IIMS College

ISMT

HUB Education

चार दिवसीय सद्भावना भ्रमणका लागि बङ्गलादेशका राष्ट्रपति नेपाल आउँदै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्ने भएका छन् । 

 

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

 

राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा राजकीय  भोज आयोजना गर्नेछिन् । 

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । उनीसँग नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । 

 

नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौँ उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलको भ्रमण गर्नेछन् । 


थप समाचार

परालको कुन्यू बनाउँदै कृषक

  • 9 seconds ago
परालको कुन्यू बनाउँदै कृषक

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटका कृषक परालको कुन्यू बनाउँदै । जिल्लाका कृषकलाई धान काटेर कुन्यू बनाउन र पराल थन्क्याउन चटारो छ ।

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

  • 6 minutes ago
संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

  • 7 minutes ago
प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।