क्यान्सरदेखि मोतियाबिन्दुसम्मको औषधि बन्दागोभी

भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ रु अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने भान पनि उनीहरुलाई पर्न सक्छ । तर बन्दागोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो । बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको रोकथाममा सहयोग गर्छ ।

 

बन्दामा डिनडली मिथेन, सिनिग्रिन, ल्युपेल, सल्फोरेन, इन्डोल थ्री कार्बिनल जस्ता तत्व हुन्छन् । यिनीहरुले क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छन् । बन्दागोभीको नियमित सेवनले खासगरी पेटको अल्सर तथा क्यान्सरको जोखिम कम गर्छ । बन्दाको नियमित सेवनले शरीरमा रोग प्रतिरोधी क्षमताको विकास गर्छ । बन्दामा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ । जिउमा गाँठागुठी देखिने, जोर्नी तथा अन्य भाग दुख्ने र सुन्निने जस्ता समस्याबाट पीडित हुनुहुन्छ भने बन्दागोभी नियमित खाने गर्नुस् ।

 

विज्ञहरुका अनुसार बन्दाको नियमित भोजनले आँखाका विभिन्न खाले समस्याका साथै मोतियाविन्दु तथा रतन्धोको जोखिम पनि कम हुन्छ । बन्दाको नियमित सेवनले अल्जाइमरको जोखिम पनि कम हुन्छ । बन्दामा पाइने भिटामिन के का कारण अल्जाइमरको जोखिम कम हुने विज्ञहरु बताउँछन् । तौल घटाउन वा नियन्त्रण गर्न चाहनेहरुका लागि पनि बन्दा लाभदायी हुन्छ ।

 

बन्दाको सलाद, अचार वा तरकारी नियमित खानाले अनुहारको छाला चम्किलो बन्दछ । बन्दागोभीमा ल्याक्टिक एसिड पर्याप्त मात्रामा पाइन्छ । यसका कारण मांशपेशीको दुखाइ कम गर्नुका साथै विभिन्न खाले चोट छिटो निको हुनका लागि सहयोग गर्छ । कब्जियतको समस्या छ रु त्यसो भए नियमित रुपमा बन्दागोभी खानुस् । एजेन्सीको सहयोगमा


थप समाचार

जनताको जलविद्युत् कार्यक्रम सुरु, प्रधानमन्त्रीले किने त्रिशूली ‘बी’को शेयर

  • 12 minutes ago
जनताको जलविद्युत् कार्यक्रम सुरु, प्रधानमन्त्रीले किने त्रिशूली ‘बी’को शेयर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्र

इन्जुरी समयको गोलले वेल्स विजयी

  • 24 minutes ago
इन्जुरी समयको गोलले वेल्स विजयी

काठमाडौँ । इन्जुरी समयमा बेन वुडबर्नले गरेको गोलले वेल्स विजयी भएको छ । बुधबार राति सम्पन्न अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्सले त्रिनिडाड एण्ड टोबागोलाई १–० गोलले पराजित गरेको हो ।

यौन धन्दाको काण्डमा फसेका यी बलिउड तथा साउथ इन्डियन नायिका

  • 27 minutes ago
यौन धन्दाको काण्डमा फसेका यी बलिउड तथा साउथ इन्डियन नायिका

भारतमा सेक्स र्याकटको यो काण्ड पहिलो भने होइन। यो भन्दा पहिले पनि बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौन धन्दाको काण्डमा फसिसकेका छन्।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अनिल अम्बानी कसरी टाट पल्टिए ?

अनिल अम्बानी कसरी टाट पल्टिए ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी ।