IIMS College

ISMT

HUB Education

‘बङ्गलादेशमा निर्वाचन नजिकिँदै गर्दा १० हजार ५०० विपक्षी पक्राऊ’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ढाका, बङ्गलादेश । बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् । 

 

संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न गर्न सरकारबाट विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । 

 

तेस्रो कार्यकाल सम्पन्न गरिसकेकी प्रधानमन्त्री हसिनाले चौथो कार्यकाल जितेर कीर्तिमानी कायम गर्ने लक्ष्यसाथ निर्वाचनमा आफ्ना सक्रिय कार्यकर्ता तथा समर्थकहरूलाई विभिन्न आरोपमा प्रहरी हिरासतमा लिएको आरोप बङ्गलादेश नेशनालिस्ट पार्टी (बिएनपी) ले लगाएको छ । 

 

प्रतिपक्षी दलहरूले बङ्गलादेशको सरकारले नोभेम्बर ८ मा निर्वाचनको आह्वान गरेपछि निरन्तर ‘भयको वातावरण’ रहँदै आएको दावी गरेका छन् । 

 

पूर्व प्रधानमन्त्री तथा नेता खालिदा जिया, जसले १७ बर्षको जेल सजाय व्यतित गरिरहनुभएको छ, उनको दल बिएनपीले निर्वाचनको प्रचारप्रसारको शिलशिलामा आफ्ना सात हजार २१ कार्यकर्तालाई पक्राउ गरिएको बताए छ । बिएनपीको इश्लामिक सहयोगी जमात–ए–इश्लामीका तीन हजार ५०० समर्थकलाई निर्वाचनलाई लक्षित गरी थुनामा राखिएको उक्त दलले जनाएको छ । जमात–ए–इश्लामीलाई राष्ट्रियतामा प्रभाव पार्ने गतिविधि र आतङ्कवादलाई प्रोत्साहन गरेको आरोपमा निर्वाचनमा प्रतिबन्ध लगाइएको छ । 

 

“देशभरबाट हरेक दिन ८० देखि ९० कार्यकर्तालाई पक्राउ गरिने गरिएको छ । यसले निर्वाचन स्वतन्त्ररूपमा हुने सम्भावना विपरित भयको वातावरण सिर्जना गरेको छ,” जमातका महासचिव शफिकर रहमानले एएफपीसँग बताए । 

 

प्रहरी प्रवक्ता सोहेल रानाले भने निर्वाचनको अभियानका शिलशिलामा पक्राउ परेका विपक्षीको सङ्ख्या कति रहेको भन्नेबारे तथ्याङ्क दिएनन् । उनले निर्वाचनका समयपूर्जी नभएका व्यक्तिलाई ‘अनावश्यक पक्राउ नगरिएको’ बताए । 


थप समाचार

‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

  • 2 minutes ago
‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

काठमाडौँ । महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले विश्वकर्मा पूजा, दशैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरुको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत ‘चाड

फिफा वरियतामा नेपाल माथि उक्लियो

  • 6 minutes ago
फिफा वरियतामा नेपाल माथि उक्लियो

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि

दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

  • 22 minutes ago
दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

काठमाडौं । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।