सभामुख र उपसभामुखसम्बन्धी सवैधानिक व्यवस्था कार्यान्वयन गर्न नेता खाणको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन् ।  

 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिँदै उनले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन होस् भनी माग गर्र्दै भने, ‘ससदीय लोकतन्त्रमा नयाँ दल जन्मने र एकीकरण हुने स्वाभाविक प्रक्रिया हो, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भई नेकपा गठन भएकामा बधाई र शुभकामना छ ।’ 

 

नेकपाका सचेतक खगराज अधिकारीले सभामुख र उपसभामुखले निर्वाचनलगत्तै दल त्याग गरिसकेका अवस्थामा सभामुख र उपसभामुख एउटै दलबाट हुनुहुँदैन भन्ने ढंगले बारम्बार कुरा उठाइनु ठीक नभएको टिप्पणी गरे । 

 

नेकपाका योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैंची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न सुझाव दिए । 

 

उनले भने, ‘नेपालको वैदेशिक घाटा धेरै छ, त्यसलाई कम गर्न मुलुकको ४७ जिल्लामा एक लाखभन्दा बढी कृषकको संलग्नतामा अहिले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको अलैँची उत्पादन भइरहेको छ, चीनमा पनि नेपाली अलैंचीको बजार बनाउन सकियो भने व्यापार घटालाई सन्तुलन गर्न योगदान पुग्नेछ ।’ 

 

ताप्लेजुङलाई अलैँचीको सुपर जोन घोषणा गर्न माग गर्दै भट्टराईले नेपाली अलैँचीको सबैभन्दा ठूलो बजार भारत भए पनि विगतको तुलनामा भारतमा अलैँची निकासी कम भई किसानले लागत मूल्यसम्म पाउन नसकेको तर्फ ध्यानाकर्षण गराए । 

 

उनले भने, ‘बगंलादेशसँग कुराकानी गरेर अलैँचीको निकासीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछु । अहिले भुटान हूँदै बंगलादेश पुग्ने गरेको अलैँचीमा ठूलो भन्सार मूल्य लगाइएकाले सीधै बंगलादेशसँग कुराकानी गरेर त्यहाँ पठाउन सकिएमा नेपाली अलैँचीकोे ठूलो बजार बंगलादेश हुन सक्छ ।’


थप समाचार

ह्यारी केनको ह्याट्रिकसंगै पनामालाई ६-१ ले हरायो इंग्ल्याण्डले

  • 2 hours ago
ह्यारी केनको ह्याट्रिकसंगै  पनामालाई ६-१ ले हरायो  इंग्ल्याण्डले

इंग्ल्याण्डले पनामालाई ६ -१  ले हरायो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले महत्वपुर्ण ह्याट्रिकको योगदान गरे ।

प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

  • 4 hours ago
प्रधानमन्त्री अाेलीकाे चीन भ्रमणमा 'ब्रेकथ्रु' हुन सकेन : डा. रामशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा कुनै ब्रेकथ्रु हुन नसकेको बताएका छन् । रिपोर्टर्स क्लबमा आइतबार भएको साक्षा

भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

  • 4 hours ago
भारतीय पक्षले दशगजामा सडक निर्माण गरेपछि प्रदेशसभामा अालाेचना

बुटवल । प्रदेश नं. ५ को बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना भएको छ ।


Loading...

भिडियो

जीवनशैली/स्वास्थ्य

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

यी १० समस्या छन् भने भुलेर पनि नखानुहोस् लसुन

एजेन्सी । तरकारीको स्वाद बढाउनको लागि मात्रै होइन औषधिको रुपमा पनि लसुनलाई वर्षौ देखी प्रयोग गरिन्छ । आयुर्वेदिक चिकित्सकका अनुसार लसुनको प्रकृति गर्मी र सुख्खा हुन्छ ।

विचित्र विश्व

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

यी ३ कुरा भएका पुरुष अत्यन्तै अभागी हुन्छन् !

एजेन्सी । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख–समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन ।