वामदेव गौतमलाई झट्काः बुढालाई कुनै पनि हालतमा राजीनामा नदिन दबाब

नेता वामदेव गौतम

काठमाडौं । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई कुनै पनि हालतमा सांसद पदबाट राजीनामा नदिन मतदाताले दबाब दिएका छन् । नेकपाले राज्यमन्त्री बुढालाई राजीनामा गराएर नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने तयारी गरेसँगै त्यहाँका मतदाताले दबाब दिएका हुन् । 

 

पार्टीको यही म्यान्डेट बोकेर गृहजिल्ला डोल्पा पुगेका राज्यमन्त्री बुढालाई राजीनामा नदिन मतदाताले चेतावनी नै दिएका छन् ।

 

राजीनामा दिने मनस्थितिसहित राज्यमन्त्री बुढा सोमबार डोल्पा पुगेका छन् । अघिल्लो वर्ष सम्पन्न निर्वाचनमा एमालेबाट भारी मतान्तरले उनी विजयी भएका थिए । तर केन्द्रमा पार्टीले राजीनामा दिन भनेपछि उनी मतदाताको राय बुझ्न र वामदेव गौतमप्रति जिल्लाको मनोभावना जान्न मतदाता बीच पुगेका हुन् ।

 

राजीनामापछि डोल्पाको विकासबारे पनि मतदाताले राज्यमन्त्री बुढासँग जिज्ञासा राखेका थिए । राजीनामाको हल्ला मात्र सुनेका डोल्पालीले राज्यमन्त्री बुढा आँगनमै पुगेपछि कसैको नाममा राजीनामा दिएर आफूहरूलाई धोका नदिन आग्रह गरेका थिए । साथै उनीहरूले राज्यमन्त्री बुढालाई राजीनामा दिएर अभिभावकविहीन नबनाउन सुझाव दिएका छन् ।

 

मतदाता र कार्यकर्ताले राजीनामा नदिन दबाब दिए पनि त्रिपुरासुन्दरी नगरपालिकामा भएको कार्यक्रममा राज्यमन्त्री बुढाले वामदेव र धनबहादुरलाई जिताउनुमा कुनै फरक नभएको बताए ।

 

‘मैले राजीनामा दिए पनि कुनै असर पुग्दैन, कमरेड वामदेवलाई अब यहाँहरूले भोट दिनुपर्ने हुन सक्छ । डोल्पाको लागि विकासको ९० प्रतिशत काम वामदेव गौतमबाटै हुन्छ, उहाँ पनि देशको उच्च नेता हो ।’ राज्यमन्त्री बुढाले मतदाताको आकांक्षा र पार्टीका कार्यकर्ताको भावनाअनुसार आफूले निर्णय लिने बताए ।


थप समाचार

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

  • 57 minutes ago
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।

यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

  • 1 hour ago
यस्तो फोहोरी व्यवहार देखाएपछि विवेकलाई छोडेकी थिइन् ऐश्वर्याले

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

  • 1 hour ago
अर्जेन्टिनाका स्टाइकर इकार्दीले श्रीमतीलाई पनि धोका दिए

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका क्याप्टेन माउरो इकार्दी विश्वकै सर्वोत्कृष्ट स्टाइकरहरुमा पर्छन् । तर, फुटबल लिजेण्ड डियोगो म्यारोडोनाले उनको खुलेरै आलोचना गरेका थिए ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।