बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो । 

 

आपतकालीन पानीको भण्डारण, नौलो मौलिक ताल पार्क एवं बस्ती विस्तार गर्ने उद्देश्यसहित पार्क बनाउन लागिएको हो । बन्दीपुर गाउँपालिका–२ र ४, गैराबारीमा बन्ने ताल १५ रोपनी क्षेत्रफलमा फैलिनेछ । तालको नाम ‘बन्दीकापुर ताल’ राखिनेछ । ताल निर्माण गर्न बन्दीपुर गाउँपालिका–४ का अध्यक्ष हरेराम थापाको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिका अध्यक्ष थापाले ताल निर्माणका सम्बन्धमा बन्दीपुर घर भई हाल जिल्ला बाहिर रहेकासँग छलफल गर्ने तयारी गरिएको जानकारी दिए । 

 

उनका अनुसार लमजुङको बेँसीशहरमा कात्तिक ३० र चितवनमा मङ्सिर १ गते बन्दीपुरेसँग छलफल कार्यक्रम राखिएको छ । समितिले ताल निर्माणका लागि बन्दीपुरेसँग शेयर आह्वान गर्ने तयारीसमेत गरेको थापाले बताए । 

 

करीब रु दुई करोड ५० लाखको लागतमा बन्ने तालका लागि विभिन्न निकायबाट स्रोत जुटाइनेछ । ताल बनाउन शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको छ । तालको विसं २०६८ साउन ४ गते तत्कालीन उपराष्ट्रपति परमानन्द झाले शिलान्यास गर्नुभएको थियो । निर्माण शुरु भएको दुई वर्षभित्र ताल निर्माण सक्ने लक्ष्य लिइएको छ । 

 

सात रोपनी क्षेत्रफलको सार्वजनिक जग्गा र आठ रोपनी व्यक्तिको जग्गा अधिग्रहण गरी ताल निर्माण गर्न लागिएको समितिका पूर्वअध्यक्ष सुदर्शन प्रधानले जानकारी दिए । उनका अनुसार जग्गा अधिग्रहण गर्ने कामसमेत शुरु भइसकेको छ । समितिले रु ११ लाखको लागतमा ५ आना जग्गा खरिद गरिसकेको छ । उक्त रकम पनि समितिका सदस्यहरुबाटै उठाइएको उनले बताए । उक्त ताल वरिपरि होटलसमेत खोल्ने योजना बनाइएको छ । साथै तालमा पौडी प्रशिक्षण, डुङ्गा व्यवसायलगायत सञ्चालन गरिनेछ । तालमा पानीको व्यवस्था गर्न रानीवन र गुरुङ्चे डाँडामा ठूला–ठूला ट्याङ्की बनाइनेछ । 


थप समाचार

भोट माग्न यौन साइटमा

  • 3 minutes ago
भोट माग्न यौन साइटमा

डेनमार्क जुन ५ मा आम निर्वाचन हुँदैछ । उम्मेद्वारहरु जोडतोडले चुनाव प्रचारमा लागेका छन् । प्रचारका विभिन्न माध्यमहरु प्रयोग गरिरहेका छन् । एक जना उम्मेद्वार भने भोट माग्न पुगेका छन्, यौन साइटमा ।

सोसल मिडियामा जोडीको फोटो नहाने जागिर चट !

  • 19 minutes ago
सोसल मिडियामा जोडीको फोटो नहाने जागिर चट !

चीनको एउटा कम्पनीले आफ्नो कामदारको लागि अनौठो नियम ल्याएको छ । मेडिकल सौन्दर्य प्रशोधन उत्पादन गर्ने कम्पनीले कामदारलाई सामाजिक सञ्जालमा प्रेम प्रदर्शन गर्न आदेश दिएको छ ।

गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न, लाइटिङ र मार्किङको काम सुरु गरिने

  • 34 minutes ago
गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न,  लाइटिङ र मार्किङको काम सुरु गरिने

भैरहवा । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अध



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

विचित्र विश्व

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

एजेन्सी । नेपालमा कैदीबन्दीलाई बस्ने गतिलो आवास नभएको समाचार बेलाबेलामा सुन्ने गरेका छौँ । एउटै जेलमा तोकिएभन्दा बढी अपराधिहरु राखिएको पनि खबर आउने गर्छ ।