो । त्यो बीचमा उज्जनका परिवार र आफन्तहरुले ढुंगेललाई आममाफी दिन लागेको भन्दै सरकारविरुद्व विरोध प्रर्दशन गरे । माइतीघर मण्डला, बालुवाटार, रत्नपार्कलगायत अन्य क्षेत्रहरुमा विरोध प्रदर्शन गरेका थिए ।  

 

यसकारण दिइयो ढुंगेललाई आममफी ?

असल चालचलन भएका कैदीलाई गणतन्त्र दिवसको अवसर पारेर बाँकी कैद मिनाहा गर्ने व्यवस्था अनुसार कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय पाएका ढुंगेललाई सरकारले रिहा गरेको हो । 

 

संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिको सिफारिसमा ढुंगलेसहितका ८१६ कैदी रिहा हुने भएका हुन् । 

 

ढुंगेलको रिहाको विरोधमा सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा रोकिएको थियो । 

 

ढुंगेल रिहा भएलगत्तै पेरिसडाँडामा

डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै उनी सिधै विघटित माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पुगे । त्यहाँ ढुंगेलले आक्रामक रुपमा केही समय भाषण गरे । 

 

 पेरिसडाँडामा ढुंगेलले सत्यको जीत भएको बताएका छन् । दश वर्षे जनयुद्धका दौरान घटेका घटनाहरू तत्कालीन माओवादी पार्टीको निर्णयअन्तर्गत घटेको भन्दै ती व्यक्तिगत मुद्दाको विषय नभएको उनले बताए । 

 

 


थप समाचार

एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

  • 30 minutes ago
एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा बैठकमा भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह शनिबार साँझ लण्डन आइपु

भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

  • 4 hours ago
भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 9 hours ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।