शनिबार बालुवाटारमा अाेली वंशकाे भेला, साँस्कृतिक कार्यक्रम सहित प्रधानमन्त्रीलार्इ अभिनन्दन

  • शुक्रबार, २२ भदौ, २०७५
  • 2 weeks ago
  • नेपाल
फाइल फाेटाे

काठमाडौँ । ओली वंश अक्षय कोषले प्रधानमन्त्री केपी ओली सहित उनको परिवारलाई अभिनन्दन गर्ने भएको छ । 

 

कोषले शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सांस्कृतिक कार्यक्रम सहित प्रधानमन्त्री ओली, प्रम पत्नी राधिका शाक्य र प्रम ओलीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गर्न लागेको हो ।

 

अभिनन्दन कार्यक्रममा राष्ट्रियसभाका सांसद कोमल ओलीले गीतसमेत गाउने कार्यक्रम तय गरिएको छ । 

 

सांसद कोमल ओलीका साथै किशोर संगम र नारायण ओलीले पनि कार्यक्रममा गीत प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष केशवमणी ओलीले जानकारी दिए ।

 

कार्यक्रममा लय संग्रौला, ज्ञानु राणा लगायतका अन्य नव कलाकारहरु पनि सहभागी हुने आयोजकको भनाई छ ।

 

प्रधानमन्त्री ओलीको परिवारसहित राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, न्यायाधीस राम ओली, सांसद कोमल ओली र कमला ओलीलाई पनि अभिनन्दन गर्न लागिएको आयोजकले जनाएको छ ।

 

कोषले शुरुमा प्रधानमन्त्री ओली परिवारलाई अभिनन्दन गर्ने र प्रधानमन्त्रीले ओली वंशका महिला, अपाङ्ग, जेष्ठ नागरिकलाई सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम राखिएको छ । यस्तै अक्षयकोषबाट २२ जनालाई पुरस्कार दिने कार्यक्रम रहेको अध्यक्ष केशवमणी ओलीले जानकारी दिए ।


थप समाचार

राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

  • 5 hours ago
राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा दुर्गाबहादुर सुवेदी सो संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

एक पटकको नेपाली, सधैको नेपाली

  • 6 hours ago
एक पटकको नेपाली, सधैको नेपाली

नागरिक हक र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरिसकेको नेपालले आफ्नो नागरिकलाई पनि सोही मापदण्ड अनुरुप अरु देशले जसरी नै द्वेध नागरिकको रुपले व्यवहार गर्न समेत स्पष्टसंग

पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

  • 9 hours ago
पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

काठमाडौँ । पक्राउ परेकाे डेढ महिनापछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्व



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।