ISMT

HUB Education

मस्तिष्कघातबाट पीडित भाषाविज्ञ पोखरेलको निधन

Education Park

 

Kathmandu Trade Show

 

विराटनगर । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आइतबार बिहान निधन भएको छ । 

 

विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको अाइतबार बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको हो । उनको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । 

 

बालकृष्ण पोखरेलका ११५ कृति प्रकाशित भएको युवा साहित्कार मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिए । खस जातिको इतिहास, १०० वर्ष र नेपाली वृहत् शव्दकोष आदि उनका चर्चित कृतिहरु रहेका छन् । 

 

बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा मकवानपुर चिसापानीगढीमा विसं १९९० भाद्र कृष्णाष्टमीका दिन स्व पोखरेलको जन्म भएको हो । रूपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास, पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल आदिजस्ता उपनामबाट पनि उनलाई नेपाली साहित्यका क्षेत्रमा चिन्ने गरिएको छ । 

 

स्व पोखरेल कलकत्ता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी विसं २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न थिए । विसं २०२७ देखि २०३६ सम्म महेन्द्र मोरङ र पछि स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गर्नु भएका पोखरेलले विसं २०४६ मा अवकाश लिएका थिए । 

 

उनी विसं २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य थिए थिए । पोखरेल विभिन्न भाषिक तथा साहित्यिक संस्थामा आबद्ध रहेका थिए । 

 

उनको पार्थिव शरीरमा स्थानीय साहित्यकार, कवि, पत्रकार, समाजसेवीले श्रद्धा अपर्ण गरिरहेका छन् । उनको एक छोरा र दुई छोरी रहेका छन् । उनको आजै स्थानीय परोपकार घाटमा दाहसंस्कार गरिने बताइएको छ । 


थप समाचार

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

  • 1 hour ago
रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले किन दिए राजीनामा ?

काठमाडौँ । शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेको भन्ददै रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएका छन् ।

बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

  • 5 hours ago
बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

एजेन्सी । केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक अमेमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

  • 5 hours ago
खोइ मुक्त हलिया वस्तीमा सेवा सुविधा ?

कञ्चनपुर । कञ्चनपुको पुनर्वास नगरपालिका– ९ मोतियापुरमा रहेको मुक्त हलिया वस्ती । वस्तीमा आधारभूत सेवा सुविधा नहुँदा मुक्त हलिया परिवार कष्टकर जीवन बिताउनु बाध्य छन् ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

विचित्र विश्व

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

स्वार्थी मानिस कसरी चिन्ने, यस्ता उपायहरु लगाउनुहोस्

एजेन्सी–कुनै पनि स्वार्थी मानिससँग जीवन काट्न एकदमै गाह्रो काम हो । जो मान्छे आफ्नो बारेमा मात्र सोच्छ र अरुको वास्था नै गर्दैन त्यस्ता मानिसहरुका कारण जीवनमा धेरै समस्याहरु आइपर्ने गर्छन् ।